येशूको जीवन र सेवकाई
जायरसको घर छाड़ेर, फेरि नासरत तर्फ लाग्नुभएको
दिन भरि येशू व्यस्त हुनु हुन्थियो —डेकापोलिस बाट समुद्री यात्रा गर्दै आउनु भए पछि, रगत बग्ने रोग भएकी स्त्रीलाई निको पार्नु भएर जायरसकी छोरीलाई पुनरूत्थान गराउनु भयो। तर यतिमा उहाँको दिन समाप्त भएको छैन। जायरसको घर बाट निस्कनु भए पछि, उहाँको पछि पछि दुइ जना अन्धो मानिसहरू लाग्छन् र एसो भन्दै कराँउछन्: “दाऊदको पुत्र, हामी माथि कृपा गर्नुहोस्।”
येशूलाई “दाऊदको पुत्र” भनेर सम्बोधन गर्दै, यी दुइ अन्धोहरूले, दाऊदको सिंहासनको उत्तराधिकारी येशू हुनुहुन्छ र उहाँ नै प्रतिज्ञा गरिएको मसीहा पनि हुनुहुन्छ भन्ने आफ्नो विश्वास प्रकट गर्छन्। तर शायद तिनीहरूको धैर्य जाँच गर्नका लागि होला, येशूले तिनीहरूको पुकारा न सुनेको जस्तो गर्नु हुन्छ। तर ती दुइ जना मानिसहरू पछि हट्दैनन्। तिनीहरू येशूलाई पछ्याउदै, उहाँ बस्नु भएको ठाउँ सम्म जान्छन्। येशू घर भित्र पस्नु भएको देखेर, तिनीहरू पनि, उहाँको पछि-पछि, भित्रै पस्छन्।
त्यहाँ येशूले तिनीहरूलाई यो प्रश्न गर्नुहुन्छ: “म तिमीहरूका निम्ति यो गरी दिन सक्छु भनेर के तिमीहरू विश्वास गदर्छौ?”
“गर्दर्छौं प्रभु।” भनेर तिनीहरूले निश्चित् जवाब दिन्छन्।
येशूले तिनीहरूका आँखा छुनु हुँदै, एसो भन्नु हुन्छ: “तिमीहरूका विश्वास अनुसार तिमीहरूलाई होस्।” अचानक तिनीहरू देख्न सक्छन्! त्यस पछि, येशूले तिनीहरूलाई यो कड़ा आज्ञा गर्नुहुन्छ: “यो कुरा कसैलाई पनि थाह न होस्।” तर आनन्दले विह्वल भएर, तिनीहरूले येशूको आज्ञाको वास्ता गर्दैनन् र उहाँको विषयमा जता-ततै कुरा गर्छन्।
यी दुइ जना जाना साथै, मानिसहरूले येशूको सामने भूत लागेको एक जना मानिस ल्याउँछन्। प्रेतको आक्रमणले गर्दा यो मानिस गुङ्गा भएको हुन्छ। येशूले प्रेत धपाइ दिनु हुन्छ र त्यो मानिस बोल्नु थाल्छ। यी चमत्कारहरू देखेर भीड़ चकित् भएर एसो भन्छन्: “इस्राएलमा यस्तो पहिला कहिल्यै देखिएको थिएन।”
त्यहाँ फरीसीहरू पनि उपस्थित् छन्। तिनीहरूले यी चम्त्कारहरू अस्वीकार गर्नु सक्दैनन् तर आफ्ना दुष्ट अविश्वास प्रकट गर्दै तिनीहरू एसो भन्छन्: “भूतहरूका मालिक द्वारा त्यसले भूत निकाल्दछ।”
यी घटनाहरूका केहि समय पश्चात्, येशू आफू हुर्कनु भएको शहर, नासरतमा फर्कनु हुन्छ। यस पटक उहाँका चेलाहरू पनि उहाँ सँग सँगै हुन्छन्। प्राय एक वर्ष अघि, त्यहाँका सभाघरमा जानु भएर उहाँले शिक्षा दिनु भएको थियो। शुरूमा त्यहाँका मानिसहरू उहाँका मिठा वचन सुनेर प्रभावित भएता पनि, पछि, उहाँका शिक्षा सँग अप्रसन्न भएर तिनीहरूले उहाँलाई मार्न खोजेका थिये। तर अब, दयापूर्ण भावना व्यक्त गर्दै, येशूले आफ्ना पुराना छिमेकीहरूलाई फेरि मदद दिने कोशिश गर्नु हुन्छ।
अरू ठाउँहरूमा त येशू कहाँ मानिसहरूको भीड़ जम्मा हुन्छ। तर यहाँ त्यस्तो हुँदैन। यसकारण, विश्रामको दिनमा, येशू सभाघरमा शिक्षा दिन जानु हुन्छ। उहाँका कुरा सुन्ने धेरै जसो छक्क पर्दै, यो प्रश्न गर्छन्: “यिनलाई यो बुद्धि र शक्तिको काम कहाँ बाट प्राप्त भयो? के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम, र यिनका भाइहरू याकूब, यूसुफ, शिमोन र यहूदा होइनन् र? औ के यिनकी बहिनीहरू सबै हामीहरू सित छैनन् र? यिनलाई चाँहि यी सबै कुरा कहाँ बाट प्राप्त भयो?”
‘येशू हामीहरू जस्तै यहाँको एक जना साधारण मानिस हो। यो मानिस हुर्केका देख्यौं र यिनका परिवारलाई हामी राम्रो सँग चिन्दछौं। यो मानिस मसिहा कसरी हुनु सक्छ?’ भन्दै तिनीहरू आपसमा तर्क गर्छन्। यसकारण, त्यतीका बुद्धि र चमत्कारहरूको प्रमाण हुँदा हुँदै पनि, तिनीहरूले उहाँलाई अस्वीकार गर्छन्। उहाँका आफ्नै सम्बन्धीहरूले पनि, उहाँलाई नजिक बाट चिनेको हुनाकारण, उहाँ माथि विश्वास गर्दैनन्। जसले गर्दा, येशू यो निष्कर्षमा पुग्नु हुन्छ: “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।”
हो, तिनीहरूको विश्वासको अभाव देखेर येशू छक्क पर्नु हुन्छ। यसकारण, त्यहाँका केहि बिरामी मानिसहरू माथि हात राख्नु भएर निको पारि दिनु बाहेक, उहाँले अरू कुनै चमत्कार गर्नु हुँदैन। मत्ती ९:२७-३४; १३:५४-५८; मर्कूस ६:१-६; यशैया ९:७
◆ ती दुइ अन्धो मानिसहरूले, येशूलाई “दाऊदको पुत्र” भनेर सम्बोधन गर्दै, कुन कुरोमा विश्वास प्रकट गर्छन्?
◆ फरीसीहरूले येशूका चमत्कारहरू बारे के भन्छन्?
◆ नासरतका मानिसहरूलाई मदद दिनको निम्ति येशू फेरि नासरतमा फर्कनु किन एउटा दयावन्त कुरा हो?
◆ नासरतका मानिसहरूले येशू प्रति के प्रतिकृया देखाउँछन् र किन? (w87 7/1)