भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले रचेको भजन।
४० मैले साँचो मनले यहोवामा आशा राखेँ *
अनि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो* र मेरो गुहार सुन्नुभयो।+
२ उहाँले मलाई उर्लँदो पानीको खाडलबाट निकाल्नुभयो,
हिलोको दलदलबाट निकाल्नुभयो।
उहाँले मलाई चट्टानमा उभ्याउनुभयो;
उहाँले मेरा पाइलाहरू स्थिर गराउनुभयो।
३ त्यसपछि उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो,+
हाम्रा परमेश्वरको प्रशंसाको गीत।
यो देखेर थुप्रै मानिस श्रद्धाले भरिनेछन्
अनि यहोवामा आफ्नो भरोसा राख्नेछन्।
४ आनन्दित हो त्यो मानिस, जसले यहोवामा भरोसा राख्छ
अनि अहङ्कारी मानिसहरू र झूटा कुराहरूमा विश्वास गर्नेहरूको पछि लाग्दैन।
५ हे यहोवा मेरा परमेश्वर,
तपाईँले हाम्रो लागि कत्ति धेरै आश्चर्यजनक कामहरू गर्नुभएको छ!+
अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्!
तपाईँको बराबरीमा कोही आउन सक्दैन।+
मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनि
त्यसको गन्ती नै गर्न सकिँदैन!+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+
अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+
९ म ठूलो समुदायमा धार्मिकताको सुसमाचार घोषणा गर्छु।+
हे यहोवा, तपाईँलाई थाहै छ;
हेर्नुहोस्, म आफ्नो मुख बन्द गर्दिनँ।+
१० तपाईँका असल कामहरू म आफ्नो मनमा दबाएर राख्दिनँ।
तपाईँको वफादारी र तपाईँले गर्नुहुने उद्धारको म घोषणा गर्छु।
ठूलो समुदायमा म तपाईँको अटल प्रेम र तपाईँको सत्यता लुकाउँदिनँ।”+
१२ मलाई तीनथुप्रो विपत्तिले घेरेको छ, म गन्ती नै गर्न सक्दिनँ।+
अनि मेरा गल्तीहरू यति धेरै छन् कि म आफ्नो बाटोसमेत देख्न सक्दिनँ।+
ती मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्,
मेरो मन हताश भएको छ।
१४ मेरो ज्यान लिन खोज्नेहरू सबै लज्जित होऊन्
र तिनीहरूले अपमान भोगून्।
मेरो विपत्तिमा रमाउनेहरू
बेइज्जती भोगेर फर्कून्।
१५ मलाई देखेर “आहा! आहा!” भन्नेहरू
आफ्नै बेइज्जतीको कारण स्तब्ध होऊन्।