भजनसङ्ग्रह
एउटा गीत। आसापले रचेको भजन।+
२ किनकि हेर्नुहोस्! तपाईँका शत्रुहरूले होहल्ला मच्चाइरहेका छन्;+
तपाईँलाई घृणा गर्नेहरू अहङ्कार गर्छन्।*
३ धुर्त्याइँका साथ तिनीहरू लुकीछिपी तपाईँका मानिसहरूविरुद्ध युक्ति रच्छन्;
तपाईँले अनमोल ठान्नुभएकाहरूको* विरुद्धमा तिनीहरू षड्यन्त्र रच्छन्।
४ तिनीहरू भन्छन्: “आओ, हामी तिनीहरूको पूरै जातिलाई नाश गरौँ +
र इस्राएलको नाम सदाको लागि मेटियोस्।”
१० एन-दोरमा उनीहरू नाश भएका थिए;+
उनीहरू जमिनको मलसरह भएका थिए।
११ तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्
अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्नाको+ जस्तै बनाइदिनुहोस्।
१२ किनकि तिनीहरूले यसो भने: “आओ, परमेश्वर बास गर्नुहुने त्यस देशमाथि हामी अधिकार जमाऔँ।”
१३ हे मेरा परमेश्वर, तिनीहरूलाई हुरीबतासले उडाएको झारजस्तै बनाइदिनुहोस्,+
हावाले यताउता उडाउने ठोसोजस्तै बनाइदिनुहोस्।
१४ आगोले वनमा डढेलो लगाएझैँ,
आगोको ज्वालाले पहाडलाई स्वाहा पारेझैँ +
१६ हे यहोवा, तिनीहरूको अनुहार लाजले छोपिदिनुहोस्
ताकि तिनीहरूले तपाईँको नामको खोजी गरून्।
१७ तिनीहरूको सधैँ बेइज्जती भइरहोस्, तिनीहरू कहिल्यै डरमुक्त नहोऊन्;
तिनीहरूको अपमान होस्, तिनीहरू नाश होऊन्।