यसैया
२ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,
घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ
तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ
अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।
३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्+
अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्।+
४ आँखा उठाएर चारैतिर हेर,
तिनीहरू सबै भेला भएका छन् अनि तिमीकहाँ आइरहेका छन्।
तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्+
अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+
५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+
खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्नेछ
किनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;
जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+
६ उँटको बथानले तिम्रो देशलाई* ढाक्नेछ
तिम्रो देश मिद्यान र एपाका जवान उँटहरूले भरिनेछ।+
सेबाबाट सबै मानिस आउनेछन्;
तिनीहरूले सुन र सेतो धूप* ल्याउनेछन्।
तिनीहरूले यहोवाको गुणगान गाउनेछन्।+
७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।
नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।
तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+
अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+
८ बादलसरि उड्दै आइरहेका यी को हुन्?
ढुकुरहरू आफ्नो गुँडतिर फर्केर आइरहेझैँ देखिने यी को हुन्?
९ टापुहरू मेरो बाटो हेर्छन्;+
तर्सिसका जहाजहरू सबैभन्दा अगाडि छन्,*
ती जहाजहरूले तिम्रा छोराहरूलाई टाढाबाट ल्याउँदै छन्।+
तिम्रा परमेश्वर र इस्राएलका पवित्र परमेश्वर यहोवाको नामको महिमा गर्न
तिनीहरूले आफ्ना सुन र चाँदी ल्याउँदै छन्
१० विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्
अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्।+
रिसाएर मैले तिमीलाई हिर्काएको थिएँ
तर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+
११ तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्;+
ती कहिल्यै बन्द गरिनेछैनन्,
तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्
अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्।+
१२ जुन जाति र जुन राज्यले तिम्रो सेवा गर्दैन, त्यसको नामोनिसान मेटाइनेछ,
त्यसको अस्तित्व नै रहनेछैन।+
१३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+
धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्+
अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्।
तब म मेरो पाउदानको गौरव बढाउनेछु।+
१४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन् अनि तिमीलाई दण्डवत् गर्नेछन्,
तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्,
तिनीहरूले तिमीलाई यहोवाको सहर भन्नेछन्,
तिमीलाई इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।+
१५ तिम्रो वास्ता गरिएन, तिमीलाई घृणा गरियो अनि तिम्रो बाटो हुँदै कोही गएन+
तर अब तिमी सदाको लागि गर्व गर्ने कारण हुनेछौ,
तिमी पुस्तौँपुस्तासम्म रमाहट गर्ने कारण हुनेछौ।+
१६ तिमीले जातिजातिको दूध पिउनेछौ,+
तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+
तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,
म याकुबका शक्तिशाली परमेश्वर तिम्रो मुक्तिदाता हुँ।+
१७ म तामाको सट्टा सुन
र फलामको सट्टा चाँदी ल्याउनेछु;
म काठको सट्टा तामा
र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु;
म शान्तिलाई तिम्रो निरीक्षक
अनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+
१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,
तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+
तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।
१९ तिमीलाई सूर्यको प्रकाशको खाँचो पर्नेछैन,
चन्द्रमाको उज्यालो पनि चाहिनेछैन
किनभने यहोवा नै सदासदा तिम्रो ज्योति हुनुहुनेछ+
अनि तिम्रा परमेश्वर तिम्रो शोभा हुनुहुनेछ।+
२० तिम्रो सूर्य कहिल्यै अस्ताउनेछैन
अनि तिम्रो चन्द्रमा कहिल्यै धमिलो हुनेछैन
किनभने यहोवा सदासदा तिम्रो ज्योति हुनुहुनेछ,+
तब तिमीले कहिल्यै शोक गर्नुपर्नेछैन।+
२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;
तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।
तिनीहरू मैले रोपेका बिरुवा,
मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+
२२ थोरैचाहिँ हजार हुनेछ
अनि सानोचाहिँ शक्तिशाली जाति हुनेछ।
म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।”