अय्युब
१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+
म धीत नमरुन्जेल गुनासो गर्नेछु।
म आफ्नो मनको तीतोपन व्यक्त गर्नेछु।
२ म परमेश्वरलाई भन्नेछु: ‘मलाई दोषी नठहराउनुहोस्।
तपाईँ किन मलाई देखी सहनुहुन्न?
३ मलाई दुःख दिएर, आफ्नै हातको कामलाई घृणा गरेर
तपाईँलाई के फाइदा हुन्छ?+
दुष्टको कुरा सुनेर तपाईँलाई के लाभ हुन्छ?
४ के तपाईँका आँखा मानिसका जस्ता छन्?
के तपाईँको हेराइ मानिसको जस्तै छ?
५ के तपाईँको आयु मानिसको जस्तै छोटो छ?
के तपाईँ पनि मानिसजस्तै बितेर जानुहुन्छ?+
६ त्यसोभए तपाईँ किन मेरो गल्ती खोज्नुहुन्छ
र ममा खोट निकाल्न चाहनुहुन्छ?+
८ तपाईँ आफैले मलाई रच्नुभयो र आकार दिनुभयो।+
तर अब तपाईँ आफै मलाई नाश गर्दै हुनुहुन्छ।
११ तपाईँले मलाई मासु र छाला पहिराइदिनुभयो
अनि हड्डी र मांसपेशीले गाँस्नुभयो।+
१२ तपाईँले मलाई जीवन दिनुभयो
र मलाई अटल प्रेम देखाउनुभयो।
तपाईँ आफैले मेरो हेरचाह गर्नुभयो।+
१३ तर मनमनै तपाईँले मेरो हानि गर्ने विचार गर्नुभएको रहेछ।
तपाईँकै कारण म यी सब भोग्दै छु भनेर मलाई थाह छ।
१४ मैले पाप गर्दा तपाईँ हेरिरहनुहुन्छ+
अनि मेरो गल्तीको क्षमा दिनुहुन्न।
१५ दोष मेरै हो भने मलाई धिक्कार छ!
१६ मैले शिर उठाउने कोसिस गरेँ भने पनि
तपाईँ मलाई सिंहले झैँ खेद्नुहुन्छ+
र मलाई आफ्नो शक्ति देखाउनुहुन्छ।
१७ तपाईँ मविरुद्ध नयाँ-नयाँ साक्षीहरू भेला गर्नुहुन्छ
र आफ्नो रिसको आगो दन्काउनुहुन्छ।
त्यसैले ममाथि एकपछि अर्को कष्ट आइपरेको छ।
१८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने
किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+
कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।
१९ त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।
म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’
२० मेरो दिन अब कति नै बाँकी छ र?+ परमेश्वरले मलाई एक्लै छोडिदेऊन्।
उहाँले आफ्नो अनुहार मदेखि अन्तै फर्काऊन् र मैले केही बेर चैनको सास फेर्न सकूँ।*+
२१ किनकि घोर अन्धकारले+ छोपेको त्यो देशमा
कहिल्यै नफर्किनेगरि म जाँदै छु,+
२२ जहाँ निस्पट्ट अन्धकारबाहेक अरू केही छैन,
जहाँ कुनै कुरा व्यवस्थित छैन
अनि जहाँ उज्यालोले समेत अन्धकारलाई चिर्न सकेको छैन।”