-
२ राजा २२:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर तिमीहरूलाई यहोवा परमेश्वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: १९ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन् र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन् भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्नेछु, यहोवा घोषणा गर्नुहुन्छ।
-
-
लुका १५:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर बुबाले आफ्ना दासहरूलाई भन्यो: ‘झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औँठी र जुत्ता पनि लगाइदेओ! २३ त्यसपछि मोटोघाटो बाछो ल्याएर काट अनि हामी खाऔँ र रमाइलो गरौँ २४ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो;+ ऊ हराएको थियो तर अहिले भेटियो।’ अनि तिनीहरूले रमाइलो गर्न थाले।
-
-
लुका १८:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस्।’+ १४ म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+
-