गीत ४७
सुसमाचार घोषणा गर
छापिएको संस्करण
१. राज्यको रहस्य खोलिन बाँकी थ्यो;
प्रतिज्ञाको वंश लौ अब प्रकट भो।
कृपा र सत्यका प्रेमी यहोवाले
पापी मानिसको साह्रै दुर्गति देखे।
ठाने पुत्रले राज्य गर्नै पर्ने भो;
उनैको समयमा राज्य उदाउने थ्यो।
अनि ती पुत्रलाई दुलही दिए;
चुनेको सानो बगाल महिमित भए।
२. ऐलेको सुसमाचार पैलादेखिको;
चाहन्छन् यहोवा अब यो बता’को।
खुसीले सहभागी स्वर्गदूतहरू;
सुनाउनलाई सुसमाचार खुरुखुरु।
जिम्मेवारी र सम्मान दुवै अहिले;
ल्याएको छ यहोवा नाउँको प्रशंसाले।
अनन्त सुसमाचार घोषणा गर्दै;
वहन गर्नु त्यो नाउँ ठूलो सम्मान हो है!
(मर्कू. ४:११; प्रेषि. ५:३१; १ कोरि. २:१, ७ पनि हेर्नुहोस्)