प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • ५ तिमोथिलाई लेखेको पहिलो पत्रमा र तितसलाई लेखेको पत्रमा प्रेषित पावलले निरीक्षक हुन चाहिने आधारभूत धर्मशास्त्रीय आवश्‍यकताहरूबारे बताए। पहिलो तिमोथि ३:१-७ मा यस्तो लेखिएको पाउँछौँ: “यदि कुनै पुरुष निरीक्षक बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको, व्यवस्थित र अतिथि-सत्कार गर्ने हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता हुनुपर्छ, तिनी पियक्कड हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन बरु व्यावहारिक हुनुपर्छ, झगडालु हुनु हुँदैन, पैसाको प्रेमी हुनु हुँदैन, तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन नत्र त तिनी घमन्डले फुल्नेछन्‌ र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्‌। यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ नत्र त तिनीमाथि दोष लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्‌।”

  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • ७ झट्ट हेर्दा निरीक्षकले पूरा गर्नुपर्ने यी आवश्‍यकताहरू असाध्यै गाह्रो देखिएला। तर ख्रिष्टियन भाइहरू अघि बढ्‌न हिचकिचाउनु हुँदैन। यी भाइहरूले निरीक्षक बन्‍न चाहिने असल गुणहरू देखाउँदा मण्डलीमा अरू पनि त्यसै गर्न प्रोत्साहित हुन्छन्‌। परमेश्‍वरले “वरदानको रूपमा पुरुषहरू” दिनुको कारणबारे पावलले यस्तो लेखे: “ताकि पवित्र जनहरूलाई सच्याउन सकियोस्‌, तिनीहरूले सेवाको काम गरून्‌ र ख्रिष्टको शरीर तबसम्म बढ्‌दै जाओस्‌, जबसम्म हामी सबैले विश्‍वासमा र परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा एकरूपता हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ।”—एफि. ४:८, १२, १३.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने