भजनसङ्ग्रह
निर्देशकलाई; यदुथुनको।*+ दाउदले रचेको भजन।
३९ मैले भनेँ: “आफ्नो जिब्रोले पाप नगरूँ भनेर+
म होसियार भई आफ्नो पाइला चाल्छु।
जबसम्म दुष्ट मेरो अगाडि रहन्छ,
म आफ्नो मुखमा मोहोलो लगाउँछु।”+
४ “हे यहोवा, मेरो जीवन कहिले अन्त हुन्छ, मलाई बताइदिनुहोस्।
मेरो आयु कति छ, मलाई भन्नुहोस्+
ताकि म जान्न सकूँ, मेरो जीवन कति छोटो छ।
५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+
मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+
मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)
६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।
ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।
उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+
७ त्यसोभए हे यहोवा, म केमा आशा राखूँ?
तपाईँ मात्र मेरो आडभरोसा हुनुहुन्छ।
८ मेरा सबै अपराधबाट मलाई छुटाउनुहोस्।+
मूर्ख मानिसले मलाई हाँसोको पात्र बनाउन नपाओस्।
१० तपाईँले ममाथि ल्याउनुभएको विपत्ति हटाइदिनुहोस्।
तपाईँको हातको प्रहारले म नाश भएको छु।
११ मानिसलाई सच्याउन तपाईँ उसको गल्तीको सजाय दिनुहुन्छ;+
किराले* कपडा सखाप पारेझैँ मानिसले थुपारेको सम्पत्ति तपाईँ सखाप पारिदिनुहुन्छ।
साँच्चै, प्रत्येक मानिस एक मुठी सास मात्र हो।+ (सेला)
१२ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्,
मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।+
मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्।
किनकि म त तपाईँको लागि एक परदेशी मात्र हुँ।+
मेरा पुर्खाहरूजस्तै प्रवासी मात्र हुँ।+
१३ मर्नुअघि, नामेट हुनुअघि
म हर्षित हुन सकूँ भनेर
क्रोधले भरिएको तपाईँको नजर मबाट फर्काउनुहोस्।”