अध्याय २
अनन्त जीवनको एउटा शत्रु
१. प्रायः सुख र शान्ति अनुभव गर्न नपाउँदा, के प्रश्नहरू उठ्दछन्?
पृथ्वीमा आनन्द—प्राय: सबैनै चाहन्छन्। तापनि किन यत्तिका मानिसरू दुःखी छन्? कारण के हो? प्रायः सबैनै शान्ति चाहन्छन् भने, किन राष्ट्रहरू लड़ाइँ गर्दछन् र किन मानिसहरू एकले अर्कालाई घृणा गर्दछन्? मानिसहरूलाई यी खराब कामहरू गर्न प्रेरित गराउने के कुनै एउटा निर्देशक शक्ति छ कि? अथवा के एउटा सामान्य अदृश्य शक्तिले सबै राष्ट्रहरूलाई आफ्नो काबूमा पारेको छ कि?
२. इतिहासमा त्यस्ता कुन अपराधहरू हुन् जसको कारण, कतै कुनै दुष्ट अदृश्य शक्तिले ता मनुष्यलाई आफ्नो वशमा ल्याएको छैन भनेर सोंच्न धेरैलाई बाध्य पारेकोछ?
२ मानिसहरूलाई निसास्याउँदै र डढ़ाउँदै मार्नका लागि, लड़ाइँमा डरलाग्दा गैसहरूका साथै नेपाम र अणू बमहरूको प्रयोग द्वारा मानवजाति माथि गरिएको क्रुरता देख्दा, धेरै मानिसहरू आश्चर्य चकित् छन्। यसको अतिरिक्त, ज्वाला फ्याँक्ने यन्त्र, नजरबन्दी शिविर र हालका वर्षहरूमा, केम्बोडियामा भए जस्तै, लाखौं निस्सहाय मानिसहरूको सामूहिक हत्या वारे विचार गर्नु होस्। के यी सारा दुष्टताहरू संयोगले मात्र भएका होलान् र? मानिसहरूमा भयङ्कर कार्यहरू गर्ने क्षमता नभएको होइन। तापनि, उसको घोर दुष्टतापूर्ण कार्यहरू बारे सोंचदा, के उ एउटा दुष्ट अदृश्य शक्ति द्वारा प्रभावित भएको जस्तो देखिदैन र?
३. संसारको शासनको विषयमा बाइबल के भन्दछ?
३ यस वारे अनुमान लगाउनु पर्ने आवश्यकता छैन। एउटा चतुर अदृश्य व्यक्तिले मानिसहरू र राष्ट्रहरू दुबैलाई नियन्त्रणमा राखेको छ भनेर बाइबलले स्पष्ट रूपमा प्रदर्शित गरेको छ। बाइबलमा, येशू ख्रीष्टले त्यस शक्तिशाली व्यक्तिलाई “यो संसारको मालिक” भन्नु भएको छ। (यूहन्ना १२:३१; १४:३०; १६:११) त्यो को हो?
४. येशूलाई शैतानले के देखायो, र उहाँलाई के दिन्छु भन्यो?
४ त्यो को हो भनेर थाह लगाउनकालागि, यहाँ पृथ्वीमा येशूले सेवकाई शुरू गर्नु हुँदा, घटेको घटना विचार गर्नुहोस्। येशूले बप्तिस्मा लिनु भए पछि उहाँ उजाड़ स्थानमा जानु भयो, जहाँ शैतान अर्थात दियावल कहलाउने एउटा अदृश्य प्राणीले उहाँलाई परीक्षामा पार्ने प्रयास गऱ्यो भनेर हामीलाई बाइबलले भन्दछ। सो परीक्षाको एक भागको वर्णन यसरी गरिएको छ: “फेरि दुष्टात्माले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर जगत्का सबै राज्य र तिनको गौरव उहाँलाई देखायो। र उहाँलाई भन्यो, ‘तपाईंले घोप्टेर मलाई दण्डवत गर्नुभयो भने, यी सबै थोक म तपाईंलाइ दिनेछु।’”—मत्ती ४:८, ९.
५. (क) संसारका सारा सरकारहरू शैतानको सम्पत्ति हो भनेर के ले देखाउछ? (ख) बाइबल अनुसार, “यस संसारको देव” को हो?
५ शैतानले येशू ख्रीष्टको सामुन्ने के प्रस्तुत गऱ्यो, त्यस वारे अलिकता सोंच्नु होस्। त्यसले “जगत्का सबै राज्य” प्रस्तुत गऱ्यो। के वास्तवमा यी सबै सांसारिक सरकारहरू शैतानकै सम्पत्ति हुन् र? हो, अन्यथा उसले यी सबै येशूलाई दिने कुरा कसरी गर्न सक्थियो? येशूले पनि ती सबै शैतानका हुन् भन्ने कुरा अस्वीकार गर्नु भएन। त्यो सम्पत्ति शैतानको नभएको भए येशूले अवश्यनै यस कुराको इन्कार गर्नु हुनेथियो। शैतान निश्चयनै संसारका सबै राष्ट्रहरूको अदृश्य शासक हो! बाइबलले स्पष्ट रूपले भनेको छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) परमेश्वरको वचनमा, वास्तवमा, शैतानलाई “यस संसारको देव” भनिएको छ।—२ कोरिन्थी ४:४.
६. (क) शैतानको शासन वारेको यो सूचनाले हामीलाई के बुझ्ने मदद दिन्छ? (ख) शैतानले हामीलाई के गर्न चाहन्छ, र त्यसकारण हामीले के गर्नु पर्छ?
६ यो सूचना द्वारा येशूले “मेरो राज्य यो संसारको होइन” भन्नु भएको कारण बुझ्ने सहायता हामी पाउदछौं। (यूहन्ना १८:३६) साथै, सामान्यतया मानिसहरूको इच्छा शान्तपूर्वक बस्ने हुँदाहुँदै पनि, किन राष्ट्रहरू एक अर्कालाई घृणा गर्छन् र एक अर्कालाई किन नाश गर्न चाहन्छन् भन्ने कुरा बुझ्न हामीहरूलाई सहायता दिनेछ। हो, “शैतानले . . . सारा संसारलाई ठगी रहेछ।” (प्रकाश १२:९) उसले हामीहरूलाई पनि ठग्न चाहन्छ। परमेश्वरबाट पाइने अनन्त जीवन हामीहरूले प्राप्तगरेको उ चाँहदैन। त्यसकारण, उसबाट प्रभावित भएर खराब काम नगर्नकालागि उसको मुकाबिला गरिरहनु पर्दछ। (एफिसी ६:१२) उसको ठगाइको प्रतिरोध गर्नकालागि हामीहरूले शैतान र उसको कार्यप्रणाली वारे बुझनु जरुरी छ।
शैतान को हो
७. शैतानलाई हामी किन देख्न सक्दैनौं?
७ शैतान अर्थात दियाबल एउटा वास्तविक व्यक्ति हो। कसै कसैले विश्वास गरेझैं, त्यो सबै मानवजातिमा हुने खराबी मात्र होइन। निश्चय, जसरी मानिसहरूले परमेश्वरलाई देख्न सक्दैनन्, त्यसरीनै शैतानलाई पनि देख्न सकिंदैन। परमेश्वर र शैतान दुबै आत्मिक व्यक्तिहरू अर्थात् मनुष्य चोला भन्दा उच्च दर्जाका हुनु बाहेक, हाम्रो आँखा बाट अदृश्य पनि छन्।—यूहन्ना ४:२४.
८. परमेश्वरले नै शैतानलाई सृष्टि गर्नु भएको हो भनेर धैरैले किन विश्वाश गर्दछन्?
८ कसैले सोध्न सक्छ, ‘परमेश्वर प्रेम हो भने, उहाँले दियाबललाई किन बनाउनु भयो?’ (१ यूहन्ना ४:८) वास्तविकता के हो भने, परमेश्वरले दियाबललाई बनाउनु भएको होइन। तर कसैले फेरि भन्न सक्छ, ‘यदि हरेकलाई परमेश्वरलेनै बनाउनु भएको हो भने, दियाबललाई पनि उहाँलेनै बनाएको हुनुपर्छ। नभए त्यसलाई अरू कसले सृष्टि गऱ्यो होला? दियाबल कहाँबाट आयो?’
९. (क) स्वर्गदूतहरू कुन प्रकारका व्यक्तिहरू हुन्? (ख) “दियावल” र “शैतान” शब्दहरूको अर्थ के हो?
९ परमेश्वरले आफू जस्तै अनेकौं आत्मिक प्राणीहरूको सृष्टि गर्नु भयो भनेर बाइबल भन्दछ। बाइबलमा, ती आत्मिक प्राणीहरूलाई स्वर्गदूत भनिएको छ। अनि, तिनीहरू “स्वर्गीय-जनहरू” पनि कहलाइएका छन्। (अय्यूब ३८:७; भजन संग्रह १०४:४; हिब्रू १:७, १३, १४) परमेश्वरले ती सबैलाई सिद्ध बनाउनु भएको थियो। ती मध्य कुनै पनि शैतान, वा दियाबल थिएनन्। “दियाबल”को अर्थ निन्दक र “शैतान”को अर्थ विरोधी हो।
१०. (क) शैतानलाई दियावल कसले बनायो? (ख) एउटा असल मानिसले आफैलाई कसरी अपराधी बनाउन सक्दछ?
१० एउटा यस्तो समय आयो, जब परमेश्वरका आत्मिक पुत्रहरू मध्यबाट एउटाले आफूलाई दियावल बनायो, अर्थात झुट्टा कुरा बोल्ने घृणास्पद व्यक्ति जो सदा अर्काको बिषयमा खराब कुरा गर्दछ। उसले आफूलाई शैतान अर्थात परमेश्वरको विरोधी पनि बनायो। । उसलाई त्यस्तो सृष्टि गरिएको थिएन, तर पछि उ त्यस प्रकारको व्यक्ति हुनगयो। उदाहरणकालागि, एउटा चोर जन्मजात चोर हुँदैन। इमान्दार आमा-बाबु र कानून पालन गर्ने दाजु-भाइ भएको एउटा राम्रो परिवारमा उ जन्मेको हुनसक्छ। तर, धनले किन्नसक्ने सामानहरूकालागि उसको आफ्नै लालसाले उसलाई चोर बनाएको हुनसक्दछ। त्यसो भए, परमेश्वरका आत्मिक पुत्रहरू मध्य एउटाले आफूलाई शैतान अथवा दियाबल कसरी बनायो?
११. (क) परमेश्वरको कुन उद्देश्यबारे एउटा विद्रोही स्वर्गदूतलाई जानकारी थियो? (ख) यो स्वर्गदूतको मनमा के लालसा थियो, र त्यसबाट के गर्न उ प्रेरित भयो?
११ परमेश्वरले पृथ्वी र त्यस पछि प्रथम मानव जोड़ी आदम र हव्वालाई सृष्टि गर्नु हुँदा, त्यो स्वर्गदूत जो पछि गएर दियाबल भयो, त्यसबेला त्यहाँ उपस्थित थियो। (अय्यूब ३८:४, ७) परमेश्वरले ती मानव जोड़ीलाई बच्चाहरू जन्माउने आदेश दिनु भएको पनि यो दूतले सुनेको हुनु पर्दछ। (उत्पत्ति १:२७, २८) केही समय पछि, परमेश्वरको उपासना गर्ने धर्मी मानिसहरूले यो पृथ्वी भरिने छ भन्ने कुरा त्यसलाई थाह थियो। त्यो नै परमेश्वरको उद्देश्य थियो। तथापि, यो स्वर्गदूतले आफ्नो सुन्दरता र बुद्धिमा घमण्ड गर्दै, परमेश्वरलाई चढाइने उपासना त्यसले आफ्नो निम्ति चाहना गर्न थाल्यो। (इजकिएल २८:१३-१५; मत्ती ४:१०) यो गलत चाहनालाई आफ्नो मन बाट हटाउनुको सट्टा त्यसले त्यस विषयमा सोंची रह्यो। अनि आफूले चाहेको आदर र महत्व प्राप्त गर्नकालागि त्यसले कार्बाइ गऱ्यो। उसले के गऱ्यो?—याकूब १:१४, १५.
१२. (क) हव्वासँग यो स्वर्गदूत कसरी बोल्यो, र उसलाई के भन्यो? (ख) यो स्वर्गदूत कसरी शैतान अर्थात दियाबल हुनगयो? (ग) शैतानको रूपरङ्ग वारे कस्तो विचार राख्नु गलत हो?
१२ त्यो विद्रोही स्वर्गदूतले प्रथम स्त्री, हव्वासँग कुरा गर्न दीन सर्पलाई प्रयोग गऱ्यो। एउटा प्रवीण व्यक्तिले जसरी नजिकको एउटा जनावर अथवा कठपुतलीले बोलेको जस्तो पार्न सक्दछ, उसले पनि त्यसै गऱ्यो। तर, वास्तवमा त्यो विद्रोही स्वर्गदूतनै, जसलाई बाइबलमा “वृद्ध साँप” भनिएको छ, हव्वासँग बोलि रहेको थियो। (प्रकाश १२:९) त्यसले भन्यो, परमेश्वरले हव्वालाई साँचो कुरा भनि रहनु भएको छैन र तिनले पाउनु पर्ने ज्ञानबाट तिनलाई वञ्चित गरी राख्नु भएकोछ। (उत्पत्ति ३:१-५) यो एउटा घृणास्पद झूटो कुरा थियो र यसले त्यसलाई एउटा दियाबल तुल्यायो। यसप्रकार उ परमेश्वरको एउटा विरोधी अर्थात एउटा शैतान पनि हुनगयो। कुरा स्पष्ट छ, दियावल सिंङ भएको र भैं कोर्ने काँटा लिएर पातालमा यातना दिने ठाउँको सर्वेक्षण गर्ने एउटा प्राणी हो भनेर कल्पना गर्नु गलत हुनेछ। उ वास्तवमा एउटा शक्तिशाली, तर दुष्ट स्वर्गदूत हो।
संसारको सारा कष्टको स्रोत
१३. (क) दियाबलको झूटलाई सुनेर हव्वाले के गरी? (ख) दियाबलले के दावा गऱ्यो?
१३ शैतानले हव्वालाई झूट बोलेर जे गर्न खोजेको थियो, ठीक त्यस्तै भयो। हव्वाले त्यसको कुरामाथि विश्वाश गरी र परमेश्वरको आज्ञाको उल्लङ्घन गरी। उ आफ्नो पतिलाई पनि परमेश्वरको नियम तोड़नलगाउनमा सफल भइ। (उत्पत्ति ३:६) परमेश्वर बिना मानिसहरूको काम चल्ने छ भनेर शैतानले दावा गऱ्यो। परमेश्वरको मदद बिना पनि मानिसहरू सफलतापूर्वक आफ्नो शासन चलाउन सक्नेछन् भन्ने तर्क त्यसले गऱ्यो। आदम र हव्वाबाट हुने सारा सन्तानलाई परमेश्वरबाट टाढ़ा पार्न सक्ने दावा पनि शैतानले गऱ्यो।
१४. परमेश्वरले शैतानलाई त्यत्ति बैलानै किन नष्ट गर्नु भएन?
१४ निश्चय, परमेश्वरले शैतानलाई त्यत्ति बेलानै नष्ट गर्न सक्नु हुनेथियो। तर त्यसरी, शैतानले उठाएका प्रश्नहरूको उत्तर हुने थिएन। हेरि रहेका ती स्वर्गदूतहरूको मनमा यी प्रश्नहरू रहिरहने थिए। त्यसकारण, शैतानले गरेको दावालाई पूरा गर्न, परमेश्वरले उसलाई समय दिनु भयो। परिणाम के भयो?
१५, १६. (क) यत्तिका समय बिति सके पछि, दियावलको दावा वारे के सिद्ध भएकोछ? (ख) कुन घटना अब नजीकै छ?
१५ परमेश्वरको सहायता बिना मानव सफलतापूर्वक स्वयं शासन गर्न सक्दैन भन्ने कुरा समयको दौडानले सिद्ध गरी दिएको छ। तिनीहरूको सारा प्रयत्न पूर्णरूपले असफल भइसकेको छ। पवित्र शास्त्र अनुसार, शैतानको अदृश्य नियन्त्रणमा रहेका मानव राज्यहरूको अधीनमा परेर मानिसहरूले असाध्य दुःख उठाएका छन्। साथै, परमेश्वरले समय दिनु भएको हुनाकारण, शैतानले सबैलाईनै परमेश्वरको उपासना बाट टाढ़ा पार्न सकेको छैन भन्ने कुरा स्पष्ट भएको छ। परमेश्वरको शासन प्रति कोइ-न-कोइ सदा वफादार रहिरहेका छन्। अय्यूबलाई परमेश्वरको सेवागर्न बाट रोक्ने शैतानको असफल प्रयास वारे तपाईं बाइबलमा पढ्न सक्नु हुन्छ।—अय्यूब १:६-१२.
१६ अत: शैतानका दावाहरू झुट्टा साबित भइ सकेकाछन्। परमेश्वरको विरुद्धमा एउटा दुष्ट विद्रोह शुरू गरेको हुनाले निश्चय उ नष्ट हुने योग्यको छ। खुशीको कुरा छ कि अब परमेश्वरले शैतानको शासन अन्त गर्ने समयमा हामीहरू पुगेकाछौं। यस कार्यको पहिलो कदमको विवरण दिंदै, बाइबलले स्वर्गमा हुने, तर पृथ्वीका मानिसहरूले नता देखेका नता सुनेका एउटा महत्वपूर्ण युद्धको बिषयमा चर्चा गर्दछ। बाइबलका निम्नलिखित विवरण ध्यानपूर्वक पढनु होस्:
१७. (क) स्वर्गमा भएको लड़ाइँको वर्णन बाइबलले कसरी गरेको छ? (ख) त्यसको परिणाम स्वर्गमा हुनेहरू माथि र पृथ्वीमा हुनेहरू माथि के भयो?
१७ “अनि स्वर्गमा लड़ाइँ भयो। माइकल (जो पुनरुत्थान हुनु भएको येशू ख्रीष्ट हुनुहुन्छ) र तिनका दूतहरू त्यस अजिङ्गर जस्तै पशुसँग लड़ाइँ गर्न गए, र अजिङ्गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्न सकेनन्, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्यो। अनि त्यो अजीङ्गर जस्तै पशु तल फ्याँकियो, त्यो बृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिये। ‘यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।’”—प्रकाश १२:७-९, १२.
१८. (क) स्वर्गमा कहिले लड़ाइँ भयो? (ख) शैतान “तल फ्यँकिए” देखिन्, पृथ्वीमा के हुँदैछ?
१८ स्वर्गमा यो लड़ाइँ कहिले भयो? प्राप्त प्रमाण अनुसार, १९१४ मा प्रथम विश्व-युद्धको समय तिर यो घटना घटेको थियो। प्रकाशको पुस्तकले सङ्केत गरे अनुसार, शैतान स्वर्गबाट त्यसै बेला हटाइएको थियो। यसको अर्थ, त्यस समय देखिन्, हामी शैतानको “अल्प समयमा” बाँची रहेका छौं। त्यसकारण, शैतानको संसारका यी “आखिरी दिनहरू” हुन्। यो वास्तविकताको प्रमाण, अधर्मको बृद्धि, डर, युद्ध, अनिकाल, रूढ़ीहरू र हामीहरूले अनुभव गरिरहेका अन्य दुखद परिस्थितिहरू हुन्।—मत्ती २४:३-१२; लूका २१:२६; २ तिमोथी ३:१-५.
१९. (क) शैतान अहिले के गर्न जोडतोड साथ प्रयत्न गर्दै छ? (ख) हामीहरूले के गर्न बुद्धिमानीको कुरा हुनेछ?
१९ आफ्नो “अल्प समय” समाप्त हुनैलागेकोछ भनेर थाह भएको हुनाले, मानिसहरूलाई परमेश्वरको उपासनाबाट रोक्नकालागि शैतानले पहिले भन्दा बढ़ी प्रयास गरिरहेको छ। उ आफू सँगसँगै अधिकाधिक मानिसहरूलाई नाश तर्फ लैजान चाहन्छ। कसलाई निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़ि रहेको छ भनेर उसको विषयमा बाइबलले गरेको विवरण उपयुक्त छ। (१ पत्रुस ५:८, ९) हामीहरू उसको पकड़मा आउन चाँहदैनौ भने, उसले कसरी आक्रमण गर्दछ र कसरी उसले मानिसहरूलाई ठग्द छ भन्ने विषयमा जानकारी लिन आवश्यक छ।—२ कोरिन्थी २:११.
शैतानले मानिसहरूलाई कसरी झुक्याउँछ
२०. (क) शैतानको हमला कत्तिको सफल भएको छ? (ख) कहिलेकाहिं त्यसको योजनाहरू निष्कपट, र अझ हितकारीपनि देखिन सकिन्छन् भनेर हामीहरूले किन प्रतीक्षा गर्न सक्छौं?
२० शैतानले मानिसहरूलाई आफ्नो पछि लग्ने तरीकाहरू सँधै सजिलैसँग बुझ्न सकिन्छ भनि नठान्नु होस्। मानिसहरूलाई बेवकूफ बनाउनमा उ खप्पिस छ। हजारौं वर्ष देखिन् उसले वास्तवमा यस्तो चलाक ढङ्गले मानिसहरूलाई मूर्ख बनाउदै आएको छ कि, आज धैरै मानिसहरू त्यसको अस्तित्वमानै विश्वाश गर्दैनन्। यिनीहरूकालागि, दुष्टता र खराबी सँधै रहिरहने सामान्य परिस्थितिहरू मात्र हुन्। आधुनिक समयका धेरैजसो अपराधी नेताहरूले जस्तैगरी शैतानले आफ्नो कार्य-सञ्चालन गर्दछ। ती नेताहरू हेर्दा बड़ो सम्माननीय देखिन्छन् तर पछाड़ि चाहिं अति दुष्ट कामहरू गरिरहेका हुन्छन्। बाइबल वर्णन गर्दछ: “किनकि शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्तन गर्दछ।” (२ कोरिन्थी ११:१४) त्यसकारण, मानिसहरूलाई ठग्ने उसका तरकिपहरू अक्सर निष्कपट मात्रै होइनन् हितकारी पनि देखिनेछन् भनेर हामी आशा गर्न सक्दछौं।
२१. शैतानले प्रयोग गर्ने एउटा योजना के हो?
२१ याद गर्नु होस्, शैतानले आफूलाई हव्वाको मित्रझैं प्रस्तुत गरेको थियो। अनि उसलाई छकाएर यस्तो काम गर्न लगायो, जुन काम द्वारा हव्वाले आफ्नो भलाइ हुन्छ भनी ठानी। (उत्पत्ति ३:४-६) आज पनि स्थिति त्यस्तै छ। उदाहरणकालागि, आफ्नो मानव प्रतिनिधिहरू द्वारा शैतानले बड़ो धुर्त्याइँ साथ, परमेश्वरको उपासना भन्दा बढ़ी मानव राज्यहरूको स्वार्थलाई प्राथमिकता दिन सबैलाई प्रोत्साहित गर्दछ। यसबाट, राष्ट्रियताको भावनाले जन्म लिएकोछ र जसले गर्दा भयङ्कर युद्धहरू भएकाछन्। हालका दिनहरूमा, शैतानले मानिसहरूलाई तिनीहरूको शान्ति र सुरक्षाको खोजीमा अनेकौं योजनाहरू तैयार पार्न प्रोत्साहित पारेको छ। ती योजनाहरू मध्य एउटा संयुक्त राष्ट्र सङ्घ हो। तर के यसले शान्तिपूर्ण संसार उत्पन्न गर्न सकेको छ? बिलकुलै छैन! बरू, मानवजातिकालागि शान्ति ल्याउने ईश्वरीय प्रबन्ध, अर्थात् “शान्तिका राजकुमार”, येशू ख्रीष्टको अधीनमा आउनेवाला राज्य बाटनै मानिसहरूको ध्यान टाढ़ा हटाइ दिने माध्यम, यो संयुक्त राष्ट्र संघ हुन गएको छ।—यशैया ९:६; मत्ती ६:९, १०.
२२. हामीहरूले कुनचाहिं ज्ञान प्राप्त नगरौं भन्ने चाहना शैतानको छ?
२२ यदि हामीहरू अनन्त जीवन प्राप्त गर्न चाहन्छौं भने, परमेश्वर, उहाँको राजा-पुत्र, र उहाँको राज्यको बिषयमा यथार्थ ज्ञान लिनु आवश्यक छ। (यूहन्ना १७:३) तर यो ज्ञान तपाईंले प्राप्त गर्नु भएको शैतान अर्थात दियाबल चाँहदैन र यो ज्ञान पाउनबाट तपाईंलाई रोक्न त्यसले हर प्रयास गर्ने छ। कसरी? तपाईंमाथि विरोध आइपर्न सक्छ र त्यो विरोध उपहासको रूपमा तपाईंले पाउन सक्नुहुनेछ। बाइबलमा भनिएको छ: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।”—२ तिमोथी ३:१२.
२३. (क) हामीहरूलाई निरुत्साहित पार्न शैतानले कसरी मित्रहरू र नातेदारहरू समेत लाई प्रयोग गर्न सक्नेछ? (ख) विरोधको सामने तपाईंले किन हारखानु हुँदैन?
२३ हुनसक्छ तपाईंले धर्मशास्त्रको खोजीगरेको तपाईंका नजिकका साथीहरू अथवा नातेदारहरूले मन पराएका छैनन् भनेर तपाईंलाई भन्लान्। येशू ख्रीष्ट स्वयंले यो चेतावनी दिनु भएको छ: “मानिसका शत्रु ता उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। बाबु अथवा आमालाई म भन्दा बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन र छोरा वा छोरीलाई बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन।” (मत्ती १०:३६, ३७) नातेदारहरूले निष्कपटता सहित तपाईंलाई बाइबल पढ़न देखिन् निरुत्साहित गर्लान् किनभने बाइबलमा पाइने अद्भुत सत्य कुराहरूको जानकारीनै तिनीहरूलाई छैन। तर विरोध भयो भन्दैमा तपाईंले परमेश्वरको वचनको अध्ययन गर्न छाड़िदिनु भयो भने, परमेश्वरले तपाईंलाई कुन दृष्टिले हेर्नुहुनेछ? फेरि, तपाईंले अध्ययन गर्न छाड़िदिनु भयो भने बाइबलको सही ज्ञान जीवन-मरणको महत्वको हो भनेर बुझ्ने मदद तपाईंले आफ्ना मित्रहरू र प्रियजनहरूलाई कसरी दिनसक्नु हुनेछ? परमेश्वरको वचनबाट सिकेका कुराहरूमा तपाईं लागि रहनु भयोभने, यसबाट समयमा तिनीहरूले पनि सच्चाइ सिक्ने प्रेरणा पाउन सक्लान्।
२४. (क) अरू कुन तरिकाहरू प्रयोग गरेर मानिसहरूलाई दियावलले जीवनदायक ज्ञान लिन बाट रोक्दछ? (ख) तपाईंको विचारमा परमेश्वरको वचन अध्ययन गर्नु कतिको महत्वपूर्ण छ?
२४ अर्को तर्फ, परमेश्वरलाई मन नपर्ने कुनै अनैतिक कार्यमा भाग लिन तपाईंलाई शैतानले परीक्षामा पार्न सक्छ। (१ कोरिन्थी ६:९-११) अथवा, तपाईं यति व्यस्त हुनुहुन्छ कि बाइबल अध्ययन गर्ने तपाईंलाई समयनै छैन भन्ने विचार उसले तपाईंको मनमा उत्पन्न गराइदिन सक्छ। तर यदि यस विषयमा विचार गर्नु होस्, के यस प्रकारको ज्ञान उपार्जन गर्नु भन्दा बढ़ी महत्वपूर्ण अरू कुनै कुरा हुनसक्दछ र? तपाईंलाई पार्थिव प्रमोदबनमा अनन्त जीवन तर्फ डोऱ्याउन सकने ज्ञान प्राप्त गर्नमा कुनै पनि कुरालाई बाधक हुन नदिनु होस्!
२५. यदि हामीहरूले दियावलको विरोध गऱ्यौं भने, उसले हामीहरूलाई के गर्न सक्नेछैन?
२५ बाइबलले जोर दिएको छ: “शैतानको विरोध गर।” यसो गर्नु भयोभने, “त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) तर के यसको अर्थ, तपाईंले शैतानको आक्रमणको मुकाबिला गर्नु भयो भने, उसले तपाईंलाई छाड़ि दिनेछ र फेरि कहिले पनि तपाईंलाई कष्ट दिनेछैन भनेको हो? होइन, आफूले चाहे जस्तो काम तपाईंबाट गराउन, उसले बारम्बार प्रयत्न गर्नेछ। तर, यदि तपाईंले उसको विरोध गरिनै रहनु भयोभने, परमेश्वरको विद्रोह गर्ने मार्गमा तपाईंलाई हिड़ाउन उसले कदापि सक्नेछैन। त्यसकारण, बाइबलको अत्यन्त महत्वपूर्ण ज्ञान लिन परिश्रम गर्नु होस् र सिक्नु भएका कुराहरूलाई व्यवहारमा ल्याउनु होस्। किनभने मानिसहरूलाई ठग्ने शैतानको अर्को साधन, झूटो धर्मबाट नठगिनका लागि यो ज्ञान अत्यावशक छ।
[पृष्ठ १६, १७-मा भएको चित्र]
संसारका सबै सरकारहरू शैतानको नहुँदो हो ता के त्यसले ती सबै ख्रीष्टलाई दिनेछु भन्न सक्थियो होला र?
[पृष्ठ १९-मा भएको चित्र]
यो चोर जन्मजात चोर थिएन, त्यस्तै दियावल पनि एउटा “दियावलको” रूपमा सृष्टि गरिएको थिएन
[पृष्ठ २०, २१-मा भएको चित्र]
शैतान र त्यसका दूतहरू पृथ्वीमा फ्याँकिए पछि स्वर्गमा लड़ाइँ सिद्धियो। तपाईं त्यसको प्रभाव अब अनुभव गर्दै हुनुहुन्छ
[पृष्ठ २४-मा भएको चित्र]
तपाईंले निरन्तर बाइबल अध्ययनगर्नु भयो भनेर विरोध आइ पर्नु सक्छ