हितोपदेश
९ बुद्धिले* आफ्नो घर बनाएको छ;
त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्याएको छ।
२ त्यसले मासु पकाएर तयार पारेको छ,*
त्यसले मसलादार मद्य बनाएको छ,
त्यसले टेबुलमा खानेकुरा पस्केको छ।
३ त्यसले आफ्ना दासीहरूलाई पठाउँछ
र सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ:+
४ “जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।”
त्यसले मूर्खहरूलाई* यसो भन्छे
५ “आओ! मसँगै खाओ!
मैले बनाएको मसलादार मद्य पिओ!
६ मूर्ख* हुन छोड र दीर्घायु होओ!+
समझशक्तिको बाटोमा अघि बढ।”+
७ जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+
जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।
८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+
बुद्धिमान् मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्नेछ।+
९ बुद्धिमान् मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान् हुनेछ;+
धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्नेछ।
१० यहोवाको डर मान्नु बुद्धिको सुरुवात हो;+
महापवित्र परमेश्वरबारे सिक्नु+ समझ बढाउनु हो।
११ बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ,+
हो, तिमी दीर्घायु हुनेछौ।
१२ तिमीले बुद्धि हासिल गऱ्यौ भने तिम्रै भलो हुनेछ
तर तिमीले त्यसको खिल्ली उडायौ भने तिमीले नै दुःख भोग्नेछौ।
ऊ अज्ञानी हुन्छे र उसलाई केही थाह हुँदैन।
१४ ऊ आफ्नो घरको ढोकामा बस्छे;
ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+
१५ त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे;
सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे:
१६ “जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।”
मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+
१७ “चोरेको पानी मीठो हुन्छ;
लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+
१८ तर आफू मृत्युको मुखमा धकेलिँदै छु
र उसका पाहुनाहरू चिहानको* गहिराइमा पुगिसकेका छन् भनेर तिनीहरूलाई थाहै हुँदैन।+