प्रतिज्ञा गरिएका देशका केहि दृश्यहरू
यहूदाको उजाड़ स्थान बाँझो तर मुग्ध पार्ने
प्रतिज्ञा गरिएको देशमा, यहूदाको उजाड़ स्थान कस्तो थियो होला भनि, के तपाईं कल्पना गर्नु हुन्छ? कसै-कसैको विचारमा, त्यो एउटा विशाल र घना जङ्गल थियो। अरूहरूको कल्पना अनुसार, सहारा मरू-भूमी जस्तै, त्यो बालुवै बालुवाले ढाकिएको ठूलो इलाका थियो।
माथि दिएको तस्वीर अनुसार, ती दुवै कल्पना, यो उजाड़ स्थानको वस्तविकता सँग मिल्दैन। यहाँ तपाईंले यो उजाड़ स्थानको त्यो भाग हेर्नु हुँदैछ जुन भाग येशू सँग सम्बन्धित् छ। परम्परा अनुसार, यही पर्वतको चोटी बाट येशूलाई शैतानले “संसारका सबै राज्यहरू” देखाएको थियो। यो पर्वत, उजाड़ स्थानको एक छेउमा छ र यहाँ बाट पूर्व तिर, यरदन उपत्यकामा, खजुरका रूखहरूले सुसज्जित यिरीहो शहर देख्न सकिन्छ।—मत्ती ३:१; ४:१-११.
यो उत्तर-पूर्वीय क्षेत्र देखिन्, यहूदाको उजाड़ स्थान, डेड-सी अथवा समुद्रको पश्चिमी सीमा भएर, तल सम्म फैलिएको छ। यो इलाकाको सही कल्पना गर्न चाहनु हुन्छ भने, यहोवाको साक्षीहरूका १९८९ का क्यालेन्डरको खोलमा दिइएको भूचित्र हेर्नुहोस्। (त्यो क्यालेन्डरमा माथि दिइएको तस्वीर ठूलो आकारमा, पाउनु हुनेछ।) यो उजाड़ स्थान (प्राय १० देखिन् १५ मिल चौड़ा) यहूदियाका पहाड़हरूको पूर्वीय ओह्रालोमा छ र तल डेड-सी अथवा समुद्रको किनार सम्मै पुग्दछ।
भूमध्यसागर बाट आउने धेरै जसो पानि र बाफलाई यी पर्वतहरूले छेक्छन्। यसकारण, पूर्व पट्टिका नरम खरीमट्टी भएको भागमा, नवेम्बर र दिसम्बर महिनामा मात्र थोरै पानी परने गर्छ। यस बाहेक, यो इलाकाले अरू बेला धेरै पानि पाउँदैन। पानि परेको बेलामा, यहाँ घाँस पलाउँछ जसले गर्दा त्यहाँ भेड़ाहरूको बगाल चर्न पाउँछन्। यसर्थ, १ शमुएल २४:३ मा उल्लेखित् “भेंड़ा गोठालोहरूका गुफा” यस इलाका सँग मिल्ने कुरो हो।
यहाँ पलाएको घाँस धेरै दिन सम्म रहन्दैन। मरूभूमि बाट आउने पूर्वीय बतासले चाँड़ै ती हरियो पाखालाई सुखा र खैरो पारिदिन्छ। अब हामी अगमवक्ताले गर्नु भएको यो टिप्पणी राम्रो सँग बुझ्नु सक्दछौं: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८; १ पत्रुस १:२४, २५
शायद, यो पद बारे येशूले, उहाँ त्यो उजाड़ स्थानमा ४० दिन र ४० रात बिताउनु हुँदा, सोच्नु भयो होला। चर्को घामको ताप मुनि, त्यहाँका रूख नभएका चट्टानहरू र घाटहरूमा, येशूले के अनुभव गर्नु भयो होला, एसो सोच्नु होस्। (यशैया ३२:२) पछि “स्वर्गदूतहरूले आएर उहाँको सेवा टहल” गर्नु कति उचित कुरा थियो!—मत्ती ४:१-११.
त्यहाँको बाँझोपना र बासिन्दाहरूको अभावको कारण, यहूदियाको उजाड़ स्थानलाई अकसर एउटा शरण स्थानको रूपमा प्रयोग गरिन् थियो। क्रोधित् राजा शावल बाट भागेर हिड़दा, दाऊदले त्यहाँ नै गएर शरण लिएका थिये र “पानी नभएको ओबानो र बाँझो जमीन” भन्दै तिनले त्यस स्थानको बयान गरे। (भजन संग्रह ६३:१ र त्यस माथि दिएको शिर्षक; १ शमुएल २३:२९) केहि समयका लागि उनी एउटा गुफामा लुके। जुन प्रकारको गुफा आज वादी-खारैटुनमा (बेतलेहेमको पूर्व देखिन् डेड-सी सम्म पुग्ने उपत्यका) पाईन्छ। यो गुफालाई उम कताफा गुफा भन्छन्। (हिब्रु ११:३२, ३८) यो गूफा बाट तल तिर हेर्दा, दाहिने तर्फ आज पनि केहि काला भेंड़ाहरू हरियो परियो खोजी हिड़ेको देखिन्छ।
दाऊद एन-गेडीको एउटा गूफामा थिये जब शावल पनि त्यहाँ भित्र दिसा बस्न पसे। दाउदले सावलको वस्त्रको एक छेउ काटेता पनि, उनले “यहोवाका अभिषिक्त जन” माथि हात उठाएनन्। केहि छिन् पछि, दाऊदले डाँड़ा बाट शावल राजालाई पुकारे। शायद, त्यती बेला शावल तल तिर, हरियो झ्याङ्गहरू बीच पुगी सकेका थिये होलान्। (१ शमुएल २४:१-२२) तर तपाईं सोध्नु होला, त्यहाँ ‘हरियो झ्याङ्गहरू’ कहाँ बाट आयो?
कुरा के हो भने, प्रशस्त पानी भएको बेलामा, यो उजाड़ स्थान पनि सुन्दर हुनु सक्दछ। यसको एउटा उदाहरण एन-गेडी हो। त्यहाँका छिद्रमय चट्टानहरू बाट पानी, झरनाहरू र फुहाराको रूपमा, बहेर, डेड समुद्रको पश्चिमी किनारा सम्म पुग्ने यो एन-गेडीको उपत्यकामा आँउछन्। यसले गर्दा यो उपत्यका हरियो जङ्गल हुन्छ। तपाईं त्यहाँ जानु भयो भने, प्रशस्त मात्रमा धेरै प्रकारको फल-फूलहरू पाउँनुहुनेछ। यस बाहेक, त्यहाँ पहाड़ी बाख्राहरू र अन्य जीव-जन्तु पनि देख्नुहुनेछ। यो इलाकामा चितुवा पनि पाईन्छ!—१ शमुएल २४:२; श्रेष्ठ गीत १:१४.
यहूदाको उजाड़ स्थान पनि कुनै बेला यसरी लहलह हुनु सक्छ भन्ने कुरो द्वारा, इजकिएल अगमवक्ताले देख्नु भएको, यरूशलेमको मन्दिर बाट पानी बगेको दर्शन हामी राम्रो सँग बुझ्नु सक्नेछौं। त्यो दशर्न अनुसार, पानी पूर्व तिर, तल यहूदियाको उजाड़ स्थान सम्म बगदै जाँदा, एउटा ठूलो खोला हुन्छ। र यसको परिणाम के हुन्छ? इजकिएलले एसो भनेर लेख्नुभएकोछ: “नदीका दुवै किनारमा अनेक किसिमका खानु हुने फलका रूखहरू उम्रनेछन्। तिनीहरूको फल खानको निम्ति र तिनीहरूका पातहरू चाँहि आरोग्यको लागि हुनेछन्।” त्यो पानी डेड समुद्रमा पनि बग्छ र त्यहाँका निर्जीव पानीहरलाई पनि निको पारि दिन्छ।—इजकिएल ४७:१-१२; यशैया ३५:१, ६, ७.
यसकारण, यहूदाको उजाड़ स्थान धेरै जसो उजाड़ र सुखा भएता पनि, त्यहाँ रमाइलो विभिन्नताहरू पाईन्छ र ती कुराहरू बारे बाइबलका उल्लेखहरूमा अकसर पढ़ने मौका पाउँदछौं।—लूका १०:२९-३७. (w89 11/1)