हितोपदेश
२३ राजासँग भोजन गर्न बस्दा
होस पुऱ्याऊ, खान हतार नगर;
२ तिम्रो धेरै खाने बानी छ भने
आफूलाई काबूमा राख।*
३ उसले दिने स्वादिष्ठ भोजनको लोभ नगर,
त्यो भोजन तिम्रो लागि पासो बन्न सक्छ।
त्यसो गर्न छोड र सुझबुझ देखाऊ।*
५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+
किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+
६ कन्जुस मानिसकहाँ खाना खान नजाऊ
अनि उसले दिने स्वादिष्ठ भोजनको लोभ नगर
७ किनकि उसले एक-एक कुराको हिसाब राख्छ।
उसले मुखले त “खाऊ, पिऊ” भन्ला तर मनैदेखि भन्दैन।
८ तिमीले उसको जे खायौ, त्यो सबै ओकल्नेछौ
अनि तिमीले गरेको सबै तारिफ बेकार हुनेछ।
९ मूर्खसित ज्ञानगुनको कुरा नगर+
किनकि उसले त्यसलाई बेकार ठान्नेछ।+
१० पुरानो साँध-सिमाना नसार+
अनि अनाथको* जग्गा नमिच
११ किनकि तिनीहरूका रक्षक* शक्तिशाली हुनुहुन्छ;
उहाँ तिनीहरूको पक्षमा लड्नुहुनेछ।+
१२ मन लगाएर अर्ती* ग्रहण गर
अनि ज्ञानगुनका कुरामा कान थाप।
१३ बालकलाई अनुशासन दिन पछि नहट।+
तिमीले उसलाई छडीले पिट्यौ भने पनि ऊ मर्नेछैन।
१४ तिमीले उसलाई छडीले पिट्यौ भने
उसको जीवन जोगाउनेछौ।*
१५ हे मेरो छोरा, तिमी बुद्धिमान् भयौ भने
मेरो हृदय रमाउनेछ।+
१६ जब तिमी साँचो कुरा बोल्छौ,
तब म मनैदेखि रमाउँछु।*
१७ तिम्रो हृदयले पापीहरूको डाह नगरोस्+
बरु सधैँ यहोवाको डर मानोस्।+
१८ तब तिम्रो भविष्य उज्ज्वल हुनेछ+
अनि तिम्रो आशा टुट्नेछैन।
१९ हे मेरो छोरा, सुन र बुद्धिमान् होऊ
अनि तिम्रो हृदयलाई सही बाटोमा लगाऊ।
२० रक्सी धेरै पिउने मानिसहरूको सङ्गत नगर+
अनि मासु हसुर्ने मानिसहरूसित नबस।+
२१ किनकि जँड्याहा र घिचुवा कङ्गाल हुनेछ+
अनि निद्राले थाङ्ने बनाइदिन्छ।
२२ तिमीलाई जन्म दिने बुबाको कुरा सुन
अनि आफ्नी आमालाई बूढी भइसकिन् भनेर हेला नगर।+
२३ सत्य किन* र त्यसलाई कहिल्यै नबेच+
बरु बुद्धि, अनुशासन र समझ पनि किन।+
२४ धर्मी छोराको बुबा साँच्चै रमाउनेछ
अनि बुद्धिमान् छोराको बुबा आनन्दित हुनेछ।
२५ तिम्रा बुबा र आमा खुसी हुनेछन्
अनि जसले तिमीलाई जन्माइन्, उनी रमाउनेछिन्।
२६ हे मेरो छोरा, मेरो कुरामा मन लगाऊ
अनि मैले देखाएको बाटोमा खुसीसाथ हिँड।+
२७ वेश्या गहिरो खाडल हो
अनि चरित्रहीन* आइमाई गहिरो इनार हो।+
२८ ऊ डाँकुजस्तै ढुकेर बस्छे;+
उसले गर्दा थुप्रै पुरुषले धोका दिन्छन्।
२९ कष्ट कसलाई हुन्छ? छटपटी कसलाई हुन्छ?
झगडा कसले गर्छ? गनगन कसले गर्छ?
बिनसित्ति चोटपटक कसलाई लाग्छ? कसका आँखा राताराता* हुन्छन्?
३० जसले अबेरसम्म रक्सी पिइरहन्छ+
अनि जो कडा रक्सी खोज्दै हिँड्छ।*
३१ प्यालामा चमचम चम्किने र घाँटीमा सरर्र बग्ने
रक्सीको रातो रङ्गलाई नहेर
३२ किनकि अन्तमा त्यसले सर्पले झैँ डस्छ
अनि विषालु सर्पले झैँ विष ओकल्छ।
३३ तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्
अनि तिम्रो मनले अर्थ न बर्थका कुराहरू गर्नेछ।+
३४ अनि तिमीलाई आफू समुद्रको बीचमा तैरिरहेको छु जस्तो लाग्नेछ,
जहाजको मस्तुलको टुप्पामा सुतिरहेको छु जस्तो लाग्नेछ।
३५ तिमीले भन्नेछौ: “तिनीहरूले मलाई हिर्काए तर मैले थाहै पाइनँ।*
तिनीहरूले मलाई कुटे तर मैले चालै पाइनँ।
म कहिले ब्युँझिऊँ+ र
अर्को एक घुट्को रक्सी पिऊँ?”*