अध्याय २५
शैतानको संसारकालागि वा परमेश्वरको नया व्यवस्थाकालागि?
१. तपाईं परमेश्वरको राज्यको पक्षमा वास्तवमा हुनुहुन्छ भनेर के ले प्रमाणित हुन्छ?
के तपाईं परमेश्वरको न्याययुक्त नया व्यवस्थाको पक्षमा हुनुहुन्छ, र के तपाईं त्यो आओस् भनेर चाहनुहुन्छ? के तपाईं शैतानको विरुद्धमा हुनुहुन्छ, र के तपाईं त्यसको संसारको अन्त होस् भनेर चाहनुहुन्छ? दुवै प्रश्नको उत्तरमा तपाईं हो भन्नुहोला। तर के त्यत्ति भनेर पुग्ने छ? शब्दहरूको भन्दा कामहरूको आवाज बढ़ी चर्को हुन्छ भन्ने एउटा पुरानो अंग्रेजी उखान छ। तपाईं परमेश्वरको नया व्यवस्थामा विश्वास गर्नु हुन्छ भन्ने कुरा, तपाईंको जीवन-शैलीले प्रमाणित गर्नेछ।—मत्ती ७:२१-२३; १५:७, ८.
२. (क) हामीहरूले सेवा गर्न सक्ने ती दुईवटा कुन मालिक हुन्? (ख) हामीहरू कसका सेवक, वा दास हौं भनेर कसरी प्रदर्शित हुन्छ?
२ कुरा के हो भने, तपाईंको जीवन-शैलीले दुई मालिक मध्य एउटालाई मात्र खुशी पार्न सक्ने छ। तपाईं या त यहोवाको सेवा गर्दै हुनुहुन्छ या शैतान अर्थात दियाबललाई। यस तथ्यलाई मुल्याङ्कन गर्न बाइबलमा पाइने एउटा सिद्धान्तले हामीहरूलाई मदद दिनेछ। यस सिद्धान्त अनुसार: “के तिमीहरूलाई थाह छैन, जसको आज्ञाकारिताको निम्ति दासजस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ, त उसैका दास तिमीहरू हौ, जसको आज्ञा पालन गर्दछौ?” (रोमी ६:१६) तपाईं कसको आज्ञा पालन गर्दै हुनुहुन्छ? कस्को इच्छा तपाईं गर्दै हुनुहुन्छ? तपाईंको उत्तर जे भएता पनि, यदि तपाईं संसारको अधर्मी रीतिरिवाजलाई अनुसरण गर्दै हुनुहुन्छ भने, तपाईंले साँचो परमेश्वर, यहोवाको सेवा गर्नु भएको छैन।
शैतानको संसार—त्यो के हो?
३. (क) बाइबलले कसलाई संसारको शासक भनेर देखाएको छ? (ख) प्रार्थनामा, येशूले संसार र उहाँका चेलाहरू बीच भएको अन्तरलाई कसरी देखाउनु भयो?
३ येशूले शैतानलाई “यो संसारको मालिक” भन्नुभयो। र प्रेरित यूहन्नाले “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भने। (यूहन्ना १२:३१; १ यूहन्ना ५:१९) येशूले परमेश्वरसँग प्रार्थना गर्दा आफ्ना चेलाहरूलाई शैतानको संसारसँग सम्मिलित गराउनु भएन। उहाँले भन्नुभयो: “म तिनीहरूका [आफ्ना चेलाहरूका] निम्ति बिन्ती गर्छु; संसारका निम्ति ता म बिन्ती गर्दिन . . . जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:९, १६; १५:१८, १९) साँचो मसीहीहरू संसारबाट अलग रहनु पर्छ भन्ने कुरा यस बाट स्पष्ट छ।
४. (क) यूहन्ना ३:१६ मा, “संसार” भन्ने शब्दले कसलाई सङ्केत गर्दछ? (ख) ख्रीष्टका अनुयायीहरूले आफूलाई कुन “संसार” बाट अलग राख्नु पर्दछ?
४ येशूले संसार शब्द प्रयोग गर्दा के कुरालाई जनाउँदै हुनुहुन्थियो? बाइबलमा कहिलेकाहीँ “संसारको” अर्थ सामान्यतया मानवजाति मात्र भनिएको हुन्छ। मानवजातिको यस संसारलाई छुटकारा दिलाउन परमेश्वरले आफ्नो पुत्रलाई आफ्नो जीवन बलिदान दिन पठाउनु भयो। (यूहन्ना ३:१६) तापनि, शैतानले धेरै जस्ता मनुष्यहरूलाई परमेश्वरको विरुद्धमा सङ्गठित पारेको छ। अत: परमेश्वरको दृश्य सङ्गठन भन्दा बाहिर वा अलग्ग भएर बसेको यो सङ्गठित मानव समाजनै शैतानको संसार हो। यसै संसारबाट साँचो मसीहीहरू अलग्ग हुनु पर्दछ।—याकूब १:२७.
५. संसारको एउटा महत्वपूर्ण भाग के हो, र बाइबलमा त्यसलाई के ले प्रतिनिधित्व गर्दछ?
५ शैतानको संसार—उसको सङ्गठित मानव समाज—एक अर्कासँग सम्बन्धित विभिन्न भागहरूबाट बनेको छ। एउटा महत्वपूर्ण भाग झूटो धर्म हो। बाइबलमा झूटो धर्मलाई “महान् बेबिलन” नाउँ भएकी एउटी “महा-वेश्या” वा व्यभिचारिणी भनिएको छ। उसले “पृथ्वीका राजाहरू माथि राज्य” गरेको हुनाले, त्यो एउटा सांसारिक साम्राज्य हुनु पर्छ। (प्रकाश १७:१, ५, १८) तर महान् बेबिलन एउटा धार्मिक विश्व साम्राज्य हो भनेर कसरी प्रमाणित हुन्छ?
६, ७. (क) महान् बेबिलोन एउटा धार्मिक साम्राज्य हो भनेर के ले प्रमाणित गर्दछ? (ख) झूटो धर्मको राजनैतिक सरकारहरूसँग के सम्बन्ध रहेको छ?
६ “पृथ्वीका राजाहरूले” उ सँग ‘व्यभिचार गरेको’ हुनाले महान् बेबिलन राजनीतिक विश्व साम्राज्य हुनै सक्दैन। र “पृथ्वीका व्यापारीहरू” टाढ़ा उभिएर त्यसको विनाशमा विलौना गर्नेछन् भनेको हुनाले, त्यो एउटा व्यापारिक साम्राज्य पनि हुन सक्दैन। (प्रकाश १७:२; १८:१५) तथापि, “तेरो जादूगरीले सारा जाति ठगिएका थिए” भनेर बाइबलमा लेखिएको कुराबाट त्यो वास्तवमा एउटा धार्मिक साम्राज्यनै हो भन्ने तथ्य देखिन्छ।—प्रकाश १८:२३.
७ र साथै महान् बेबिलनको एउटा “जनावरसँग” सम्बन्ध रहेको कुराले, त्यो एउटा धार्मिक साम्राज्य हो भनेर प्रमाणित हुन्छ। बाइबलमा त्यस प्रकारका जानवरहरूले राजनीतिक सरकारहरूलाई जनाउँदछ। (दानिएल ८:२०, २१) महान् बेबिलोन “सातवटा शिर र दशवटा सीङ भएको . . . चहकिलो रातो रङ्गको जानवरमाथि बसेकी” छ भनेर बाइबलमा वर्णन गरिएको छ। यस प्रकार उसले त्यो “जानवर” वा विश्व सरकारलाई प्रभावित गर्ने प्रयास गरिरहेकी छ। (प्रकाश १७:३) र वास्तवमा, सारा इतिहासभरि धर्म राजनीतिसँग मिसिएको छ, र अक्सर धर्महरूलेनै सरकारहरूलाई के कसो गर्ने भनेर अह्राइ पनि रहेको छ। साच्चैनै, त्यो स्त्रीले “पृथ्वीका राजाहरूमाथि राज्य” गरेकी छ।—प्रकाश १७:१८.
८. शैतानको संसारको अर्को महत्वपूर्ण भाग के हो, र बाइबलमा तिनीहरूको प्रतिनिधित्व कसरी गराइएको छ?
८ यी राजनीतिक सरकारहरू शैतानको संसारको अर्को महत्वपूर्ण भाग हुन्। हामीहरूले अघिनै देखि सक्यौं, बाइबलमा तिनीहरूलाई जनावरसँग तुलना गरिएको छ। (दानिएल ७:१-८, १७, २३) यी जनावर तुल्य सरकारहरूले शैतानबाट शक्ति पाएका छन् भनेर दर्शन द्वारा देखाइएको कुरा प्रेरित यूहन्नाले लिपिबद्ध गरेका थिए: “अनि मैले दशवटा सीङ र सातवटा शिर भएको जनावर . . . समुद्रबाट निस्किरहेको देखें। र त्यस अजिङ्गरजस्तै पशुले त्यसलाई आफ्नो शक्ति दियो।” (प्रकाश १३:१, २; १२:९) शैतानले येशूको परीक्षा गर्दै, यी सबै राज्य उहाँलाई दिने कोशिश गरेकोबाट, यी राज्यहरू अथवा सरकारहरू शैतानको हो भन्ने कुरा अझ स्पष्टसँग प्रमाणित हुन्छ। शैतान यदि त्यसको मालिक नहुँदो हो ता उसले यसो गर्न सक्ने थिएन.—मत्ती ४:८, ९.
९. (क) प्रकाश १८:११ मा शैतानको संसारको अर्को भागलाई कसरी वर्णन गरिएको छ? (ख) यसले के गर्दछ र के कुरालाई प्रोत्साहन दिन्छ जसबाट त्यस कामको पछाड़ि शैतानको हाथ छ भनेर प्रमाणित हुन्छ?
९ शैतानको संसारको अझ अर्को मुख्य भाग लोभी र अत्याचारी व्यापारिक व्यवस्था हो जसलाई प्रकाश १८:११ मा “पृथ्वीका व्यापारीहरू” भनिएको छ। यो व्यापारिक व्यवस्थाले उत्पादन गरेका वस्तुहरू प्राप्त गर्ने स्वार्थपूर्ण अभिलाषा मानिसहरूको मनमा जगाउँछ, जब कि ती वस्तुहरू बिनानै हामी अझ राम्रोसँग बस्न सक्छौं होला र ती वस्तुहरूको हामीलाई कुनै खाँचो पनि नहोला। साथै, त्यो लोभी व्यापारिक व्यवस्थाले खाद्य पदार्थलाई भण्डारघरहरूमा जम्मा पारेर राख्छ र अर्को तिर खाद्य पदार्थ किन्न नसक्ने अवस्थाले गर्दा लाखौं मानिसहरूलाई भोकभोकै मर्नचाहिं दिन्छ। यस बाहेक, सारा मानव परिवारलाई नष्ट गर्न सक्ने सैनिक हतियारहरूको उत्पादन गर्दछ र लाभकालागि त्यसलाई बेच्दछ। यसप्रकार शैतानको व्यापारिक व्यवस्थाले, झूटो धर्म र राजनीतिक सरकारहरूसँग मिलेर स्वार्थ, अपराध र भयङ्कर युद्धहरूलाई प्रोत्साहित गर्दछ।
१०, ११. (क) शैतानको संसारको अर्को विशेषता के हो? (ख) यस विशेषतासँग संलग्न न हुनु भनेर बाइबलमा के चेतावनी पाइन्छ?
१० शैतान अर्थात दियाबलको अधीनमा भएको यो सङ्गठित मानव समाज वास्तवमा दुष्ट र भ्रष्ट छ। परमेश्वरको न्याययुक्त नियमहरूलाई यसले विरोध गर्दछ, र हर प्रकारका अनैतिक कुराहरूबाट भरपूर छ। अत: बन्धनमुक्त जीवन र अनैतिक रीतिहरू शैतानको संसारको अर्को विशेषता हो भन्न सकिन्छ। त्यसै कारण प्रेरित पावल र पत्रुस दुवैले अन्य जातिहरूका दुष्ट कार्यहरूबाट अलग्ग बस्ने चेतावनी मसीहीहरूलाई दिएका छन्।—एफिसी २:१-३; ४:१७-१९; १ पत्रुस ४:३, ४.
११ प्रेरित यूहन्नाले पनि मसीहीहरूले गलत अभिलाषाहरू र संसारको अनैतिक तरीकाहरूको विरोध गर्दै आफ्नो बचाव गर्नु पर्ने आवश्यकतामाथि जोर दिए। उनले लेखे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि,—शरीरको अभिलाषा, आँखाको अभिलाष, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूहन्ना २:१५, १६) चेला याकूबले भने कि ‘जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।’—याकूब ४:४.
संसारको भाग हुनबाट कसरी बाँच्ने
१२, १३. (क) मसीहीहरू यस संसारमा हुनै पर्दछ भनेर येशूले कसरी प्रदर्शित गर्नु भयो? (ख) संसारमा भएर पनि त्यसको भाग नहुनु कसरी सम्भव छ?
१२ शैतानको संसार रहुँञ्जेल, मसीहीहरू त्यसमा बस्नै पर्छ। पितासँगको आफ्नो प्रार्थनामा यसलाई येशूले दर्शाउनु भयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी बिन्ती गर्दिनँ।” तर फेरि आफ्ना चेलाहरूवारे भन्नुभयो: “तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:१५, १६) शैतानको संसारमा हुने तर पनि त्यसको भाग नहुने, यो कसरी सम्भव हुन सक्छ?
१३ तपाईं ती मानिसहरूका माँझमा बस्नु भएको छ जसबाट आजको सङ्गठित समाज बनेको छ। यी मानिसहरू मध्य व्यभिचारी, लोभी र अरू अन्य दुष्ट काम गर्नेहरू पनि छन्। तिनीहरूसँगै तपाईं काम गर्नु हुन्छ, तिनीहरूसँगै स्कूल जानुहुन्छ, तिनीहरूसँगै खानु हुन्छ, र अन्य अरू गतिविधिमा तिनीहरूसँग भाग लिनु हुन्छ होला। (१ कोरिन्थी ५:९, १०) परमेश्वरले प्रेम गरे जस्तै तिनीहरूलाई तपाईंले पनि प्रेम गर्नु पर्दछ। (यूहन्ना ३:१६) तर ती मानिसहरूले गर्ने दुष्ट कामहरू साँचो मसीहीले गर्दैन। तिनीहरूका मनोवृत्तिहरू, कार्यहरू वा जीवनका लक्ष्यहरूलाई साँचो मसीहीले अपनाउदैन। तिनीहरूको भ्रष्ट धर्म र राजनीतिमा उ कुनै भाग लिदैन। आफ्नो जीविकाकालागि उसले अक्सर व्यापारिक संसारमा काम गर्नु परेता पनि, त्यहाँको बेइमानीपूर्ण व्यापारिक कार्यहरूमा आफूलाई संलग्न गर्दैन; भौतिक वस्तुहरू प्राप्त गर्नुनै उसको जीवनको मुख्य लक्ष्य हुँदैन। परमेश्वरको नया व्यवस्थाको पक्षमा उ भएको हुनाले, शैतानको संसारकालागि बाँच्नेहरूको खराब सङ्गतबाट टाढ़ा रहन्छ। (१ कोरिन्थी १५:३३; भजनसंग्रह १:१; २६:३-६, ९, १०) परिणाम स्वरूप, उ शैतानको सारमा छ, तापनि त्यसको भाग छैन।
१४. यदि तपाईं परमेश्वरको नया रीतिरिवाजको पक्षमा हुनुहुन्छ भने, बाइबलको कुन आज्ञाको पालन तपाईंले गर्नु हुनेछ?
१४ तपाईं नि? के तपाईं शैतानको संसारको भाग हुन चाहनुहुन्छ? वा परमेश्वरको नया व्यवस्थाको पक्षमा हुनुहुन्छ? तपाईं परमेश्वरको नया व्यवस्थाको पक्षमा हुनुहुन्छ भने, यस संसारबाट, यसको झूटो धर्म समेतबाट, तपाईं अलग्ग हुनुहुनेछ। तपाईंले यो आज्ञालाई ध्यान दिनु हुनेछ: “हे मेरा मानिस हो, त्यसबाट [महान् बेबिलनबाट] निस्केर आओ।” (प्रकाश १८:४) तथापि, महान् बेबिलन, अथवा झूटो धर्मको विश्व साम्राज्यबाट निस्केर आउनुको अर्थ, झूटो धार्मिक सङ्गठनबाट आफ्नो सबै सम्बन्ध तोड़नु मात्र होइन। त्यसमा अझ अरू कुराहरू सम्मिलित छन्। संसारका धार्मिक उत्सवहरूसँग कुनै सम्बन्ध राख्नु पनि भएन।—२ कोरिन्थी ६:१४-१८.
१५. (क) येशूको जन्म-दिवसको सट्टा मसीहीहरूले कुन उपलक्ष्य मनाउने आदेश पाएका छन्? (ख) सर्दीको मौसमको जाड़ोमा येशूको जन्म भएको हुन सक्दैन भनेर के कुराले प्रदर्शित गर्दछ? (ग) दिसम्बर २५ येशूको जन्म-दिवस समारोह मनाउन किन छानिएको हो?
१५ आजकाल क्रिस्मस एउटा प्रमुख धार्मिक पुण्य-दिन मानिन्छ। तर प्रारम्भिक मसीहीहरूले यो उत्सव मनाउँदैन थिए भन्ने तथ्य इतिहासले प्रदर्शित गरेकोछ। येशूले आफ्नो चेलाहरूलाई उहाँको आफ्नो जन्म-तिथि होइन, बरू मत्युको स्मरणार्थ समारोह मनाउँन भन्नुभयो। (१ कोरिन्थी ११:२४-२६) तथ्य कुरा यो हो कि दिसम्बर २५ येशूको जन्म दिन होइन। यो हुन पनि सक्दैन थियो, किनभने उहाँको जन्मको समयमा गोठालाहरू राती चौरमा थिए भनेर बाइबलले देखाएको छ। तिनीहरू सर्दी मौसमको बर्षा र जाड़ोमा चौरमा हुनै सक्दैन थिए। (लूका २:८-१२) वास्तवमा दिसम्बर २५ येशूको जन्म दिवस मनाउन किन छानिएको भनेर दी वर्ल्ड बुक इन्साइक्लोपीडिया व्याख्या गर्दछ: “रोमका बासिन्दाहरू त्यस दिनलाई शनिको उत्सव, अर्थात सूर्यको जन्म दिवसको रूपमा मनाउद थिए।”
१६. (क) गैर-मसीही सुरुआत भएका अरू कुन प्रमुख धार्मिक दिवसहरू छन्? (ख) साँचो मसीहीहरूले क्रिसमस र ईस्टर समारोह नमनाउने उचित कारणहरू के छन्?
१६ ईस्टर एउटा अर्को मुख्य धार्मिक दिवस हो। कुनै कुनै लातीनी अमरीकी देशहरूमा त्यस्तै प्रकारको पवित्र साता मनाइन्छ। तर प्रारम्भिक मसीहीहरूले ईस्टरको समारोह पनि मनाउदैन थिए। यस समारोहको प्रारम्भ पनि गैर-मसीही उत्सवमा आधारित थियो। दी इनसाइक्लोपीडिया ब्रिटानिका भन्दछ: “बाइबलको नयाँ नियममा ईस्टरको समारोह मनाइएको उल्लेख कतै पाइंदैन।” क्रिसमस र इस्टर मसीही समारोहहरू नभएर तिनको प्रारम्भ झूटो परमेश्वरका उपासकहरूसँग सम्बन्धित थियो भन्ने कुराले के वास्तवमा कुनै महत्व राख्दछ र? “थोरै खमीरले जम्मै ढिकालाई खमीरी बनाउँछ”, भन्दै, साँचो उपासनालाई झूटो उपासनासँग मिश्रित नगर्नु भनेर प्रेरित पावलले चेतावनी दिए। (गलाती ५:९) मोशाको व्यवस्थाका अधीनमा राखिएका दिनहरू मनाउने नियमहरू मसीहीहरूले मान्नु गलत थियो किनकि मसीहीहरूकालागि परमेश्वरले तिनीहरूलाई खारेज गरी दिनु भएको थियो। (गलाती ४:१०, ११) झूटो धर्मबाट आएका र परमेश्वरले कहिले नभन्नु भएका दिवसहरूबाट अलग्ग रहनु साँचो मसीहीहरूकालागि आज झन् कत्ति महत्वपूर्ण छ!
१७. (क) प्रसिद्ध मानिसहरू र राष्ट्रहरूलाई सम्मानित गर्ने दिवसहरू मनाउनमा के गलती छ? (ख) मसीहीहरूले कुन मार्ग अपनाउनु पर्छ भनेर बाइबलले कसरी प्रदर्शित गरेको छ?
१७ प्रसिद्ध मानिसहरूको सम्मानमा मनाइने संसारमा अन्य दिवसहरू पनि छन्। अझ अरू दिवसहरू चाहिं, राष्ट्रहरू र सांसारिक सङ्गठनहरूको आदर र प्रशंसा गर्न मनाइन्छ। तर परमेश्वरद्वारा मात्र सम्पन्न हुने कार्यहरूकालागि मानिसहरू, वा मानवीय सङ्गठनहरूलाई उपासनापूर्ण आदर दिने वा भरोसा गर्ने कुराको विरुद्ध बाइबलले चेतावनी दिन्छ। (प्रेरित १०:२५, २६; १२:२१-२३; प्रकाश १९:१०; यर्मिया १७:५-७) अत: कुनै मानिस वा कुनै मानवीय सङ्गठनको प्रशंसा गर्ने दिवस मनाउने प्रवृत्ति परमेश्वरको इच्छासँग सामञ्जस्य राख्दैन, र साँचो मसीहीहरू त्यस्ता कुराहरूमा भाग लिदैनन्।—रोमी १२:२.
१८. (क) सम्मान र उपासनाकालागि मानिसहरूले कुन वस्तुहरू बनाएका छन्? (ख) कुनै वस्तुलाई उपासनापूर्ण सम्मान दिने कुरामा परमेश्वरको नियमले के भन्दछ?
१८ मानिसहरूले अनेक प्रकारका वस्तुहरू बनाएका छन् र तिनलाई आदर गर्न वा उपासना गर्न मानिसहरूलाई भनिन्छ। तिनीहरू मध्य कति धातुका र कति चाहिं काठका बनाइएका हुन्छन्। अरू कुनैचाहिं स्वर्ग वा पृथ्वीमा भएका कुनै वस्तुको तस्वीर कपड़ामा सिइएका वा बनाएका हुन्छन्। कुनै एउटा राष्ट्रले यस्तो कानून बनाएर भन्न सक्छ कि त्यस प्रकारको वस्तुलाई हरेकले आराधनापूर्ण सम्मान दिनु पर्छ। तर परमेश्वरका सेवकहरूले त्यस्तो गर्नु हुँदैन भनेर उहाँको नियमले भन्दछ। (प्रस्थान २०:४, ५; मत्ती ४:१०) यस प्रकारको परिस्थितिमा परमेश्वरका जनहरूले के गरेका छन्?
१९. (क) बेबिलनको राजाले के गर्न भनेर सबैलाई आदेश दिए? (ख) कसको उदाहरणलाई अनुसरण गर्नु मसीहीहरूकालागि उचित हो?
१९ प्राचीन बेबिलनमा नबूकदनेसर राजाले एउटा विशाल सुनको मूर्ति बनाएर सबैले त्यसका सामुन्ने निउरनु भनेर आज्ञादिए। उनले भने ‘जसले दण्वत् गर्नेछैन तिनीहरू उत्तिखेरै दन्केको आगोको भट्टीमा हालिने छन्।’ तीन जना यहूदीहरू, शद्रक, मेशक, अबेद्नगोले राजाको आज्ञा मान्न इन्कार गरे भनेर बाइबलले हामीहरूलाई भन्दछ। किन? किनभने यसमा उपासना समावेश थियो, र तिनीहरूको उपासना यहोवाको निम्ति मात्र थियो। तिनीहरूले जे गरे, परमेश्वरको नजरमा त्यो ग्रहणयोग्य थियो र त्यसकारण उहाँले राजाको क्रोधबाट तिनीहरूलाई बचाउँनु भयो। यथार्थमा, यहोवाका यी सेवकहरू राष्ट्रकालागि खतरा थिएनन् भन्ने कुरा नबूकदनेसरले बुझेको हुनाले तिनीहरूको स्वतंत्रताको रक्षाकालागि एउटा कानून बनाए। (दानिएल ३:१-३०) के तपाईं ती नौजवानहरूको वफादारीको प्रशंसा गर्नु हुन्न? परमेश्वरका सबैनै नियमहरू पालन गरेर तपाईं पनि वास्तवमा परमेश्वरको नया व्यवस्थाको पक्षमा हुनुहुन्छ भनेर के तपाईं प्रदर्शित गर्नु हुनेछ?—प्रेरित ५:२९.
२०. शैतानले कुन विभिन्न तरीकाहरू प्रयोग गरेर हामीहरूलाई यौन सम्बन्धी परमेश्वरले दिनु भएका नैतिक नियमहरू भङ्ग गराउने प्रयास गर्दछ?
२० नि:सन्देह, हामीहरूले परमेश्वरको सेवा गरेको शैतान चाँहदैन। हामीले उसको सेवा गरौं भनेर उ चाहन्छ। अत: हामीबाट उसले चाहेको जस्तो काम गराउने प्रयास गर्दछ, किनकि जसको आज्ञा हामी पालन गर्छौं उसैको सेवक हामी हुन्छौं भन्ने कुरा उसलाई थाह छ। (रोमी ६:१६) शैतानले अविवाहित व्यक्तिहरूका बीच मैथुनिक सम्बन्ध, साथै व्यभिचारलाई पनि प्रोत्साहन दिन टेलीविजन, सिनेमा, खास प्रकारका नाँच, र अनैतिक साहित्यहरू जस्ता अनेक प्रकारका तरीकाहरू प्रयोग गर्दछ। यस प्रकारको आचरणलाई ग्रहणयोग्य र उचित जस्तो देखाइन्छ। तथापि, यी आचरणहरू परमेश्वरका नियमहरूका विरुद्ध हुन् (हिब्रू १३:४; एफिसी ५:३-५) र यस प्रकारको आचरणमा संलग्न हुने व्यक्ति वास्तवमा शैतानको संसारको पक्षमा छ भनेर प्रदर्शित हुन्छ।
२१. अन्य अरू कुन् बानी लागेको व्यक्ति शैतानको संसारको पक्षमा छ भनेर प्रदर्शित हुन्छ?
२१ अरू अन्य बानीहरू पनि छन् जसलाई शैतानको संसारले लोकप्रिय बनाएको छ तर तिनीहरू परमेश्वरका नियमहरूका विपरीत हुन्। मतवालापन त्यस मध्य एउटा हो। अर्को बानी सुखविलासकालागि गाँजा, भाङ्ग, चरस जस्ता लागू द्रव्यका साथै सुर्तीको प्रयोग हो। यी चीजहरू शरीरकालागि हानिकारक हुन् र अस्वच्छ पनि हुन्। तिनको प्रयोग द्वारा हामीले “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट आफैलाई शुद्ध पारौं” भन्ने परमेश्वरको नियमको स्पष्ट उल्लङ्घन गरेको हुनेछ। (२ कोरिन्थी ७:१) धूम्रपानले गर्दा नजिक बसेर धूवाँ सास लिनु पर्नेहरूको स्वास्थ्यलाई पनि हानि हुन्छ। अत: यसबाट एउटा मसीहीले आफ्नो छिमेकीलाई प्रेम गर्नु पर्छ भन्ने परमेश्वरको नियमको पनि उल्लङ्घन हुन्छ।—मत्ती २२:३९.
२२. (क) रगतवारे बाइबलले के भन्दछ? (ख) रगत “खानु” र रगतसारी गर्नुमा किन कुनै अन्तर छैन? (ग) ‘रगतबाट अलग रहनु’ भनेको अर्थ आफ्नो शरीरमा बिल्कुलै नलिनु हो भनेर के ले प्रदर्शित गर्दछ?
२२ संसारको विभिन्न भागमा रगत खाने एउटा अर्को सामान्य चलन छ। राम्ररी रगत ननिकालिएको पशुहरूको मासु खान्छन अथवा रगत निकालेर रक्ती बनाएर खाने गर्छन्। तर परमेश्वरको वचनले रगत खान निषेध गरेको छ। (उत्पत्ति ९:३, ४; लेवी १७:१०) उसो भए, रगतसारीवारे के भन्ने? रगतसारी गर्नु रगत “खाए” बराबर होइन भनेर कसै कसैले तर्क गर्न सक्छन्। तर कुनै रोगीले मुखबाट भोजन खान नसक्दा रगतसारी जसरी गरिन्छ त्यसैगरी नै रोगीलाई खुवाउनु भनेर डाक्टरले सल्लाह दिदैंनन् र? बाइबलले हामीलाई “रगतबाट . . . अलग रहनु” भनेको छ। (प्रेरित १५:२०, २९) यसको के अर्थ हो? डाक्टरले तपाईंलाई रक्सी नखानु भनेको छ भने, त्यसको अर्थ मुखबाट चाहिं नखानू तर तपाईंको नसोबाट सोझै पठाए हुन्छ भनेको हो ता? कदापि होइन! त्यसै गरी, ‘रगतबाट अलग रहनु’ भनेको अर्थ तपाईंको शरीरमा कुनै तरीकाले पनि त्यसलाई नलिनु हो।
२३. (क) तपाईंले के निर्णय लिनु आवश्यक छ? (ख) तपाईंले लिनु भएको निर्णय के ले प्रदर्शित गर्ने छ?
२३ तपाईंले यहोवा परमेश्वरलाई देखाउनु परेको छ कि तपाईं उहाँको नया रीतिरिवाजको पक्षमा हुनुहुन्छ र यस संसारको भाग हुनुहुन्न। यसकालागि एउटा निर्णयको आवश्यकता पर्दछ। यहोवाको सेवा गर्न र उहाँको इच्छा पूरा गर्न तपाईंले निर्णय गर्नु आवश्यक छ। प्राचीन समयमा केही इस्राएलीहरू जस्तै तपाईं पनि अनिर्णीत मानिस हुनु भएन। (१ राजा १८:२१) याद राख्नु होस्, यहोवाको सेवा गर्नु भएको छैन भने, तपाईं शैतानको सेवा गर्दै हुनुहुन्छ। तपाईं भन्न सक्नु हुन्छ कि तपाईं परमेश्वरको नया रीतिरिवाजको पक्षमा हुनुहुन्छ, तर तपाईंको आचरणले के भनी रहेछ? परमेश्वरको नया रीतिरिवाजको पक्षमा हुनुको अर्थ, परमेश्वरले भर्त्सना गर्नु भएको र उहाँको न्याययुक्त नया रीतिरिवाजमा नहुने सबैनै अभ्यासहरूबाट अलग रहनु हो।
[पृष्ठ २०९-मा भएको चित्र]
त्यो कुन संसार हो जसकालागि येशूले प्रार्थना गर्नु भएन र जसको भाग उहाँका चेलाहरू होइनन्?
[पृष्ठ २११-मा भएको चित्र]
बाइबलमा झूटो धर्मको प्रतीक एउटी मद्यप वेश्या हो र उ चढ़ेकी जनावरले विश्व सरकारलाई प्रतिनिधित्व गर्दछ
छाड़ा जीवन शैतानको संसारको एउटा विशेषता हो। लोभी व्यापारिक व्यवस्था पनि त्यसको एउटा प्रमुख भाग हो
[पृष्ठ २१३-मा भएको चित्र]
येशूको जन्मदिनमा चरवाहाहरू आफ्नो भेड़ाहरू लिएर बाहिर मैदानमा रात बिताइ रहेका हुनाले, येशूको जन्म दिसम्बर २५ तारिखको दिन हुन सक्दैन
[पृष्ठ २१४-मा भएको चित्र]
परमेश्वरका सेवकहरूले एउटा राजा द्वारा स्थापित प्रतिमाको उपासना गर्न इन्कार गरे। त्यस्तै परिस्थितिमा तपाईं के गर्नु हुनेछ?