प्रतिज्ञाका देशका केही दृश्यहरू
जोप्पा—प्रख्यात् प्राचीन बन्दरगाह
प्राचीन इस्राएलमा एउटा लामो, बालुवै बालुवाले भरेको समुद्रको किनार थियो। तापनि, इस्राएलीहरू नाविक् व्यवसायि मानिसहरूका रूपमा प्रख्यात् थिएनन्। यस्को एउटा कारण, त्यहाँको समुद्रको किनारको बनौट हुनसक्दछ।
नील नदीले समुद्र तिर बगाएर लगेको बालुवा, इस्राएलको किनार भरि थियो र ठाँउ-ठाँउमा बालुवाको ढिस्कोहरू पनि उठेको देखिन् थियो। मिस्रको सिमाना देखिन् मास्तिर समुद्र भ्रमण गर्दै इस्राएलको किनार तिर जाने हरूले, कार्मेल पर्वतको दक्षिण पट्टि कुनै विशेष प्राकृतिक् बन्दरगाह पाउने थिएनन्।
तर इस्राएली किनारको बिचमा पुग्नु भए पछि, तपाईंले एउटा सानो पर्वत माथि जोप्पा नामक् शहर देख्नु हुने थियो। नक्सामा चित्रित गरिए झैं, किनार छेउका चट्टानहरू एक ठाउँमा जम्मा भएर एउटा सानो बन्दरगाहको सृजना भएको थियो। यो बन्दरगाह, अझ माथि उत्तर, एक्रको (टोलेमेस) बन्दरगाह जतिको राम्रो न भएता पनि, यसले जोप्पालाई प्रख्यात् बनायो। (प्रेरित् २१:७) हेरदले सिजरियामा एउटा कृत्रिम बन्दरगाह नबनाउञ्जेल्, सारा किनारमा, जहाजहरूका लागि जोप्पा नै सबै भन्दा राम्रो अड्डा थियो। र यसले हामीलाई, बाइबलमा जोप्पा सम्बन्धित् लेखिएका कुराहरू बुझने मदद् दिनेछ।
सुलेमानलाई मन्दिरको निर्माणका लागि, टायरको राजा हिरामले मदद् गर्ने इच्छा प्रकट गर्दा एसो भने: “सबै काठ हामी लेबानोनमा ढाल्नेछौं, र मूढ़ाहरू बाँधेर जोप्पाको बाटो सम्म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिं त्यहाँ बाट यरूशलेम सम्म लाने बन्दोबस्त मिलाउनुहोला।” (२ इतिहास २:१, ११, १६) काठका यी मूढ़ाहरू, फिनिस्यिका टायर अथवा सिडोनका बन्दरगाह बाट रवाना हुन् थियो होला। (यशैया २३:१, २; इजकिएल २७:८, ९) देवदारका काठका ती मूढ़ाहरू कार्मेलको बाटो हुँदै, जोप्पामा बगेर आइपुग थिये। त्यहाँ बाट ३४ माईल दक्षिण र दक्षिण-पूर्व, यरूशलेम तिर, ती देवदारहरू लैजान सकिन् थियो। देशनिर्वासन पछि फर्कि आउने यहूदीहरूले मन्दिरको पुनर्निमाण गर्दा पनि, देवदारका काठ जम्मा हुने बन्दरगाह जोप्पा नै थियो।—एज्रा ३:७
शायद, काठहरू सँग पठाइएका कारिगरहरू चाहिं फिनिस्याका जहाजहरूमा चढ़ेर आउने गरथिये। नक्सामा फिनिस्याको जहाज चित्रित गरिएको छ। ध्यानपूर्वक यो जहाजलाई हेर्नु होस् र यहोवाले योनालाई निनवेमा प्रचार गर्न खटाउनु भए पछि, योना अर्को बाटो लागरे भागेको कुरा समझनु होस्। “[योना] जोप्पा शहरमा पुगे, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए, औ भाड़ा दिएर तिनी [यहोवाको] सामने बाट भागेर जानलाई तिनीहरू सित तर्शीश जानलाई त्यसमा चढ़े।—योना १:१-३
शायद जोप्पा देखिन् तर्शीश (सम्भवत आधुनिक स्पेन) सम्मको लामो यात्रामा माल बोकेर जान सक्ने जहाजमै योना पसेको हुनु पर्छ। यो जहाजको अल्गो, खोपेर बनाएको अघिल्लो हिस्सामा ढुङ्गाको लङ्गर झुण्डाएको हुन् थियो। नक्सामा देखाएको नमुनामा न भएता पनि, डेक माथि केही यात्रीहरू, जहाज खियाउनेहरू र माल-सामान राख्ने ठाउँ थियो। डेक मुनि अझ सामान राख्ने ठाउँ थियो र त्यहाँ नै योना पनि सुत्नु गएको हुनु पर्छ। जहाज बलियो जुनिपर काठको फल्याकले बनिएको हुन् थियो र देवदारको मस्तुलले जहाजको ठूलो सुतीको पाललाई थाम्ने काम गर थियो। जहाजको दुवै पट्टि, लामो-लामो डाँड़ीहरू पंन्क्ति बद्ध रहेको हेर्नुहोस्। (सम्भवत: यी डाँड़ीहरू बाशानका बज्राँठका काठले बनिएको हुनु पर्दछ।) अब यो जहाज समुद्रमा हिंड़ि रहेको बेलामा ठूलो आँधी-बेरी आएको कल्पना गर्नु होस्। मल्लाहहरूले आ-आफ्नो देवताहरूलाई पुकारेको र आखिरमा आफ्नो प्राण बचाउनका लागि, योनालाई समुद्र भित्र फालि दिएको आवाज सुन्नु होस्।—इजकिएल २७:५-९; योना १:४-१५
प्रथम शताब्दीको जोप्पामा, मसीहीहरूको एउटा मण्डली थियो र त्यहाँका धेरै जना मसीहीहरू शायद बन्दरगाहमा काम गरथिये होलान् अथवा कुनै बेला जहाजका मल्लाहहरू भएर काम गरेका हुनु सक्थिये। यो प्रचलित् बन्दरगाहको मण्डलीमा एउटी सदस्य, यहूदी स्त्री डरकास (तबीथा) थिइन। “तिनी असल काम गर्न र दान पुण्यमा निपुण थिइन्।” ई.स.३६ सालमा डरकास बिरामी परेर मरीन् औ उनले गरेको असल कार्यहरू समझेर धेरै जना रून लागे। उनकी सङ्गी मसीहीहरूले लिड्डाबाट (तेलाबिवको हवाई अड्डा निरको आधुनिक लोड) प्रेरित पत्रुसलाई बोलाएर जोप्पामा ल्याँउछन्। यहाँ, पत्रुसले त्यो प्यारी बैनीको पुनरूत्थान गराउँनु हुन्छ र यो चमत्कार “सारा जोप्पा भरि जाहेर भयो र धेरैले विश्वास” गर्नलागे।—प्रेरित् ९:३६-४२
पत्रुस जोप्पामा केही समयकालागि, छाला रङ्गाउने सिमियन नामक मानिसको घरमा बस्नु भयो। जोप्पा मै बस्नु भएको बेलामा पत्रुसले त्यो दर्शन पाउनु भयो र यसैले गर्दा, जोप्पाका केही भाइहरू लग्नु भएर समुद्र किनारको बाटो हुँदै, उत्तर, सिजरियाको नया बन्दरगाह तिर जानु भयो। त्यहाँ पत्रुसले रोमी सैनिक अफसर, कर्नीलियसलाई प्रचार गर्नु भयो र बप्तिस्मा पनि दिनु भयो। कर्नीलियस खतना नभएका अन्यजातिहरू बाट पवित्र आत्मा द्वारा अभिषिक्त हुने प्रथम व्यक्ति हुनु भयो। (प्रेरित ९:४३-१०:४८) मसीही इतिहासको यो ठूलो घटनाको समाचार लिएर भाइहरू जोप्पामा फर्के पछि त्यहाँ जोप्पामा कति हर्ष मनाए होलान्!
आज जोप्पा आधुनिक् तेलाबिव-जाफाको एउटा भाग भएको छ र जोप्पाको भ्रमण गर्न अहिले पनि धेरै मानिसहरू जाने गर्छन्। यो प्रख्यात् बन्दरगाहमा घटेका बाइबल सम्बन्धी घटनाहरूको कल्पना त्यहाँ जाने दर्शक्हरूले गर्न सक्दछन्। (w89 9/1)