यसैया
त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।
लेबनानको गौरव त्यसलाई दिइनेछ+
अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+
तिनीहरूले यहोवाको गौरव देख्नेछन्, हाम्रा परमेश्वरको वैभव देख्नेछन्।
४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:
“साहस गर! नडराऊ!
हेर, तिम्रा परमेश्वर बदला लिन आउनुहुनेछ,
उहाँ साटो फेर्न आउनुहुनेछ;+
उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+
६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+
र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+
किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्
र मरुभूमिमा खोलाहरू बग्नेछन्।
७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्नेछ।
ओबानो भूमिमा पानीको मूल फुट्नेछ।+
स्यालहरूको ओडारमा+
हरिया-हरिया घाँस, नर्कट र मालिङ्गो* उम्रिनेछ।
त्यसलाई पवित्र मार्ग भनिनेछ;
अशुद्ध मानिस त्यसमा हिँड्नेछैन।+
ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्नेछन्।
कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।