“सबै परमेश्वरकै महिमाको निम्ति गर”
प्रथम कोरिन्थीका मुख्य बुँदाहरू
यहोवा परमेश्वरको महिमा, “आत्मा र सत्यतामा” उहाँको उपासानगर्ने सबै उपासकहरूका निम्ति विशेष चासोको विषय हो। (यूहन्ना ४:२३, २४) यसकारण, प्रेरित् पावलले प्राचीन कोरिन्थको सह-मसीहीहरूलाई एसो भने: “चाहे तिमीहरू खाओ, अथवा पिओ, अथवा तिमीहरू जे सुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) यसो गर्नुको अर्थ, हामीले झूटो धर्ममा डूबेको, यो भौतिकबादी र अनैतिक संसारमा आफ्ना समस्याहरूको समाधानका निम्ति, यहोवाले दिनु भएको उपायहरू प्रयोग गर्न आवश्यक छ।
समस्याहरू समाधान गर्नका लागि, कोरिन्थका मसीहीहरूलाई ईश्वरीय मददको खाँचो पऱ्यो किनभने तिनीहरू झूटो धर्ममा ग्रस्त, एउटा सामन्ती र अनैतिक शहरमा बस्दथिए। ग्रीसको महाद्वीप र पेलोपोनीसस् बीचको घाँटीमा स्थित, कोरिन्थको शहर, रोमी प्रान्त अकैयाको राजधानी थियो जहाँ प्राय ४००,००० मानिसहरू बसोबास गर्दथिए। पावलले ई. स. ५० तिर त्यहाँ एउटा मण्डली स्थापित् गरे।—प्रेरित् १८:१-११.
कोरिन्थीहरूले पावललाई विवाह र मूर्तिहरूलाई चढाएको मासु खाने सम्बन्धमा सोधी पठाएका थिए। (१ कोरिन्थी ७:१) तिनीहरूको माझमा फूट र अनैतिकता छ भन्ने कुरा सुनेर पावल धेरै नै दुखी भये। तिनीहरूले प्रभुको भोज पनि ठीक सँग मनाउन सिक्न परेको थियो। त्यहाँ धर्मत्यागको खतरा पनि थियो र मण्डलीलाई प्रेम बारे सल्लाह चाहिएको थियो। यी कारणहरूले गर्दा, पावलले कोरिन्थीहरूलाई आफ्नो यो प्रथम प्रेरित् पत्र, एफिसीबाट, प्राय ई. स. ५५ मा, लेखि पठाए। तर यसबाट हामीले पनि लाभ उठाउन सक्नेछौं।
एकता र नैतिक शुद्धता
हामी “सबै कुरा परमेश्वरको महिमाको निम्ति” गर्छौं भने, मण्डली भित्र फूट उत्पन्न निकाल्न कोशिश गर्ने कुनै पनि मानिसको पछि लाग्ने छैनौं—कोरिन्थीहरूको सामने यो एउटा समस्या थियो। (१ कोरिन्थी १:१–४:२१) पावलले तिनीहरूलाई, “एउटै कुरा बोल, तिमीहरूमा फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ” भनेर उपदेश दिइएको पाउँछौं। हामीले पनि यो सल्लाह मान्दै, आत्मिक गुणहरू प्रयोगमा ल्यायौं भने, एकता कायम रहनेछ। कुनै पापी मानिस बारे घमन्ड गर्नु भन्दा, “रोपने र पानी हाल्ने” काम मात्र हामीले गरेका हौं तर “परमेश्वरले बढाउनु भयो” भनेर याद राख्न उचित् हो। घमन्ड गर्ने कोरिन्थीहरू सँग भएका सबै चीज, तिनीहरूले अरूबाट पाएका वरदान थिए; यसकारण, हामीले कहिले पनि आफूलाई आफ्नो भाइ भन्दा श्रेष्ठ ठान्नु भएन। यस प्रकारको नम्र स्वभावले एकतालाई बढावा दिनेछ।
एकता कायम राख्नका लागि, नियुक्त प्राचीनहरू, मण्डलीलाई आत्मिक तौरमा सफा राख्न सकृय हुनु पर्छ। (१ कोरिन्थी ५:१–६:२०) “अलिकता खमिरले जम्मै ढिकालाई खमिरी” बनाउन सक्ने भएकोले, पश्चाताप नगर्ने व्यभिचारीहरू, लोभीहरू, मूर्तिपूजकहरू, गाल गर्नेहरू, मतवालाहरू अथवा लुटाहाहरूलाई बहिष्कार गरिदिन पर्छ। यहोवाका मानिसहरूको माझमा नैतिक अशुद्धतालाई पटक्कै ठाउँ दिनु हुँदैन, किनभने यसले परमेश्वरको मन्दिरलाई अशुद्ध पार्छ। यसको सट्टा, तिनीहरूले परमेश्वरको महिमा गर्ने कुराहरू गर्नु पर्छ।
अरूहरू प्रति विचारशील हुनुहोस्
“सबै कुरा परमेश्वरको महिमाको निम्ति” गर्नकालागि, हामीले विवाहित र अविवाहित् जीवन बारे, पावलको सल्लाह प्रयोगमा ल्याउनु पर्छ। (१ कोरिन्थी ७:१-४०) विवाहको बन्धनमा बाँधिएका पति-पत्नीहरूले एक अर्का प्रति लैंगिक कर्त्तव्य निभाउनु पर्छ। एक जना विवाहित मसीहीले, विश्वास नगर्ने आफ्नो पति वा पत्नीलाई त्यागनु उचित छैन, किनभने यसरी सँगै बस्नाले त्यो विश्वास नगर्ने व्यक्तिले मुक्ति प्राप्त गर्ने मदद पाउन सक्छ। विवाहले बढी मात्रामा चिन्ता उत्पन्न गर्छ भने, अरूहरूलाई आत्मिक मदद दिन चाहने व्यक्तिले प्रभुको सेवा एक चित्त भएर गर्नका निम्ति, अविवाहित अवस्थाबाट धेरै नै लाभ उठाउन सक्नेछ।
तर अरूहरू प्रति विचारशील हुन, सबै विवाहित र अविवाहित मसीहीहरूको कत्तर्व्य हो। (१ कोरिन्थी ८:१–१०:३३) यसकारण, मूर्तिहरूलाई चढाएको मासु खाएर अरूहरूका लागि ठोकरको कारण न हुनु भनेर पावलले कोरिन्थीहरूलाई सल्लाह दिए। अरूहरूलाई सुसमाचार स्वीकार्न गाह्रो न होस् भनेर, पावलले आर्थिक मदद लिने आफ्नो अधिकारको प्रयोग गरेनन्। “अरूहरूलाई प्रचार गरेपछि, आफै चाहिं इन्कार” होला भनेर, उनले आफ्नो शरीरलाई “कुटदै वशमा” राखे। उजाड स्थानमा इस्राएलीहरूका अनुभवहरू मनमा राख्यौं भने, हामी मूर्तिपूजा र अन्य गलत कामबाट टाढा बस्न सक्नेछौं। साथै, “सबै कुरा परमेश्वरको महिमाको लागि” गर्दा, हामी कसैको निम्ति ठोकरको कारण हुने छैनौं।
आदर देखाउनु होस् र व्यवस्थित हुनु होस्
‘सबै कुरो परमेश्वरको महिमाको निम्ति गर्दा’ उचित् आदर देखाउनु आवश्यक छ। (१ कोरिन्थी ११:१–३४) प्रथम शताब्दिकी मसीही स्त्रीले मण्डली भित्र प्रार्थना अथवा भविष्यद्वाणी गर्ने बेलामा, आफ्नो सिर ढाकेर, अधीनताको निम्ति आदर देखाउने गर थिइ। त्यस्तै प्रकारको आदर, ईश्वरीय भक्ति हुने आजकी स्त्रीहरूले पनि देखाउँछन्। साथै, कोरिन्थीहरू जस्तै सुधारको आवश्यक्ता पर्ने मानिसहरू न हुनका लागि, हामी सबैले प्रभुको साँझको भोझको निम्ति आदर देखाउनु पर्छ।
सबै कुरो ‘परमेश्वरको महिमाको निम्ति’ गर्नका लागि, हामीले सभाहरू ‘नियमपूर्वक’ ढङ्गमा सञ्चालित् गर्नु पर्छ। (१ कोरिन्थी १२:१–१४:४०) प्राचीन मसीहीहरू भेला हुँदा, अन्य भाषाहरूमा बोल्ने सक्ने जस्ता आत्माका वरदानहरूको प्रयोग आदर साथ हुनु परथियो। तिनीहरूले ती वरदानहरूको उद्देश्य र स्रोतको मुल्याङ्कन गर्न आवश्यक थियो। आज हामी सँग त्यस प्रकारका वरदानहरू नभएता पनि, ती सबै वरदानहरू भन्दा श्रेष्ठ, प्रेम दर्साएर, परमेश्वरको महिमा गर्दछौं। हामी परमेश्वरको महिमा गर्दछौं किनभने, हाम्रा सभाहरू व्यवस्थित् छन् र हामीले आदरपूर्वक पावलको यो सल्लाह प्रयोगमा ल्याएकाछौं: “सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नू।”
‘सबै कुरा शिष्ट रूपले र नियमपूर्वक गर्नूको’ अर्थ, बाइबलको शिक्षाको आदर गर्नू र अध्यात्मिकतामा बलियो हुनु हो। (१ कोरिन्थी १५:१–१६:२४) ग्रीकहरूको दर्शनबाट प्रभावित् भएर, कोरिन्थी मण्डलीका केही सदस्यहरूले एसो भने: “पुनरूत्थान छैन।” (प्रेरित् १७:१८, ३२ सँग तुलना गर्नु होस्।) भविष्यमा कुनै प्रकारको पुनरूत्थान हुने छैन किनभने त्यस बेलाका जीवित् मसीहीहरूले एउटा आत्मिक र लाक्षणिक पुनरूत्थान अनुभव गरिसकेका छन् भन्ने गैर मसीही शिक्षा तिनीहरूले अपनाएको हुनसक्छ। (२ तिमोथी २:१६-१८) तर पावलले येशूको पुनरूत्थानको उदाहरण द्वारा पुनरूत्थानको साँचो आशालाई समर्थन गरे र साथै, स्वर्गीय अमरत्व प्राप्त गर्न बिउँतनकालागि, अभिषिक्त मसीहीहरूको पनि पहिला मृत्यु हुनै पर्छ भनेर स्पष्ट पारे। अरू कुराहरूमा पनि, पावलका शब्दहरूले हामीलाई “विश्वासमा बलिया” हुने मदद् दिन्छ।
सधैं परमेश्वरको महिमाका लागि काम गर
प्रथम शताब्दिमा झैं, पावलले कोरिन्थीहरूका लागि लेखेको यो प्रथम पत्र, हाम्रा लागि पनि उत्ति कै लाभदायक छ। यो पत्रले यहोवाका वर्तमान साक्षीहरूलाई एकताका साथ, शुद्ध मानिसहरू भएर, परमेश्वरको सेवा गर्ने उत्साह दिन्छ। प्रेरित्का ती सबै शब्दहरूबाट, हामीले एक अर्का सँग विवेक पूर्ण व्यवहार गर्ने र उचित् आदर देखाउने प्रोत्साहन पाउँछौं। पावलका कुराहरूले हामीलाई धर्मत्यागीहरूको विरोध गर्न र साँचो विश्वासका लागि दृढ हुने बल पनि दिन्छ।
यहोवाको प्रत्यक विश्वासी सेवक अवश्य पनि, उहाँलाई धन्य मान्ने, उहाँको राज्यको घोषणा गर्न र उहाँको पवित्र नाउँको महिमा गर्न इच्छुक होला। (भजन १४५:१, २, १०-१३) साँच्चै नै, कोरिन्थीहरूलाई पावलले लेखेको प्रथम पत्र द्वारा, हामीले ‘सबै कुरा परमेश्वरको महिमाको’ निम्ति गर्ने सहायता पाउँछौं। (w90 9/15)
[पृष्ठमा भएको पेटी]
मृत्यु निश्चित्: कोरिन्थीहरूलाई लेखेका पत्रहरूमा, पावलले धेरै चोटी रङ्गशालामा आफ्नो मृत्यु होला भन्ने गरेको पाउँछौं। उदाहरणका लागि, उनले एसो भने: “म विचार गर्दछु, परमेश्वरले हामी प्रेरित्हरूलाई मृत्युको निम्ति सजाय पाएकाहरूलाई झैं सबै भन्दा पछि प्रदर्शन गराउनुभएको छ, किनकि हामी संसार, स्वगदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका छौं।” (१ कोरिन्थी ४:९) यहाँ पावलले बेस्तीयारी (पशुहरू सँग लडने मानिसहरू) र मानिसहरू सँग कुश्ती लडने योद्धाहरूलाई सङ्केत गरेको जस्तो देखिन्छ। कुनै योद्धाहरू ज्यालाको लागि आएर लडने गर थिए तर अपराधीहरू चाहिं लडन बाध्य हुन् थिए। शुरू शुरूमा यिनीहरूलाई लडने बेलामा हतियार दिने गरथिए तर पछि गएर, यी कैदीहरूलाई बहिर रङ्गशालामा नाङ्गै, हतियार बिना र निश्चित् रूपमा मर्ने गरी ल्याउन चलन गरे।
प्रेरित्हरू पनि यस प्रकारका डर लाग्दा तमाशा भएर मरनेहरू जस्तै, संसारको लागि मात्र होइन, तर “स्वर्गदूतहरू” र “मानिसहरूका” लागि पनि एउटा दृश्य भए। पावलले एसो भनेको पाउँछौं: “मैले एफिसीमा जङ्गली जानवरहरू सँग लडनु पऱ्यो।” तर कसै कसैको विचार अनुसार, पावल रोमी नागरीक भएको हुनाले, यी सबै दुखः उनले भोग्नु परेन होला र अवश्य पनि उनले यहाँ जानवर सरह विरोधीहरू बारे कुरा गर्नु हुँदैछ। (१ कोरिन्थी १५:३२) तर “मृत्यु” जस्तो ठूलो कुरोबाट, परमेश्वरले उनलाई एशियामा (जहाँ एफिसस् स्थित् छ) बचाउनु भयो भनेर पावलको कुरा सँग, मानव विरोध भन्दा पनि रङ्गशाला भित्र जङ्गली जानवरहरू सँग भएको अनुभव मेल खान्छ।—२ कोरिन्थी १:८-१०; ११:२३; प्रेरित् १९:२३-४१.
[पृष्ठमा भएको पेटी]
आँखाको सामने पुरस्कार राख्नुहोस्: पावलले प्रचलन ग्रीक खेलकुदका विभिन्न उदाहरण द्वारा महत्वपूर्ण शिक्षाहरू दिने गर्थिए। (१ कोरिन्थी ९:२४-२७) कोरिन्थ निर, प्रत्यक दुई सालमा एक पटक हुने इसमियन खेलकुदमा, दौडने, बक्सीङ्ग र अरू प्रतियोगिताहरू हुन् थियो। यी प्रतियोगिताहरूका लागि तयारी गर्दा, दौडनेहरू र बक्सीङ्ग खेल्नेहरूले कमसे कम १० महिनाका लागि दाखरस पिउँदैन थिए र स्वस्थकर भोजन मात्र लिने गरेर अझ अरू कुराहरूमा पनि संयम गर थिए। तर यी इसमियन खेलकुदमा विजय प्राप्त गर्ने मानिसहरूले पाउने देवदारू अथवा वृक्षलताको मुकुटको सट्टामा, अभिषिक्त मसीहीहरूले जीवनको अविनाशी मुकुट पाउने थियो। त्यो पुरस्कार पाउनका लागि, यो मसीहीले सधैं आफ्नो आँखा पुरस्कारमा राखेर संयम गर्नु परेको थियो। यही सिद्धान्त यहोवाका साक्षीहरूमा पनि प्रयोग हुन्छ किनभने तिनीहरूको सामने पनि अनन्त जीवनको आशा छ।