किन मानिसको होइन, परमेश्वरको भय मान्नु?
“मानिसको डर त्यसको निम्ति पासो हो, तर यहोवामाथि भरोसा गर्ने मानिस सुरक्षित् रहन्छ।” (हितोपदेश २९:२५) यी शब्दहरू द्वारा, यो प्राचीन हितोपदेशले हामीलाई त्यस प्रकारको भय बारे सतर्क गराउँछ, जो वास्तवमा मानसिक विष हो—अर्थात्, मानिसको भय। यहाँ यसलाई पासो सँग किन तुलना गरिएको छ? किनभने, खरायो जस्तो सानो जानवर, पासो भित्र पसे पछि, केही गर्न सक्दैन। त्यो त्यहाँ बाट भाग्न चाहन्छ तर पासोले बलियो गरि समातेर राख्छ। पासोको शिकार, वास्तवमा निश्चल हुन्छ।
हामी पनि मानिसको डर मान्न थाल्यौं भने, धेरै कुरोमा त्यो खरायो जस्तै हुनेछौं। के कसो गर्नु पर्ने हो, त्यो हामीलाई थाह होला। शायद तेसो गर्न पनि चाहन्छौं होला। तर डरले हामीलाई दासत्वमा राख्छ। हामी निश्चल हुन्छौं र केही गर्न सक्दैनौं।
मानिसको डरको पासो
बाइबलको समयमा, यो डरको पासोमा परेका केही व्यक्तिहरूको उदाहरण विचार गर्नुहोस्। यहोशूको दिनमा, इस्राएलीहरूले कनान देशमा हमला गर्नु अघि, त्यो देशको चेवा गर्न १२ जना जासूसहरू पठाये। जासूसहरू फर्केर आए पछि, त्यो देश, परमेश्वरले भन्नु भए झैं, उपजाउ र प्राकृतिक साधनले भरपूर छ भने। तर दस जना जासूस त्यो देशका बासिन्दाहरूलाई बलवान देखेर भयभित भए। मानिसको डरको पासोमा परेर, तिनीहरूले यस बारे न भएको कुरा पनि थप्दै इस्राएलीहरूलाई भने, जसले गर्दा सम्पूर्ण जाति नै भयभित भए। कनान देशमाथि हमला गरेर त्यसलाई आफ्नो अधीनमा पार्नु भन्ने ईश्वरीय आदेशको इस्राएलीहरूले पालन गर्न इन्कार गरे। फलस्वरूप, एक दुइजना बाहेक, समस्त इस्राएली पुरूषहरू, आउँदो ४० वर्ष भित्र, त्यो उजाड़स्थान मै मरे।—गन्ती १३:२१-१४:३८.
मानिसको डरको अर्को शिकार योना पनि भए। ठूलो शहर निनवेमा गएर प्रचार गर्ने आदेश पाउँदा, “योना परमप्रभुको [यहोवा, न्यु वर्ल्ड ट्रान्सेलसनमा] सामनेबाट भागेर तर्शीशतिर जानलाई उठे।” (योना १:३) किन? किनभने निनवेका मानिसहरू क्रुरता र दयाहीनताकालागि प्रसिद्ध थिए र यो कुरा योनालाई पनि अवश्य थाह थियो। मानिसको डरले गर्दा, योना निनवे देखिन् टाढ़ा जाने बाटो लागे। हो, पछि गएर उनले आफ्नो खटाइएको काम गर्नु ता गरे तर यहोवा बाट असाधरण अनुशासन पाए पछि मात्र।—योना १:४, १७.
राजाहरू पनि मानिसको डरको शिकार हुन सक्छन्। एक पटक, साऊल राजा स्वंय परमेश्वरबाट आएको आदेश प्रति प्रत्यक्ष रूपमा अनाज्ञाकारी भए। उसको कारण? “मैले परमप्रभुको आज्ञा र तपाईंको हुकूमको वास्ता गरिनँ। म मानिसहरूसँग डराएँ र तिनीहरूको कुरा मैले माने।” (१ शमुएल १५:२४) केही शताब्दि पश्चात्, बेबीलनका मानिसहरूले यरूशलेममाथि हमला गर्दा, एउटा विश्वासी अगमवक्ता यर्मियाले सिदकिया राजालाई शत्रुको सामने आत्मसमर्पण गरेर यरूशलेमलाई अझ रक्तपातबाट बचाउनु भन्ने सल्लाह दिये। तर सिदकियाले यो सल्लाह इनकार गरे। किन? उनले यर्मियालाई एसो भने: “कल्दीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लागिरहेछ। मलाई तिनीहरूका हातमा सुम्पिदियो भनेता तिनीहरूले मेरो बेइज्जत गर्नेछन्।”—यर्मिया ३८:१९.
आखिरमा, एउटा प्रेरित पनि भयभित् भए। येशूको मृत्यु हुने दिनमा, आफ्ना चेलाहरूले उहाँलाई छाड़ेर भाग्नेछन् भनेर उहाँले पहिलेनै तिनीहरूलाई जनाउ दिनु भयो। तर पत्रुसले निर्भयता साथ एसो भने: “हे प्रभु, म तपाईंसित झ्यालखानामा र मृत्युसम्म जान तयार छु।” (लूका २२:३३; मत्ती २६:३१, ३३) तर यो वचन कति गलत साबित भयो! केही घण्टा पश्चात् मात्र, पत्रुस भयभित भएर, येशू सँग बस्ने गरेको अथवा येशूलाई चिन्ने कुरा समेत इनकार गरे। मानिसको डरले उनलाई जित्यो! हो, मानिसको डर मान्नु वास्तवमा मानसिक विष हो।
कसको भय मान्नु?
मानिसको डरलाई हामी कसरी जित्न सक्छौं? त्यसको ठाउँमा एउटा अर्कै प्रकारको स्वस्थकर डर राखेर। यस प्रकारको भयलाई प्रोत्साहन दिंदै, प्रेरित् पत्रुसले एसो भने: “परमेश्वर सँग डराओ।” (१ पत्रुस २:१७) प्रकाशमा यूहन्नाले देखेको स्वर्गदूतले पनि कराएर मानिस जातिलाई एसो भने: “परमेश्वर सँग डराओ र उहाँलाई महिमा देओ।” (प्रकाश १४:७) बुद्धिमान राजा सुलेमानले पनि एसो भन्दै, यस प्रकारको डरलाई बढ़ावा दिए: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख, र उहाँका आज्ञा पालन गर्। यो बाहेक मानिसले गर्नु पर्ने अरू केही छैन।” (उपदेशक १२:१३) हो, परमेश्वरको भय मान्नु एउटा कर्त्तव्य हो।
परमेश्वर सँग डराउनाले धेरै लाभहरू उपलव्ध हुनेछ। भजन संग्रहको प्राचीन लेखकले एसो भन्दै गाए: “उहाँसित डराउनेहरूको निम्ति अवश्य उहाँको उद्धार नजीकै छ।” (भजन ८५:९) बाइबलको एउटा अर्को हितोपदेशले एसो पनि भन्दछ: “परमप्रभुको डरले मानिस दीर्घायु हुन्छ।” (हितोपदेश १०:२७) हो, यहोवाको डर एउटा लाभदायक र स्वस्थकर कुरा हो। तर तपाईं शायद यो प्रश्न गर्नु होला: ‘यहोवा एउटा मायालु परमेश्वर हुनुहुन्छ। एक जना मायालु परमेश्वर सँग किन डराउनु?’
मायालु परमेश्वर सँग डराउनु?
किनभने परमेश्वरको डर, कुनै-कुनै परिस्थितिमा मानिसलाई निष्कृय बनाइ दिने डर होइन। एउटा बच्चाले आफ्नो पितालाई प्रेम गरेता पनि र पिताले उसलाई प्रेम गदर्छ भन्ने कुरा उसलाई थाहा भएतापनि, पिता प्रति जुन प्रकारको डर राखिन्छ, यो पनि त्यही प्रकारको डर हो।
परमेश्वरको डर खासमा सृष्टिकर्ताका लागि एउटा गहिरो श्रद्धा हो र यस प्रकारको श्रद्धा त्यस बेला मात्र अनुभव हुन्छ जब उहाँनै धार्मिकता, न्याय, बुद्धि र प्रेमको मूल हुनुहुन्छ भनेर तपाईं स्वीकारनु हुन्छ। दण्ड र इनाम दिने शक्तियुक्त, परमेश्वर नै सर्वोच्च न्यायाधीश हुनुहुन्छ भनेर उहाँलाई अप्रसन्न पार्न देखिन् मन स्वस्थकर रूपमा त्रसित् हुन्छ। प्रेरित् पावलले एसो भने: “जीवित् परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो।” (हिब्रू १०:३१) परमेश्वरको प्रेम कुनै हेलचक्राई गर्न सक्ने कुरा होइन नता उहाँको न्यायलाई हल्का ठान्न सकिन्छ। त्यसै कारण, बाइबलमा हाम्रो लागि यो समझौटो दिएको पाउँछौं: “यहोवाको डर बुद्धिको शुरू हो।”—हितोपदेश ९:१०.
तर यहोवा सँग उहाँ प्रति अनाज्ञाकारी हुनेहरूलाई दण्ड दिने शक्ति छ र उहाँले समय समयमा दण्ड दिनु भएको भएता पनि, उहाँ कदापि एउटा निष्ठूर र रक्तपात रूचाउनुहुने परमेश्वर हुनुहुन्न भन्ने कुरा हामीले याद राख्नु पर्छ। उहाँ वास्तवमा प्रेमको परमेश्वरक हुनुहुन्छ। कुनै बेला, उहाँले, एक जना माया गर्ने अभिवाहकले झैं, धार्मिकतापूर्ण क्रोध प्रकट गर्नु हुन्छ। (१ यूहन्ना ४:८) त्यही कारण, उहाँ सँग डराउनु आफ्नै हितको निम्ति हो। यस प्रकारको डरले हामीमा उहाँको आज्ञा पालन गर्ने इच्छा उत्पन्न गर्छ र उहाँका आज्ञाहरू हाम्रै भलाइकालागि हुन्। परमेश्वरका आज्ञाहरूको पालन द्वारा आनन्द अनुभव गर्नसकिनेछ तर तिनीहरू प्रति अनाज्ञाकारी हुँदा, नतिजा जहिले पनि खराबै हुनेछ। (गलाती ६:७, ८) भजन संग्रहका लेखकले यस प्रकार लेख्ने प्रेरणा पाए: “हे परमप्रभुका पवित्र जन हो, [यहोवा, न्यु वर्ल्ड ट्रान्सलेसनमा] उहाँको भय मान। किनकि उहाँको डर मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।”—भजन ३४:९.
तपाईं को सँग डराउनु हुन्छ?
परमेश्वरको डरले हामीलाई मानिसको डर जित्ने सहायता कसरी दिन्छ? जे ठीक छ, सो गर्दा, मानिसहरूले हामीमाथि सतावट र खिसीको दबाउ ल्याउन सक्छन् र हामीमा त्यसको असर पर्न सक्दछ। तर परमेश्वरको श्रद्धा पूर्ण भयले हामीलाई सही बाटोमा हिड़ीरहने दबाव दिनेछ, किनभने हामी उहाँलाई अप्रसन्न पार्न चाहँदैनौं। यस बाहेक परमेश्वरको प्रेमले हामीलाई उहाँको हृदय प्रसन्न पार्ने कुराहरू गर्न उत्साहित पार्नेछ। साथै, असल गरेकालागि परमेश्वरले हामीलाई प्रशस्त इनाम दिनुहुन्छ भन्ने कुरा थाह भएको हुनाले, हाम्रो हृदयमा उहाँ प्रति अझ प्रेम जागेर आउँछ र उहाँको इच्छा अनुसार गर्न अझ उत्सुक हुन्छौं। यसकारण, परमेश्वर बारे एउटा सन्तुलित दृष्टिकोण राख्यौं भने, मानिसको डरबाट मुक्त हुन सक्नेछौं।
उदाहरणका लागि, साथीहरूले के भन्लान् भन्ने डरलेगर्दा, धेरै मानिसहरू दबावमा परेर, खराब काम पनि गर्छन्। स्कूलमा जवान मानिसहरूले धुम्रपान र खराब भाषाको प्रयोग गर्लान् अथवा आफ्नो मैथुनिक अनुभव (मनकल्पित अथवा वास्तविक) बारे धाक लगाउलान् र मादक पदार्थ र रक्सी जस्ता कुराहरू खाएर पनि हेर्लान्। किन? अकसर, आफूले चाहेर मात्र यस प्रकारको काम गरिन्दैन। अकसर, साथीहरूले के भन्लान् भन्ने डरलेगर्दा यस प्रकारको काम गरिन्छ। २० वर्ष न पुगेको व्यक्तिका लागि साथीहरूको खिसी र गिल्ला भोग्न, शारीरिक सतावट भोग्न जति कै गाह्रो हुनुसक्छ।
ठूला मानिसहरू पनि खराब काम गर्ने दबावमा पर्न सक्छन्। आफ्नो जागिर खाने ठाउँमा, हाकिमले कुनै ग्राहककालागि झूटो भरपाई बनाउने आदेश दिन सक्छन् अथवा आफूले तिर्ने कर घटाउनुका लागि, कम्पनीको कर खाता गलत ढङ्गमा भर्नलगाउलान्। यस प्रकारको आदेश नमानेको खण्डमा आफ्नो जागिर जाला भन्ने डर, मसीहीको मनमा पर्न सक्छ। यसरी, मानिसको डरले उसलाई गलत काम गर्ने दबाव दिन सक्छ।
तर यी दुवै परिस्थितिहरूमा, परमेश्वरको स्वस्थकर भय र उहाँका आदेशहरूकालागि श्रद्धाले, मसीहीलाई मानिसको निश्चल पार्ने डरबाट जोग्याउनेछ। परमेश्वरलाई प्रेम गरेकोहुनाले, परमेश्वरले मनाही गर्नु भएका कुराहरू गर्नबाट उ अलग्ग बस्नेछ। (हितोपदेश ८:१३) साथै, बाइबल द्वारा प्रशिक्षित् आफ्नो अन्तःकरण अनुसार काम गरेमा, परमेश्वरले उसलाई हर अवस्थामा समर्थन गर्नुहुनेछ भन्ने दृढ़ विश्वास उसमा हुनेछ। यो विश्वासको वर्णन, प्रेरित् पावलले यी शब्दहरूमा गरेकाछन्: “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा म सबै कुरा गर्नुसक्छु।”—फिलिप्पी ४:१३.
सबै भन्दा गाह्रो परीक्षाहरूमा पनि यहोवा प्रति विश्वासी भएर बसेका अनगिन्ती पुरूष र स्त्रीहरूका उदाहरण बाइबलमा पाइन्छ। तिनीहरूले “गिल्ला, कोर्राबाजी औ अझ बढ़ी बन्धन र कैदको परीक्षा भोग्नु पर्यो। तिनीहरू ढुङ्गाले हानिए, करौंतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए।” (हिब्रू ११:३६, ३७) तापनि, तिनीहरूले आफ्नो मनलाई मानिसको डरको कब्जामा पर्न दिएनन्। तिनीहरूले त्यही बुद्धिपूर्ण मार्ग अपनाए, जसको विषयमा पछि येशूले पनि आफ्ना चेलाहरू सँग कुरा गर्नु भयो, अर्थात्, “शरीर मार्ने तर प्राणलाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर प्राण र शरीर दुवैलाई गिहेन्नामा नाश गर्नसक्नेसँग बरू डराओ।”—मत्ती १०:२८, न्यु वर्ल्ड ट्रान्सलेसन.
मानिसको भन्दा परमेश्वरको डर मान्नु भनेर येशूले दिनु भएको यो उपदेशले प्राचीन मसीहीहरूलाई, “सुसमाचारको खातिर” हर प्रकारको कठिनाई, परीक्षा र सतावट भोग्ने सहायता दियो। (फिलेमन १३) प्रेरित् पावल यसको एउटा विशेष उदाहरण हुनुहुन्छ। कोरिन्थीहरूलाई लेख्नु भएको आफ्नो दोस्रो पत्रमा, परमेश्वरको शक्ति द्वारा उहाँले कसरी कैद, पिटाइ, ढुङ्गाको बौछार, पानी जाहाजको दुर्घटना, सडकहरूमा सामना गर्नु पर्ने अनेक प्रकारका खतराहरू, अनिद्र रातहरू, भोक, प्यास, जाड़ो र नग्नता सबैमा धैर्य धारण गर्न सक्नु भयो भनेर देखाउनु भएको छ।—२ कोरिन्थी ११:२३-२७.
परमेश्वरको डरले गर्दा ती प्राचीन मसीहीहरूले रोमी साम्राज्यको कठिन सतावट भोग्ने बल पाए। रङ्गशालामा तिनीहरूलाई जङ्गली जानवरको सामुन्ने फालि दिएता पनि, तिनीहरू दृढ़ भएर बसे। मध्ययुगमा, निडर विश्वासीहरूलाई जिउँदै जलाई दिए किनभने तिनीहरूले आफ्नो विश्वासमा कुनै प्रकारको समझौता गर्न चाहेनन्। दोस्रो विश्व-युद्धमा, धेरै मसीहीहरूले परमेश्वर अप्रसन्न हुने कामगर्नु भन्दा, कनसनट्रेसन क्याम्पहरूमा शास्ति खाएर मर्न रुचाए। ईश्वरको डर वास्तवमा कति शक्तिशाली कुरा हो! त्यस प्रकारको कठिन परिस्थितिहरूमा ता ईश्वरीय भयले मसीहीहरूलाई मानिसको डर जित्ने बल दिएको थियो भने, त्यसले हामीलाई पनि जस्तो सुकै अवस्थामा बलियो पार्न सक्नेछ।
हामीले परमेश्वरलाई अप्रसन्न पारौं भनेर, हामी माथि शैतानले आज हर प्रकारको दबाव दिइरहेछ। यसकारण, साँचो मसीहीहरूमा त्यही दृढ़ फैसलाहुनु पर्छ, जुन फैसला प्रेरित् पावललेपनि यी शब्दहरूमा व्यक्त गरे: “हामी विनाशमा पुग्नेगरी पछि हट्नेहरूमध्यका होइनौं, तर प्राणको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्यका हौं।” (हिब्रू १०:३९) यहोवाको भय, वास्तवमा शक्तिको स्रोत हो। त्यसको मदद द्वारा हामी निडर भइ एसो भनौं: “प्रभु [यहोवा, न्यु वर्ल्ड ट्रास्लेसन] मेरो सहायक हुनुहुन्छ। म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?’”—हिब्रू १३:६. (w89 6/1)
[चित्र]
पिटाइ, कैद र जाहाजको दुर्घटना समेतमा धीरज धारण गर्न, परमेश्वरको भय द्वारा पावल निडर भये।—२ कोरिन्थी ११:२३-२७