धर्मत्यागीहरू देखि होसियार!
यहूदाको पत्रको विवरणिका
यहोवाका दासहरू “जुन कुरो खराब छ, त्यसलाई घृणागर्छन्” र “जुन कुरो असल छ” त्यसमा लागिबस्छन्। (रोमी १२:९) प्राय ६५ सा. यु. मा पलिस्तीनबाट पठाएको आफ्नो पत्रद्वारा बाइबल लेखक यहूदाले अरूहरूलाई यसो गर्ने मद्दत दिए।
यहूदाले आफूलाई “ख्रीष्टको दास, र याकूबको भाई” भनी आफ्नो परिचय दिए। स्पष्टतया, यी याकूब येशू ख्रीष्टका अति प्रचलित सौतेलो भाइ थिए। (मर्कूस ६:३; प्रेरित १५:१३-२१; गलाती १:१९) यसप्रकार यहूदा स्वयं येशूका सौतेलो भाइ थिए। तथापि, यस हाडमासुको सम्बन्धलाई उल्लेखगर्न तिनले उचित ठानेनन् होला, किनकि ख्रीष्ट त्यसबेला स्वर्गमा एउटा महिमावान आत्मिक व्यक्ति हुनुहुन्थ्यो। यहूदाको पत्रमा स्पष्ट सल्लाह दिएको छ जसबाट हामीहरूले “जुन कुरा असल छ” त्यसमा लागिबस्ने र धर्मत्यागीहरूबाट होशियार रहने सहायता पाउन सक्दछौं।
“उत्कट साथ कमर कस”
सबै मसीहीहरूमा साधारणतया हुने मुक्तिको विश्वासबारे लेख्ने मनसाय यहूदाको भएता पनि, “विश्वासको निम्ति उत्कटसाथ कमर कस” भनेर प्रोत्साहन दिन तिनले आवश्यक ठाने। (पदहरू १-४) किन? किनकि भक्तिहीन मानिसहरू मण्डलीमा थाहै नदिइकन पसेका थिए र “हाम्रो परमेश्वरको अनुग्रहलाई लुच्च्याइँमा परिणत” गरिरहेका थिए। परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेर पनि उहाँका जनहरूको माझमा बस्न सकिन्छ भन्ने गलत विचार तिनीहरूले लिएका थिए। यस्ता गलत तर्कहरूतर्फ हामीहरू कहिले नलागौं तर सदैव धार्मिकताको पछि लागौं, र येशूको रगतद्वारा परमेश्वरले करूणापूर्वक हाम्रा पापहरूबाट हामीहरूलाई धोइदिनु भयो भनी धन्यवाद चढाउँने गरौं।—१ कोरिन्थी ६:९-११; १ यूहन्ना १:७.
हाम्रा सामुन्ने प्रस्तुत् चेतावनीहरू
केही प्रवृत्तिहरू, आचरणहरू, र मानिसहरूबाट सतर्क हुन अनिवार्य छ। (पदहरू ५-१६) मिश्र देशबाट मुक्त भएका केही इस्राएलीहरूमा विश्वासको अभाव हुन गएकोले तिनीहरू नाश भए। आफ्ना मर्यादामा नरहने स्वर्गदूतहरूलाई “आखिरी दिनको इन्साफको लागि अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ”। घोर अनैतिकताको कारण सदोम र गमोराह माथि “आगोको अनन्त दण्ड” आइलाग्यो। यसकारण, हामीहरू सदैव परमेश्वरलाई आनन्दित तुल्याउँ र “जीवनको मार्ग” कहिल्यै न छाडौं।—भजनसंग्रह १६:११.
दियाबलका विरुद्धमा अपशब्द नबोल्ने प्रधान स्वर्गदूत माइकलको ठीक विपरीत, भक्तिहीन मानिसहरूले “महिमावान जनहरूको [न्यु.व.]” निन्दा गरे। यी जनहरू ती प्राचीनहरू हुनु पर्छ जसलाई परमेश्वर र ख्रीष्टले, अभिषिक्त प्राचीनहरूको रूपमा, विशेष महिमाले विभूषित गराउनु भएको थियो। ईश्वर-प्रदत्त अख्तियारको हामी अनादर नगरौं!
कयिन, बालाम अनि कोराहको खराब उदाहरणहरू ती भक्तिहीन मानिसहरूले अनुसरण गरेका थिए। तुलनात्मकरूपमा, तिनीहरू पानी मुनि लुकेका चट्टान सरह, आध्यात्मिक खतराहरू, पानी नभएको बादल र केही फल नल्याउने, सुकेर उखेलिएका रूखहरू जस्तै थिए। ती धर्मत्यागीहरू फतफताउनेहरू, दोष लाउनेहरू, अनि “लाभको खातिर मानिसको पक्षपात गर्नेहरू” थिए।
प्रतिरोध गरी रहौं
त्यस पश्चात्, नराम्रा प्रभावहरूलाई विरोध गर्ने बारे यहूदाले सल्लाह दिए। (पदहरू १७-२५) “अन्तका दिनहरूमा” गिल्ला गर्नेहरू हुनेछन् र साँचो मसीहीहरूले तिनीहरूलाई र तिनीहरूका अपशब्दहरू सहनु पर्दछ। यस्ता खराब प्रभावहरूको विरोध गर्नकालागि हामीहरूले आफ्नो “पवित्र विश्वासमा” उन्नति गर्दै जानु पर्दछ, र पवित्र आत्मामा प्रार्थना गर्दै, येशूको कृपाको आशा राखेर, परमेश्वरको प्रेममा आफूलाई राख्नु पर्दछ।
प्रत्यक्षत:, झुट्टा शिक्षकहरूको भूमिका निभाउदा, यी भक्तिहीन मानिसहरूले कसै कसैमा शङ्का उत्पन्न गराए। (२ पत्रुस २:१-३ सँग तुलना गर्नुहोस्) शङ्कालुहरूलाई कुन कुराको आवश्यकता थियो? तिनीहरूलाई अवश्य पनि आध्यात्मिक सहायताको खाँचो थियो जस द्वारा तिनीहरूलाई अनन्त विनाशको “आगो” बाट बाहिर तानेर निकाल्न सकिन्थ्यो! (मत्ती १८:८, ९) तर भक्त जनहरू त्यस प्रकारको घटनाबाट डराउनु पर्दैन किनकि यहोवाले तिनीहरूलाई पापमा “ठोकर” खानदेखि र धर्मत्यागीहरूमाथि आउने विनाशदेखि सुरक्षित् राख्नु हुनेछ। (w91 4/15)
[पृष्ठ ३२-मा भएको पेटी]
लुकेर बसेका चट्टानहरू [न्यु.व.]: यहूदाले आफ्ना सङ्गी मसीहीहरूलाई “प्रीति भोजमा खान बस्ने कलङ्कलहरू [लुकेर बसेका चट्टानहरू, न्यु.व.]” बारे सतर्क गराए। (यहूदा १२) विश्वासगर्ने भाइहरू प्रति झुट्टा प्रेम जनाएर, धोका दिंदै, यी धर्मत्यागीहरू, जहाजहरूलाई ध्वंश पार्ने वा पौड़ीबाजहरूलाई चीराचीरा पारेर मार्न सक्ने, पानी मुनिका तिखोचोसो चट्टानहरू जस्तै थिए। प्रीतिभोजहरू ती अवसरहरू हुन सक्छन्, जब भौतिक रूपमा सम्पन्न मसीहीहरूले गरीब सङ्गी विश्वासीहरूलाई निम्त्याउँद थिए। गिरजाका पादरी क्रिसोस्टोमले (३४७?-४०७ सा. यु.) यसो भनेः “तिनीहरू सबै एउटा सर्वसाधारण भोजमा भेला हुन्थे। धनीहरूले खाद्य सामग्रीहरू ल्याउँद थिए र गरीब र आफूसँग केही नहुनेहरूलाई निम्त्याउँद थिए र त्यहाँ सबैजना एकसाथ बसेर खाने गर्दथिए।” यो प्राचीन प्रीति भोजहरू जे जस्तै किसिमका भएता पनि, यहूदाको चेतावनीले विश्वासीहरूलाई, आध्यात्मिक मृत्यु ल्याउन सक्ने “लुकेर बेसका चट्टानहरू” जस्ता धर्मत्यागीहरू देखि होशियार हुने मदद दियो। प्रीतिभोज दिने आदेश आज मसीहीहरूले न पाएको भएता पनि र त्यस प्रकारका प्रीतिभोजहरू गर्ने चलन आज न भएता पनि, यहोवाका जनहरूले खाँचो परेको बेलामा एक-अर्कालाई भौतिक कुराहरूद्वारा मद्दत पुऱ्याउँछन् र आनन्दमय सङ्गतिमा पनि भाग लिन्छन्।