यहोसु
१२ इस्राएलीहरूले यर्दनको पूर्वतिर अर्नोन बेँसीदेखि*+ हर्मोन डाँडासम्म+ र पूर्वतिरको पूरै अराबाह+ कब्जा गरे। इस्राएलीहरूले जितेको इलाकाका एक जना राजा २ एमोरीहरूका राजा सिहोन+ हुन्, जो हेस्बोनमा बस्थे। तिनी अरोएरबाट शासन गर्थे,+ जुन अर्नोन बेँसीको+ किनारामा पर्थ्यो। अर्नोन बेँसीको बीचदेखि अम्मोनीहरूको सिमाना याब्बोक बेँसीसम्म र गिलादको आधा इलाकासम्म तिनको राज्य फैलिएको थियो। ३ त्यसैगरि पूर्वतिर अराबाहको इलाकाको किन्नरेथ समुद्रदेखि*+ अराबाह समुद्रसम्म अर्थात् खारा समुद्रसम्म* अनि पूर्वतिरै बेथ-यसिमोथसम्म र दक्षिणतिर पिस्गाहको+ फेदसम्म पनि तिनले शासन गर्थे।
४ इस्राएलीहरूले जितेको इलाकाका अर्का राजा हुन्: बासानका राजा ओग।+ तिनी बाँकी रहेका रेफाईहरूमध्ये एक थिए।+ तिनी अस्तारोथ र एद्रईमा बस्थे। ५ तिनले हर्मोन डाँडा, सालेकाह र पूरै बासान+ अर्थात् गेसुरी र माकाथीहरूको+ सिमानासम्म शासन गर्थे। तिनको राज्य हेस्बोनका राजा सिहोनको+ इलाकासम्म अर्थात् गिलादको आधा इलाकासम्म पनि फैलिएको थियो।
६ यी नै राजाहरूलाई यहोवा परमेश्वरका सेवक मोसा र इस्राएलीहरूले हराएका थिए।+ त्यसपछि यहोवा परमेश्वरका सेवक मोसाले ती राजाहरूको इलाका रुबेनको कुललाई, गादको कुललाई र मनस्सेको आधा कुललाई बाँडे।+
७ यहोसु र इस्राएलीहरूले यर्दनको पश्चिमतिरका राजाहरूलाई हराए। तिनीहरूले जितेको इलाका लेबनान बेँसीको+ बाआल-गादसम्म+ अनि सेइरनजिकै+ हलक डाँडासम्म+ थियो। त्यसपछि यहोसुले यी इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार बाँडे; प्रत्येक कुलले आ-आफ्नो भागको इलाका पायो।+ ८ इस्राएलीहरूले पहाडी इलाका, सेफेलाह, अराबाह, पाखाहरू, निर्जनभूमि र नेगेबमा+ आ-आफ्नो भाग पाए। यी इलाकाहरूमा हित्ती, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसीहरू+ बस्थे। यहोसु र इस्राएलीहरूले जितेका राजाहरू यी नै हुन्:
९ यरिहोका राजा,+ बेथेल नजिकैको ऐ सहरका राजा,+
१० यरुसलेमका राजा, हेब्रोनका राजा,+
११ यार्मुथका राजा, लाकिसका राजा,
१२ एग्लोनका राजा, गेजेरका राजा,+
१३ दबिरका राजा,+ गेदेरका राजा,
१४ होर्माहका राजा, अरादका राजा,
१५ लिब्नाहका राजा,+ अदुल्लामका राजा,
१६ मक्केदाहका राजा,+ बेथेलका राजा,+
१७ तप्पुहका राजा, हेपेरका राजा,
१८ अफेकका राजा, लास्सारोनका राजा,
१९ मदोनका राजा, हजोरका राजा,+
२० सिम्रोन-मेरनका राजा, अक्षापका राजा,
२१ तानकका राजा, मगिद्दोका राजा,
२२ केदेसका राजा, कर्मेलको योक्निमका राजा,+
२३ दोरको पहाडी इलाकाका दोरका राजा,+ गिलगालको गोयिमका राजा,
२४ तिर्जाहका राजा, जम्मा ३१ जना राजा।