एफिसी
२ यसबाहेक परमेश्वरले तिमीहरूलाई जीवित पार्नुभयो किनकि तिमीहरू आफ्ना अपराधहरू अनि पापहरूले गर्दा मरेका थियौ।+ २ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ। ३ हो, तिनीहरूजस्तै कुनै बेला हामी पनि शरीरका कुइच्छाहरूबमोजिम चल्थ्यौँ + र हाम्रो शरीर अनि सोचविचारले जे गर्न लगाउँथ्यो, त्यसै गर्थ्यौँ।+ यसरी अरू मानिसजस्तै हामी पनि जन्मैदेखि क्रोधका सन्तान भएका थियौँ।+ ४ तर हामीप्रतिको गहिरो प्रेमले गर्दा+ कृपाका धनी परमेश्वरले+ ५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो। ६ हामी ख्रिष्ट येसुसित एकतामा छौँ। त्यसैले परमेश्वरले उहाँसँगै हामीलाई पनि ब्युँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो+ ७ ताकि आउँदै गरेका युगहरूमा* परमेश्वरले ख्रिष्ट येसुसित एकतामा भएका हामीमाथि कृपा गरी आफ्नो असीम अनुग्रहको महानता प्रकट गरून्।
८ यही असीम अनुग्रहले गर्दा विश्वासद्वारा तिमीहरूको उद्धार भएको छ+ अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन बरु यो त परमेश्वरको वरदान हो। ९ अहँ, यस्तो उद्धार तिमीहरूको कामले गर्दा भएको होइन,+ त्यसैले कसैले पनि घमन्ड गर्नुपर्ने कारण छैन। १० हामी उहाँका हातका काम* हौँ। हामी ख्रिष्ट येसुसित एकतामा भएकोले+ उहाँले हामीलाई असल कामका लागि सृष्टि गर्नुभयो,+ जुन काम हामीले गरौँ भनेर उहाँले पहिल्यै तय गरिसक्नुभएको थियो।
११ त्यसैले नबिर्स, कुनै बेला तिमीहरू जन्मैदेखि अन्यजातिका मानिसहरू थियौ अनि मानव हातद्वारा शरीरमा “खतना* भएकाहरूले” तिमीहरूलाई “बेखतनेहरू” भनी बोलाउँथे। १२ त्यतिखेर तिमीहरूले ख्रिष्टलाई चिनेका थिएनौ, तिमीहरू इस्राएल राष्ट्रदेखि टाढा थियौ, अपरिचित जाति भएकोले प्रतिज्ञाको करारमा+ तिमीहरूको कुनै भाग थिएन अनि संसारमा तिमीहरूसित कुनै आशा थिएन र तिमीहरूले परमेश्वरलाई चिनेका पनि थिएनौ।+ १३ तर अहिले भने ख्रिष्ट येसुसित एकतामा भएकोले तिमीहरू, जो परमेश्वरदेखि टाढा थियौ, ख्रिष्टको रगतले गर्दा परमेश्वरसित नजिक भएका छौ। १४ किनकि ख्रिष्ट नै हाम्रो शान्ति हुनुहुन्छ।+ उहाँले दुई समूहलाई एक बनाउनुभयो+ अनि दुईबीचको पर्खाल भत्काउनुभयो।+ १५ उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गर्नुभयो अर्थात् मोसाको व्यवस्था खारेज गर्नुभयो, जसमा आज्ञा अनि आदेशहरू थिए ताकि यी दुई समूहलाई आफूसित एकतामा गाँसेर एक जना नयाँ मानिस बनाउन+ र तिनीहरूबीच शान्ति कायम गर्न सकियोस् १६ अनि यी दुई समूहलाई एउटा सिङ्गो शरीरको रूपमा यातनाको खम्बामार्फत*+ परमेश्वरसित पूर्णतया मिलाप गराउन सकियोस् किनकि उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गरिसक्नुभयो।+ १७ उहाँ आउनुभयो र तिमीहरू, जो परमेश्वरदेखि टाढा थियौ, तिमीहरूलाई शान्तिको सुसमाचार सुनाउनुभयो। त्यसैगरि तिनीहरूलाई पनि, जो परमेश्वरसित नजिक थिए १८ किनभने उहाँमार्फत हामी दुवै समूहका मानिसहरू एउटै पवित्र शक्तिद्वारा कुनै अवरोधविना बुबासामु जान सकेका छौँ।
१९ त्यसैले अबदेखि तिमीहरू अपरिचित जाति अनि परदेशीहरू होइनौ+ बरु पवित्र जनहरूको सङ्गी नागरिक+ अनि परमेश्वरको घरानाका सदस्यहरू+ हौ। २० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्गो+ हुनुहुन्छ। २१ उहाँसित एकतामा भएको अनि सम्पूर्ण भाग एकआपसमा राम्ररी जोडिएको+ यो भवन यहोवा* परमेश्वरको पवित्र मन्दिर+ बन्नको लागि बढ्दै छ। २२ ख्रिष्टसित एकतामा भएकोले तिमीहरूलाई पनि एउटा यस्तो निवासस्थानको रूपमा निर्माण गरिँदै छ, जहाँ परमेश्वर पवित्र शक्तिद्वारा बास गर्नुहुनेछ।+