हितोपदेश
२८ कसैले नखेदे पनि दुष्ट मानिस भागी हिँड्छ
तर धर्मी मानिस सिंहजस्तै आँटिलो हुन्छ।+
२ जब देशमा विद्रोह भइरहन्छ, तब शासक फेरिरहन्छन्+
तर समझ र ज्ञान भएको मानिसको साथ पाएमा शासक टिकिरहन्छन्।+
३ दीनदुःखीलाई थिचोमिचो गर्ने गरिब मानिस+
मुसलधारे पानीको भलजस्तै हो, जसले सबै अन्न बगाएर लैजान्छ।
४ नियमकानुन पालन नगर्नेहरूले दुष्टको प्रशंसा गर्दा
नियमकानुन पालन गर्नेहरूचाहिँ आक्रोशित हुन्छन्।+
५ दुष्ट मानिसले न्याय के हो भनेर बुझ्न सक्दैन
तर यहोवालाई खोज्ने मानिसले सबै कुरा बुझ्न सक्छ।+
६ भ्रष्टाचार गर्ने धनी मानिसभन्दा
इमानदार* भई हिँड्ने गरिब मानिस असल हो।+
७ बुज्झकी छोराले नियमकानुन पालन गर्छ
तर घिचुवाहरूको सङ्गत गर्ने छोराले बुबालाई लाजमा पार्छ।+
८ जसले धेरै नाफा खान्छ र चर्को ब्याजमा ऋण दिन्छ,+
उसको धन गरिबलाई दया देखाउने मानिसको हुन्छ।+
९ जसले नियमकानुन पालन गर्न मान्दैन,
उसको प्रार्थनासमेत घिनलाग्दो हुन्छ।+
१० सोझो मानिसलाई फकाएर दुष्ट काम गर्न लगाउने मानिस आफूले खनेको खाडलमा आफै खस्छ+
तर निर्दोष मानिसले इनाम पाउँछ।+
११ धनी मानिसले आफूलाई बुद्धिमान् ठान्छ+
तर समझ भएको गरिबलाई उसको असली रूप थाह हुन्छ।+
१२ धर्मी मानिस विजयी हुँदा मानिसहरू रमाउँछन्
तर दुष्ट मानिस सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्छन्।+
१३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+
तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+
१४ त्यो मानिस आनन्दित हो, जो सधैँ सचेत रहन्छ*
तर जसले हृदय कठोर बनाउँछ, ऊ आपत्मा पर्छ।+
१५ असहाय प्रजामाथि राज गर्ने दुष्ट शासक,
गर्जने सिंह र झम्टने भालुजस्तै हो।+
१६ समझ नभएको शासकले आफ्नो शक्तिको दुरुपयोग गर्छ+
तर जसले बेइमान गरेर धन कमाउनुलाई घृणा गर्छ, उसको आयु लामो हुन्छ।+
१७ हत्याको दोष लागेको मानिस कसैले उसको ज्यान नलिउन्जेल भागिरहन्छ;+
उसलाई कसैले मदत नगरोस्।
१८ निर्दोष जीवन बिताउने मानिस बचाइनेछ+
तर टेढो चालमा हिँड्ने मानिसको पतन अचानक हुनेछ।+
१९ जसले आफ्नो जमिन खनजोत गर्छ, ऊसँग प्रशस्त खानेकुरा हुन्छ
तर जो व्यर्थको कामको पछि लाग्छ, ऊ कङ्गाल हुन्छ।+
२० वफादार मानिसले प्रशस्त आशिष् पाउँछ+
तर रातारात धनी बन्न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+
२१ पक्षपात गर्नु राम्रो होइन+
तैपनि एक टुक्रा रोटीको लागि मानिसले यस्तो गलत काम गर्न सक्छ।
२२ डाही* मानिस धनी हुन आतुर हुन्छ
तर आफूमाथि गरिबी आइपर्नेछ भनेर उसलाई थाहै हुँदैन।
२३ फुर्क्याउने कुरा गर्ने मानिसको भन्दा
अरूलाई सुधार्ने मानिसको+ आखिरमा कदर हुन्छ।+
२४ कसैले आफ्ना आमाबुबालाई लुट्छ र “मैले के गल्ती गरेँ र” भन्छ भने+
ऊ लुटाहाको साथी हो।+
२५ लोभी मानिसले* कलह मच्चाउँछ
तर यहोवामाथि भर पर्ने मानिसको फलिफाप हुन्छ।*+
२६ आफैमाथि* भरोसा राख्ने मानिस मूर्ख हो+
तर बुद्धिको बाटोमा हिँड्ने मानिस सुरक्षित रहनेछ।+
२७ जसले गरिबलाई दिन्छ, उसलाई कुनै कुराको अभाव हुँदैन+
तर गरिबलाई देखेर पनि आँखा चिम्लने मानिसले धेरै सराप पाउँछ।
२८ दुष्टहरू सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्छन्
तर तिनीहरू नाश हुँदा धर्मी मानिसहरूको फलिफाप हुन्छ।+