यर्मिया
४५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने:
२ “इस्राएलका परमेश्वर यहोवाले तिमी बारुकलाई यसो भन्नुभएको छ, ३ ‘तिमीले यसो भन्यौ: “धिक्कार छ मलाई! यहोवाले मेरो दुःख-पीडा बढाइदिनुभएको छ! सुस्केरा हाल्दाहाल्दा म थाकिसकेँ। मेरो मनमा रतीभर चैन छैन।”’
४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+ ५ तर तिमी भने आफ्नो लागि ठूलठूला कुरा खोज्दै छौ।* त्यसो गर्न छोडिहाल।”’
“‘किनकि म सबै मानिसमाथि विपत्ति ल्याउँदै छु।+ तर तिमी जहाँ जान्छौ, त्यहाँ म तिम्रो ज्यान जोगाउनेछु र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”