भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले बेतसेबासित नाजायज सम्बन्ध राखेपछि भविष्यवक्ता नातान तिनलाई भेट्न आएको बेला दाउदले रचेको भजन।+
५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+
तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+
तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+
त्यसैले तपाईँ जे भन्नुहुन्छ, सही भन्नुहुन्छ,
तपाईँ उचित न्याय गर्नुहुन्छ।+
६ हेर्नुहोस्! तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ;+
मेरो मनलाई साँचो बुद्धिको कुरा सिकाउनुहोस्।
७ हिसपले* मेरा पापहरू चोख्याउनुहोस् र म शुद्ध हुनेछु;+
मलाई पखाल्नुहोस् र म हिउँभन्दा पनि सेतो हुनेछु।+
११ तपाईँको सामुन्नेबाट मलाई ननिकाल्नुहोस्;
तपाईँको पवित्र शक्ति मबाट नखोस्नुहोस्।
१२ तपाईँले उद्धार गर्नुहुँदाको खुसी मैले फेरि पाउन सकूँ;+
तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्।
१४ हे परमेश्वर, मेरो उद्धार गर्नुहुने परमेश्वर,+ मलाई रक्तदोषबाट मुक्त गर्नुहोस्+
अनि मेरो जिब्रोले हर्ष मनाउँदै तपाईँको धार्मिकताको घोषणा गर्नेछ।+
१६ किनकि तपाईँ बलिदान चाहनुहुन्न, नत्र म त्यो चढाउने थिएँ;+
तपाईँ अग्निभेटीदेखि प्रसन्न हुनुहुन्न।+
१७ टुटेको हृदय परमेश्वरलाई खुसी तुल्याउने बलिदान हो;
हे परमेश्वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार* गर्नुहुन्न।+
१८ आफ्नो अनुग्रह प्रकट गरेर सियोनको भलाइ गर्नुहोस्;
यरुसलेमका पर्खालहरूलाई फेरि मजबुत बनाउनुहोस्।