राज्य प्रचारकहरू रिपोर्ट गर्दछन्
स्कूलमा—आत्मिक तवरमा भोकाएकाहरूको भोक मेटाउने
“धन्य हो आत्मामा दरिद्र हुनेहरू [आफ्नो आध्यात्मिक आवश्यकताहरू बारे चेतनशील हुनेहरू, न्यु व०]।” उक्त कुरा येशूले डाँडाको उपदेशमा भन्नु भएको थियो। (मत्ती ५:३) स्कूलका थुप्रै केटा-केटीहरूले परमेश्वरको ज्ञान र उहाँका अद्भुत उद्देश्यहरूबारे सिक्ने ठूलो चाहना गर्छन्। जीवनसम्बन्धी प्रश्नहरूको उत्तर र परमेश्वरलाई प्रसन्न पार्न र आफू पनि खुशी हुन सक्ने जीवन पद्धति तिनीहरू जान्न चाहन्छन्। यो वास्तविकता ब्रिटिश वर्जिन टापुहरूको एउटा स्कूलमा प्रष्टै देखियो। त्यहाँ बस्ने यहोवाका एकजना साक्षी यसो भन्छन्:
▫ “स्थानीय स्कूलमा अभिभावकहरू र शिक्षकहरू बीच भएको एउटा सभामा उपस्थित हुन म गएको थिएँ। त्यहाँ, लागू पदार्थ, मतवालापन, केटा-केटीहरू जोडी मिलाएर घुमफिर गर्न जाने, टेलिभिजन हेर्ने र विद्यार्थीहरूको शैक्षिक उपलब्धि जस्ता अन्य विषयहरूमाथि निकै नै छलफल गरियो। अतः मैले यङ्ग पिपल आस्क—आन्सर्स द्यात वर्क भन्ने पुस्तक लगेर प्रधान शिक्षिकालाई उपहारको रूपमा दिने फैसला गरें। तिनले यस पुस्तकको राम्ररी जाँच गरी सकेपछि भनिन् कि यो त तिनीहरूलाई ठीक चाहिएकै कुरा परेछ। यसकारण स्कूलले आफ्नो १२० जना विद्यार्थीहरूका लागि यस पुस्तकको एक-एक प्रति उपलब्ध गराउन सकिन्छ कि भनेर तिनले सोधिन्। यस विषयमा मण्डलीका प्राचीनहरूसित छलफल गरियो र तिनीहरूले ती पुस्तकहरू स्कूललाई सित्तैमा दिने फैसला गरे। यो कुरा स्कूलमा सुनाइ दिंदा ती पुस्तकहरू सोझै विद्यार्थी मण्डललाई नै दिनु भनी शिक्षकहरूले हामीसित अनुरोध गरे। सो गर्न दुई जना साक्षीहरू गए र तिनीहरूको बाटो हेरेर बसेका विद्यार्थीहरूले कोठा भरिभराव थियो। ती विद्यार्थीहरूसित भाइहरूले करीब आधा घण्टासम्म कुरा गरे। साथै, जवान र वृद्ध दुवैले यस पुस्तकबाट मदत पाएका अनुभवहरू वाच टावर सोसाइटीका पत्रिकाहरूबाट पढेर सुनाइयो। यसपछि ती इच्छुक विद्यार्थीहरूलाई पुस्तकहरू दिइयो।”
आनन्दको कुरा के हो भने चौथो र पाँचौं कक्षाहरूमा पढाइने विषय-सामग्रीमा यस पुस्तकलाई सम्मिलित गराउने फैसला स्कूलले गरेको छ। यसबाट निश्चय नै जीवन र भविष्यबारे सोधिने थुप्रै प्रश्नहरूको जवाफ ती विद्यार्थीहरूले पाउने छन्।
पापुवा न्यु गिनीमा—आध्यात्मिक कुराहरूका लागि भोकाउनेहरूको भोक मेटाउने
तल दिइएको अनुभव एकजना परिभ्रमण निरीक्षकबाट पाइएको थियो। यस देशका मानिसहरू आध्यात्मिक कुराहरूका लागि कति साह्रो भोकाएका छन् र तिनीहरूको भोक मेटाउन बाइबलमा आधारित हाम्रा प्रकाशनहरू कति सफल भइरहेछन् भन्ने कुरा यस अनुभवबाट देख्न सकिन्छ।
▫ निरीक्षक भन्छन्: “काम्बराटोरो गाउँ जान असमर्थ भएको हुनाले, वानिमो भन्ने ठाउँको सानो मण्डलीसित काम गर्दै मैले समय बिताएँ। चासो देखाउने मानिसहरू त्यहाँ निकै छन्। बेवानीबाट आएका थुप्रै मानिसहरूले पनि हाम्रा प्रकाशनहरू स्वीकार गरे। त्यस गाउँमा गएर मानिसहरूसित भेटघाट गर्न त्यहाँका एकजना व्यक्तिले मलाई निम्ताए। त्यहाँ बस्ने प्रबन्ध पनि तिनले नै गरी दिन्छु भने। थुप्रै मानिसहरू हाम्रा प्रकाशनहरूसित परिचित छन्। वानिमोको शहरमा हामीले आफूसित तीन तीन बाकस पुस्तकहरू लगेर जाँदा पनि, ती कहिले पुग्दैन। सबै नै वितरण हुन्छन्। माइ बुक अफ बाइबल स्टोरिज भन्ने पुस्तक सुन जति कै मूल्यवान ठानिन्छ। मानिसहरू त्यसको खोजी गर्छन्। मैंले लगेका पुस्तकहरू सबै नै चाँड-चाँडो वितरण भए। मानिसहरूलाई हामीले आफ्ना प्रकाशनहरू देखाउँदा कसै-कसैले यो प्रश्न गरे: ‘त्यो पहेंलो पुस्तक चाहिं खोइ त?’ एकजना मानिसले यस पुस्तकको छ प्रति मगाए। तिनले मलाई आफ्नो नाम र ठेगाना दिए र ती पुस्तकहरू आएपछि रेडियो द्वारा सूचना गर्नु भनी तिनले मसित अनुरोध गरे। सूचना सुन्ने बितिक्कै ती पुस्तकहरू लिन तिनी आफ्नो गाउँबाट आउने छन् भनी तिनले भने।” परिभ्रमण निरीक्षक अझ भन्छन्: “वानिमोमा थुप्रै मानिसहरूले म्यानकाइन्ड्स सर्च फर गड र यङ्ग पिपल आस्क—आन्सर्स द्यात वर्क भन्ने पुस्तकहरू ग्रहण गरेको मैले देखें।”
बाइबलमा र यहोवाले “विश्वासी र बुद्धिमान दासद्वारा” उपलब्ध गराउनु भएका प्रकाशनहरूमा पाइने आत्मिक आहारका लागि इमान्दार हृदय भएका जनहरू कति भोकाएका छन् भनेर यी अनुभवहरूबाट प्रष्टै देखिन्छ। (मत्ती २४:४५-४७) सच्चाइका लागि भोकाउने यी मानिसहरूलाई मदत दिन पाएकोमा यहोवाका साक्षीहरू कति खुशी छन्! (w93 3/1)
[पृष्ठ २९-मा भएको चित्र]
पापुवा न्युगिनीमा साक्षी दिने काम गरेका