अय्युब
४ तब एलिपज+ तेमानीले अय्युबलाई यसरी जवाफ दिए:
२ “कसैले बोल्न खोज्दा तपाईँ किन झर्को मान्नुहुन्छ?
तर अब म नबोली बस्न सक्दिनँ।
३ म मान्छु, तपाईँले धेरैलाई सरसल्लाह दिनुभएको छ,
असहायलाई मदत गर्नुभएको छ।
४ ठेस खाएकाहरू तपाईँको वचन सुनेर उठ्ने गर्थे,
कमजोर घुँडा भएकाहरूलाई तपाईँले बलियो बनाउनुहुन्थ्यो।
५ अब आफैमाथि दुःख आइपर्दा चाहिँ किन व्याकुल हुनुहुन्छ?
विपत्तिले सताउँदा किन हरेस खानुहुन्छ?
६ ईश्वरभक्त मानिसको शिर ठाडो हुनुपर्ने होइन र?
सत्यनिष्ठ मानिस+ त परमेश्वरमै भर पर्नुपर्ने होइन र?
७ सोच्नुहोस् त, निर्दोष मानिसको कहिल्यै पतन भएको छ र?
असल मानिस कहिल्यै नाश भएको छ र?
९ परमेश्वरको सासले तिनीहरू नाश हुन्छन्,
उहाँको रिसको आगोले तिनीहरू भस्म हुन्छन्।
१० सिंह चाहे जति नै गर्जोस्,
जवान सिंहले जति नै ङ्वार्र-ङुर्र गरोस्,
बलिया सिंहका समेत दाँत भाँचिन्छन्।
११ सिकार नपाएर सिंहहरू भोकभोकै मर्छन्,
तिनका डमरुहरू तितरबितर हुन्छन्।
१२ मैले एउटा गोप्य कुरा सुनेँ।
कसैले मलाई खुसुक्क एउटा कुरा बतायो।
१३ मानिसहरू गहिरो निद्रामा परेको बेला,
दर्शनमा* देखेको कुराले म व्याकुल भएँ।
१४ मलाई डर र त्रासले छोप्यो।
म डरले थरथर काँपेँ।
१६ अनि त्यो छाया टक्क अडियो।
मैले त्यसलाई ठम्याउनै सकिनँ
तर मैले त्यसको आकृति देखेँ।
एकछिन चकमन्न भयो,
त्यसपछि मैले यस्तो आवाज सुनेँ:
१७ ‘मरणशील मानिस परमेश्वरभन्दा असल हुन सक्छ र?
मानिस आफ्नै सृष्टिकर्ताभन्दा पनि चोखो हुन सक्छ र?’
तिनीहरूमा त झन् कत्ति खोट देख्नुहोला!
२० दिन नढल्दै तिनीहरू नष्ट भएर जान्छन्।
तिनीहरू सधैँका लागि बिलाएर जान्छन्, कसैले वास्ता गर्दैन।
२१ तिनीहरू डोरी फुस्किँदा लडिहाल्ने पालझैँ छन्,
ज्ञानको कमीले गर्दा तिनीहरू नाश भएर जान्छन्।