गीत ४१
युवावस्थामै यहोवाको उपासना गर
छापिएको संस्करण
१. अमूल्य छौ तिमी छोराछोरी;
याहको आँखाको नानी तिमी।
कत्ति तिम्रो चासो राख्छन् उनी;
चलाउँदै परिवार अनि साथी।
२. गर मान प्यारो आमाबाबुको;
कहिल्यै नदुखाऊ चित्त तिनको।
अनुग्रह या’को पायौ भने;
बित्छ जवानी सुखै सुखले।
३. नबिर्स याहलाई जवानीमा;
बढ्दै जाऊ अघि सत्यको प्रेममा।
समर्पणको अर्थ साकार पारी;
बनाऊ हाम्रा राजा या’लाई खुसी।
(भज. ७१:१७; विला. ३:२७; एफि. ६:१-३ पनि हेर्नुहोस्)