भजनसङ्ग्रह
३ हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर।
हे सबै चम्किला तारा हो, उहाँको प्रशंसा गर।+
४ हे सबैभन्दा उच्च आकाश* र आकाशमाथिको पानी,
उहाँको प्रशंसा गर।
५ ती सबैले यहोवाको नामको प्रशंसा गरून्
किनकि उहाँले आदेश दिनुभयो र ती सृष्टि भए।+
६ उहाँ तिनीहरूलाई सदासर्वदाको लागि स्थिर पार्नुहुन्छ;+
उहाँले कहिल्यै रद्द नहुने उर्दी जारी गर्नुभएको छ।+
७ पृथ्वीबाट यहोवाको प्रशंसा गर,
हे विशाल जलजन्तुहरू र गहिरा सागरहरू हो,
११ हे पृथ्वीका राजाहरू र सबै राष्ट्र हो,
हे शासकहरू र पृथ्वीका सबै न्यायकर्ता हो,+
१२ हे युवकहरू र युवतीहरू हो,
हे वृद्धहरू र बालकहरू हो, सबै मिलेर उहाँको प्रशंसा गर।
१३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्
किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+
उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+
१४ उहाँले आफ्ना मानिसहरूलाई झन्झनै शक्तिशाली बनाउनुहुनेछ,
आफ्ना सबै वफादार जनलाई उहाँले महिमित तुल्याउनुहुनेछ,
इस्राएलका सन्तानलाई, जो उहाँसित घनिष्ठ छन्।
याहको प्रशंसा गर!*