गीत ४२
‘कमजोरहरूलाई मदत गर’
छापिएको संस्करण
१. तीन थुप्रो छ कमजोरी,
सदा हामीमा;
तैपनि गर्छन् याह,
अति नै माया।
छन् उनी कृपालु,
प्रेम उनको सशक्त;
पैराऔं दीन दुःखीलाई,
त्यै प्रेमको माला।
२. हामी सबै कमजोर छौं,
बुझौं अरूलाई;
किनियौं है रगतले,
जीवन पाउनलाई।
या’का निर्धा जनले,
पाउनेछन् बल उनमा;
बुझौं तिनको वेदना,
आँसु पुछिदिऊँ।
३. नहोस् है निन्दा तिनको,
मनमा गुनिलिऊँ;
देखाउँदै तिनलाई दया,
बलियो बनाऔं।
मेहनती बनौं,
ढाडस तिनलाई दिन;
पाउँछन् सान्त्वना तिनले,
सहायता दिऊँ।
(२ कोरि. ११:२९; यशै. ३५:३, ४; गला. ६:२ पनि हेर्नुहोस्)