भजनसङ्ग्रह
७८ हे मेरा मानिस हो, मेरो व्यवस्था* सुन;
मेरो मुखका वचन सुन्न तिमीहरूको कान थाप।
३ जुन हामीले सुनेका र जानेका छौँ
अनि हाम्रा पुर्खाले हामीलाई सुनाएका थिए।+
४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;
यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्तिबारे,+
उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+
पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+
५ उहाँले याकुबका सन्तानलाई सम्झौटा दिनुभयो
अनि इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो।
आफ्ना सन्तानलाई ती कुराहरू सुनाउन
उहाँले हाम्रा पुर्खालाई आज्ञा दिनुभयो+
६ ताकि पछि आउने पुस्ताले,
पछि जन्मिने सन्तानले ती कुराहरू जानून्+
अनि तिनीहरूले पनि आफ्ना छोराछोरीलाई सुनाऊन्।+
७ अनि उनीहरूले परमेश्वरमा भरोसा राख्नेछन्।
उनीहरूले परमेश्वरका कामहरू बिर्सनेछैनन्+
बरु उहाँका आज्ञाहरू पालन गर्नेछन्।+
८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्,
जो अट्टेरी र विद्रोही पुस्ता थिए,+
र जो परमेश्वरप्रति वफादार थिएनन्।
९ एप्रैमीहरू धनुले सुसज्जित थिए
तर तिनीहरू रणभूमिबाट फर्के।
११ उहाँले गर्नुभएका कामहरू पनि तिनीहरूले बिर्सिए,+
उहाँले तिनीहरूसामु गर्नुभएका अचम्मका कामहरू तिनीहरूले बिर्सिए।+
१३ तिनीहरूले समुद्र पार गरून् भनेर उहाँले त्यसलाई दुई फ्याक पारिदिनुभयो
अनि उहाँले पानीलाई पर्खालजस्तै ठड्याउनुभयो।+
१४ दिनमा बादल भएर
र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+
१५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयो
र तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+
१६ उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयो
र नदीजस्तै बगाउनुभयो।+
१७ तर तिनीहरूले उहाँविरुद्ध पाप गर्न छोडेनन्,
मरुभूमिमा सर्वोच्च परमेश्वरको विद्रोह गरिरहे।+
१८ आफूले असाध्यै तिर्सना गरेको खानेकुरा मागेर
तिनीहरूले आफ्नो मनमा परमेश्वरको परीक्षा गरे।+
१९ अनि तिनीहरू यसो भनेर परमेश्वरविरुद्ध गनगनाए:
“के परमेश्वरले निर्जनभूमिमा खाना दिन सक्नुहुन्छ?”+
२० हेर! उहाँले चट्टानमा हिर्काउनुभयो
र त्यहाँबाट पानी निस्कियो र नदीझैँ बग्यो।+
तैपनि तिनीहरूले यसो भने, “के उहाँले हामीलाई रोटी पनि दिन सक्नुहुन्छ?
के आफ्ना मानिसहरूको लागि मासु जुटाउन सक्नुहुन्छ?”+
२१ जब यहोवा परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो, तब उहाँ क्रोधित हुनुभयो;+
याकुबविरुद्ध दनदनी आगो+ बल्यो
अनि इस्राएलविरुद्ध उहाँको रिस दन्कियो।+
२२ किनकि तिनीहरूले परमेश्वरमा भरोसा राखेनन्,+
उहाँले बचाउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गरेनन्।
२३ त्यसैले उहाँले बादलले घेरिएको आकाशलाई हुकुम गर्नुभयो
र आकाशका ढोकाहरू खोलिदिनुभयो।
२६ उहाँले आकाशमा पूर्वीय बतास चलाउनुभयो
र आफ्नो शक्तिले दक्षिणी बतासलाई तेजसित बहन लगाउनुभयो।+
२७ अनि उहाँले मासु धुलोसरह बर्साउनुभयो,
चराहरू समुद्र किनारको बालुवासरह बर्साउनुभयो।
२८ उहाँले ती आफ्नो छाउनीको बीचमा,
आफ्ना पालहरूको वरपर खसाल्नुभयो।
२९ अनि तिनीहरूले कोचीकोचीकन खाए;
तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+
३० तर तिनीहरूको तिर्सना पूरै मेटिनुअघि,
तिनीहरूको मुखमा खानेकुरा बाँकी हुँदा नै
३१ तिनीहरूमाथि परमेश्वरको क्रोधको आगो दन्कियो।+
उहाँले तिनीहरूका बलिया-बलिया मानिसहरूको ज्यान लिनुभयो;+
उहाँले इस्राएलका जवानहरूलाई ढाल्नुभयो।
३३ त्यसैले उहाँले तिनीहरूको जिन्दगीका दिनहरूलाई यसरी खतम पारिदिनुभयो, मानौँ त्यो एक मुठी सास मात्र हो;+
उहाँले अचानक डर फैलाएर तिनीहरूका वर्षहरूको अन्त गरिदिनुभयो।
३४ तर जब-जब उहाँले तिनीहरूमध्ये केहीलाई नाश गर्नुहुन्थ्यो, तब-तब तिनीहरू उहाँको खोजी गर्थे;+
तिनीहरू फर्केर उहाँको खोजी गर्न थाल्थे
३५ अनि परमेश्वर नै तिनीहरूको चट्टान हुनुहुन्छ+
र सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक* हुनुहुन्छ+ भनेर सम्झन्थे।
३६ तर तिनीहरूले आफ्नो मुखले उहाँलाई झुक्क्याउन खोजे,
तिनीहरूले आफ्नो जिब्रोले उहाँसित झूट बोले।
३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+
उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+
उहाँले आफ्नो क्रोध खन्याउनुभएन+
बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।
४२ तिनीहरूले उहाँको शक्ति* बिर्सिए,
तिनीहरूले त्यो दिन बिर्सिए, जब उहाँले तिनीहरूलाई शत्रुबाट छुटाउनुभएको थियो।+
४३ उहाँले मिश्रमा कसरी चिन्हहरू देखाउनुभएको थियो,+
जोअनको इलाकामा कसरी चमत्कारहरू गर्नुभएको थियो,
४४ उहाँले कसरी नाइल नदीका नहरहरूलाई रगतमा परिणत गर्नुभएको थियो+
र त्यसको पानी पिउनै नसकिने बनाइदिनुभएको थियो, तिनीहरूले बिर्सिए।
४५ उहाँले तिनीहरूलाई आक्रमण गर्न झिँगाहरूको* हुल पठाउनुभयो+
अनि तिनीहरूलाई बरबाद पार्न भ्यागुताहरू पठाउनुभयो।+
४६ उहाँले तिनीहरूको बालीनाली भोका सलहलाई दिनुभयो,
तिनीहरूको मेहनतको फल हुल बाँधेर आएका सलहलाई दिनुभयो।+
४७ उहाँले तिनीहरूका अङ्गुर बगानहरूलाई
र तिनीहरूका खनिउँका रूखहरूलाई असिनाले नाश पारिदिनुभयो।+
४८ उहाँले तिनीहरूको भारी बोक्ने जनावरलाई असिनाले नष्ट गरिदिनुभयो+
अनि तिनीहरूको वस्तुभाउलाई चट्याङले* हिर्काउनुभयो।
४९ उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याउनुभयो,
उहाँको क्रोध र आक्रोश पोख्नुभयो अनि तिनीहरूमाथि विपद् ल्याउनुभयो,
तिनीहरूमाथि विपत्ति ल्याउन स्वर्गदूतहरूको एक दल पठाउनुभयो।
५० उहाँले आफ्नो रिसको लागि बाटो बनाउनुभयो।
उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन;
उहाँले तिनीहरूलाई* महामारीको मुखमा धकेल्नुभयो।
५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+
हामको पालमा तिनीहरूको प्रजनन शक्तिको पहिलो फललाई मास्नुभयो।
५२ त्यसपछि उहाँले आफ्ना मानिसहरूलाई बगाललाई झैँ छुटाएर ल्याउनुभयो,+
भेडाहरूको बगाललाई जस्तैगरि तिनीहरूलाई निर्जनभूमिमा डोऱ्याउनुभयो।
५३ उहाँले तिनीहरूलाई सुरक्षितसाथ डोऱ्याउनुभयो,
तिनीहरूलाई कुनै डर भएन;+
समुद्रले तिनीहरूका शत्रुलाई निल्यो।+
५४ अनि उहाँले तिनीहरूलाई आफ्नो पवित्र इलाकामा ल्याउनुभयो,+
उहाँले तिनीहरूलाई यो पहाडी इलाकामा ल्याउनुभयो, जुन उहाँले आफ्नो दायाँ हातले हासिल गर्नुभएको थियो।+
५५ उहाँले तिनीहरूको सामुन्नेबाट जातिजातिलाई धपाउनुभयो;+
नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+
उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+
५६ तर तिनीहरूले सर्वोच्च परमेश्वरको परीक्षा गरिरहे र उहाँको विद्रोह गरिरहे;+
उहाँका सम्झौटाहरूमा तिनीहरूले ध्यान दिएनन्।+
५७ अनि तिनीहरूले परमेश्वरलाई त्यागे र आफ्ना पुर्खाले जस्तै विश्वासघात गरे।+
तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भए, जसमाथि भर पर्न सकिँदैन।+
५८ अग्ला थानहरू* बनाएर तिनीहरूले उहाँलाई रिस उठाइरहे+
अनि कुँदिएका मूर्तिहरूद्वारा तिनीहरूले उहाँलाई क्रोधित तुल्याइरहे।*+
५९ परमेश्वरले यी सबै देख्नुभयो र क्रोधित हुनुभयो+
अनि उहाँले इस्राएललाई पूर्णतया त्याग्नुभयो।
६० आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+
त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+
६१ उहाँले आफ्नो शक्तिको निसानीलाई कैदमा पर्न दिनुभयो,
आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+
६२ उहाँले आफ्ना मानिसहरूलाई तरबारले काटिन दिनुभयो,+
आफ्नो सम्पत्तिविरुद्ध उहाँ क्रोधित हुनुभयो।
६३ आगोले उहाँका जवान पुरुषहरूलाई भस्म पाऱ्यो
अनि उहाँका कन्याहरूको निम्ति विवाहको गीत गाइएन।
६६ अनि उहाँले आफ्ना शत्रुहरूलाई खेद्नुभयो;+
उहाँले तिनीहरूलाई सदाको निम्ति लाजमा पार्नुभयो।
६७ उहाँले युसुफको पाललाई तिरस्कार गर्नुभयो;
उहाँले एप्रैमको कुललाई छान्नुभएन।
६९ उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+
कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो।