के हामीले फेरि तिनीहरूलाई देख्नेछौं?
“तिमीले हामीलाई सधैंको निम्ति अचानक छाड़ेर गयौ। तिम्रो मृत्युले हामीमा जतिनै गहिरो चोट पारेको भयेता पनि, हाम्रा हृदयमा तिमी सधैंनै हुनेछौ। तिमी सँग बिताएका ती आनन्दमय सालहरू हामी कहिले पनि बिर्सने छैनौं। तिमी सँग फेरि एक दिन भेट गर्ने आशा गरिनै रहनेछौं।
लक्सेमबर्गको ग्रेण्ड डचीमा, बाँचीरहेका परिवारहरू र मित्रहरूले आफ्ना प्रिय जनको मृत्यु पश्चात अकसर यस प्रकारका भावनाहरू अखबारहरूमा छपाउँने गर्छन्। तर त्यहाँ मात्र होइन, अन्य जनहरूका हृदयमा पनि, संसार भरि, यस प्रकारका भावनाहरू उठदछन्। मीठा मीठा समझनाले भरिएका भावनाहरू, घोर अभाव र नैराश्यपूर्ण विचारहरू र अनिश्चयमा रङ्गीएका आशाहरू। यो शायद तपाईंले आफैले पनि अनुभव गर्नु भएको होला अथवा कुनै मित्रले उसको एउटा प्रिय-जनको मृत्य पश्चात् यस प्रकारका भावनाहरू तपाईं सँग आएर व्यक्त गरेको होला।
धेरै जसो मानिसहरूका लागि, आफ्ना प्रिय मरेका जनहरू सँग फेरि भेट गर्ने आशा अनिश्चित् र अस्पष्ट छ। यसका कारणहरू पनि सफा छन्। सर्व प्रथम, यस विषयमा जानकारी लिन आजकल कति जनाले समय निकाल्छन् र? र कसैले जानकारी लिने कोशिश गरेतापनि, यस विषयमा धेरै जसो धर्महरूले या त अस्पष्ट अथवा पत्यारै नलाग्ने खालका जवाबहरू दिन्छन्।
तपाईंलाई शायद थाहै होला कि कसै कसैको विचारमा मरेर जाने व्यक्तिहरूको भविष्य तिनीहरूका परिवारहरू हुन्। अथवा, तिनीहरू आफ्ना ‘छोरा छोरीमा’ बाँच्छन्। तर के यस प्रकार ‘बाँचेर’ त्यो मरेका मानिसले व्यक्तिगत रूपमा केहि खास लाभ उठाउनु सक्छ र? अथवा, यो विचार अनुसार, बाँचेका मानिसहरूले फेरि तिनीहरूलाई देख्ने आशा गर्न सक्छन् र? पटक्कै सक्दैनन्! यस कारण, यस प्रकारको विचार द्वारा केहि विशेष सान्त्वना पाउन सकिन्दैन!
दुवै मरीसकेका र बाँचीरहेका आफ्ना प्रिय जनहरूमा हाम्रो चासो छ भने, यी प्रश्नहरूको जवाब पाउन अति आवश्यक छ: हामीले प्रेम गरेका कुनै व्यक्तिको मृत्यु भएमा, के हामी फेरि उ सँग भेट गर्न सक्छौं? सक्छौं भने, कहाँ र कहिले? स्वर्गमा? अथवा यहीं पृथ्वीमै? मरेर गएका हाम्रा प्रिय जनहरू र हाम्रा निम्ति भविष्यमा के आशा छ?
सफा कुरा गर्ने हो भने, यी प्रश्नहरू सँग खुशीको समाचार जोड़िएको छ। खुशीको समचार हो, किन भने यसमा एउटा निश्चित् र उल्लासमय आशा छ। यो एउटा समाचार हो, किनभने विभिन्न धर्महरू र अन्य स्रोत बाट सुन्दै आएका कुरा भन्दा यो सम्पूर्णतया बेग्लै छ।
ई. स. प्रथम शताब्दिमा, मसीही प्रचारक पावलले ग्रीस देशको ऐथेन्स शहरमा मरेकाहरूका लागि शास्त्रमा दिइएको आशा बारे कुरा गर्नु भयो । सुन्ने व्यक्तिहरू मध्य कुनै कुनैले यस बारे अझ बुझने उत्सुक्ता देखाए तर कतिले चाहिं घृणा व्यक्त गरे। त्यहाँका कुनै-कुनै दार्शनिकहरूले पावल सँग एसो भन्दै विवाद गर्न चाहे: “यस बकबकेले के भन्दछ?” अरूहरूले चाँहि पावललाई “‘अनौठा देवहरूको विषयमा सिकाउने’” मानिस भनी ठाने, किनभने तिनले उनीहरूलाई येशूको र पुनरूत्थानको सुसमाचार प्रचार गर्थे।” (प्रेरित १७:१८) हो, पावलले प्रचार गर्नु परेको सुसमाचारमा पुनरूत्थानको कुरा पनि समावेश थियो!
भविष्यमा हुने पुनरूत्थान—अथवा मरेकाहरू सँग फेरि भेट गर्ने कुरा प्रति तपाईं कुन दृष्टिकोण अपनाउनु हुनेछ? के तपाईंले यसलाई व्यर्थको बकबक ठान्नु हुनेछ? अथवा, तपाईंलाई केटा-केटी छँदा देखिन् दिइएको धार्मिक शिक्षा र आफ्नो व्यक्तिगत विचारहरूले गर्दा, मरेकाहरूका निम्ति शास्त्रमा दिइएको आशा, के तपाईंको निम्ति नया र ‘अनौठो देवहरू’ बाट आइरहेको शिक्षा जस्तो लाग्छ?
पावललाई एथेन्सका मानिसहरूले एसो भने: “तिमीले हामीलाई अनेक अनौठा कुराहरू सुनाउँछौ। यसकारण, यी कुराको मतलब के हो सो हामी जान्न चाहन्छौं।” (प्रेरित १७:२०) के तपाईं पनि, हाम्रा मरेकाहरूका निम्ति र हामी जीवित्हरूका निम्ति बाइबलमा दिइएको आशा बारे अझ सिक्न इच्छुक हुनु हुन्छ? हुनुहुन्छ भने, अउँदो लेख तपाईंको लागि चासो युक्त हुनेछ। (w89 6/15)