बाइबलमा पाइने अनमोल धन | नहूम १–हबकूक ३
आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्
बेबिलोनीहरूको लागि यहूदालाई विनाश गर्ने कुरा असम्भव जस्तो देखिन्थ्यो। किनभने यहूदा त्यतिबेलाको शक्तिशाली देश मिश्रको प्रभावमा थियो। अनि बेबिलोनीहरू मिश्रीहरूको तुलनामा कमजोर थिए। साथै, धेरैजसो यहूदीहरू यहोवाले यरूशलेम र त्यसको मन्दिरलाई विनाश हुन दिनुहुन्न भनेर सोचिरहेका थिए। तैपनि, त्यो भविष्यवाणी अवश्य पूरा हुनेथियो। त्यसैले हबकूक आध्यात्मिक तवरमा सक्रिय र जागा रहँदै यहोवाको बाटो हेरिरहनु पर्थ्यो।
यस संसारको अन्त नजिकै छ भन्ने कुरामा म किन विश्वस्त छु?
आध्यात्मिक तवरमा म कसरी सक्रिय र जागा रहन सक्छु?