हितोपदेश
१२ अनुशासन मन पराउने मानिसले ज्ञान मन पराउँछ+
तर बेसमझ मानिसले सुधारलाई मन पराउँदैन।+
२ असल मानिससित यहोवा खुसी हुनुहुन्छ
तर धूर्त योजना बनाउने मानिसलाई उहाँ दोषी ठहराउनुहुन्छ।+
३ दुष्ट काम गर्ने मानिस कहिल्यै टिक्दैन+
अनि धर्मी मानिस कहिल्यै उखेलिँदैन।
४ गुणवती पत्नी आफ्नो पतिको मुकुट हो+
तर छाडा पत्नीले आफ्नो पतिको हड्डी गलाउँछे।+
५ धर्मी मानिसको विचार निश्छल हुन्छ
तर दुष्टको सल्लाह छलले भरिएको हुन्छ।
६ दुष्टको बोली ज्यान लिने पासोजस्तै हो+
तर सोझो मानिसको बोलीले जीवन बचाउँछ।+
७ दुष्टहरूको विनाश हुँदा तिनीहरूको नामोनिसान मेटिन्छ
तर धर्मी मानिसको घरको फलिफाप हुनेछ।+
८ बुद्धिले भरिएका कुरा गर्ने मानिसको प्रशंसा गरिन्छ+
तर टेढो विचार भएको मानिसको गिल्ला गरिन्छ।+
९ एक टुक्रा रोटी नभए पनि फुर्ती लगाउने मानिसभन्दा
एक जना मात्र नोकर राख्न सक्ने साधारण मानिस असल हो।+
१० धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ+
तर दुष्ट मानिसको दयालु काम पनि कठोर हुन्छ।
११ आफ्नो जमिन खनजोत गर्ने मानिसले टन्न खान पाउँछ+
तर व्यर्थका कुराको पछि लाग्ने मानिस मूर्ख* हो।
१२ दुष्टले खराब मानिसले लुटेको सामानको लोभ गर्छ
तर धर्मी मानिस बलियो जरा भएको रूखजस्तै हो, जसले फल फलाउँछ।
१३ दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+
तर धर्मी मानिस सङ्कटबाट बच्छ।
१४ मानिसको असल बोलीले उसको भलो गर्छ,+
उसको हातको कामले उसलाई इनाम दिन्छ।
१५ मूर्खलाई आफ्नै बाटो सही लाग्छ+
तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।+
१६ समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन*
तर मूर्खले तुरुन्तै* रिस देखाउँछ।+
१७ विश्वासयोग्य साक्षीले सीधा* कुरा गर्छ
तर झूटो साक्षीले बाङ्गो कुरा गर्छ।
१८ सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ
तर बुद्धिमान् मानिसको बोलीले निको पार्छ।+
१९ सत्य बोल्ने मानिस सधैँभरि रहन्छ+
तर झूट बोल्ने जिब्रो एकछिन पनि टिक्दैन।+
२० षड्यन्त्र रच्ने मानिसको हृदयमा कपट हुन्छ
तर शान्ति कायम गराउने* मानिस आनन्दित हुन्छ।+
२१ धर्मी मानिसले कुनै हानि बेहोर्नुपर्दैन+
तर दुष्टमाथि विपत्तिको ओइरो लाग्छ।+
२२ झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+
तर वफादार मानिसदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
२३ चतुर मानिसले आफ्नो ज्ञान प्रकट गर्दैन
तर मूर्ख मानिसले आफ्नो बोलीबाट मूर्खता प्रकट गरिहाल्छ।+
तर अल्छी हातले मानिसलाई अरूको दास बनाउँछ।+
तर मीठो बोलीले मन हल्का बनाउँछ।+
२६ धर्मी मानिसले आफ्नो खर्कलाई राम्ररी नियाल्छ
तर दुष्टको चालले त्यसलाई बराल्छ।
२७ अल्छी मानिस आफ्नो सिकार पक्रन समेत खोज्दैन+
तर मानिसको लगनशीलता नै उसको अनमोल धन हो।
२८ धार्मिकताको बाटोले जीवनतर्फ पुऱ्याउँछ,+
त्यस बाटोमा हिँड्नेले मृत्यु भोग्नेछैन।