दाउदको रचना, जब तिनले अबिमेलेकको अगाडि बौलाहा भएको ढोँग गरे+ र अबिमलेकले तिनलाई धपाए।
א [आलेफ]
३४ म हरसमय यहोवाको प्रशंसा गर्नेछु;
मेरो ओठले निरन्तर उहाँको प्रशंसा गर्नेछ।
ב [बेथ]
२ म यहोवामा गर्व गर्नेछु+
अनि नम्रहरूले त्यो सुन्नेछन् र खुसी मनाउनेछन्।
ג [गिमेल]
३ मसँगसँगै यहोवाको महिमा गर;+
सँगै मिलेर उहाँको नाम उच्च पारौँ।
ד [दालेथ]
४ मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो।+
उहाँले मेरा सबै डर हटाइदिनुभयो।+
ה [हे]
५ उहाँको बाटो हेर्नेहरूको मुहार चम्किलो भयो;
सरममा परेर तिनीहरूले आफ्नो अनुहार छोप्नुपरेन।
ז [जयिन]
६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।
उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+
ח [हेत]
७ यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्+
अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+
ט [टेथ]
८ चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ;+
आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ।
י [योद]
९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान
किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+
כ [काफ]
१० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्
तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+
ל [लामेद]
११ हे मेरा छोराहरू हो, आओ र मेरो कुरा सुन;
म तिमीहरूलाई यहोवाको भय मान्न सिकाउँछु।+
מ [मेम]
१२ तिमीहरूमध्ये कसले सुखी जीवन चाहन्छ
र लामो आयुको चाहना गर्छ?+
נ [नुन]
१३ त्यसोभए आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राख+
र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोक।+
ס [सामेख]
१४ खराब काम त्याग र जे असल छ, त्यो गर;+
शान्ति खोज र त्यसको पछि लाग।+
ע [अयिन]
१५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+
अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+
פ [पे]
१६ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ
र पृथ्वीबाट तिनीहरूको सम्झना पूरै मेटाइदिनुहुन्छ।+
צ [सादे]
१७ तिनीहरूले गुहारे र यहोवाले सुन्नुभयो;+
उहाँले तिनीहरूका सबै दुःखबाट तिनीहरूलाई छुटाउनुभयो।+
ק [कोफ]
१८ यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ+
र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।+
ר [रेश]
१९ धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ+
तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+
ש [शिन]
२० उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ;
उसको एउटै हड्डी भाँचिएको छैन।+
ת [ताव]
२१ विपत्तिले दुष्टलाई मृत्युमा पुऱ्याउनेछ;
जसले धर्मी मानिसलाई घृणा गर्छ, ऊ दोषी ठहरिनेछ।
२२ यहोवाले आफ्ना सेवकहरूको जीवन बचाउनुहुन्छ;
उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।+