आनन्दले परिपूर्ण हुनुहोस्
“चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।”—प्रेरित १३:५२.
१. (क) आनन्द कस्तो फल हो? (ख) कुन आनन्दमय प्रबन्धको लागि परमेश्वरलाई महिमा दिनु परेको छ?
आनन्द! पावलले आत्माका फलहरूको वर्णन गर्दा, यो मसीही गुणलाई दोस्रो ठाउँ दिएको छ। (गलाती ५:२२-२५) त्यो आनन्दको कारण के हो? परमेश्वरको दूतले १,९०० वर्ष भन्दा अघि, नम्र गोठालाहरूलाई सुनाएको यो सुसमाचार हो: “म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। किनभने दाऊदको शहरमा आज तिमीहरूका निम्ति एउटा मुक्तिदाता जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ।” यस पछि, स्वर्गीय सेनाको एक दल देखा परे र त्यो स्वर्गदूतसँग आनन्दसाथ परमेश्वरको स्तुति गर्दै एसो भने: “परमप्रधान परमेश्वरलाई महिमा र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति।”—लूका २:१०-१४.
२, ३. (क) परमेश्वरले आफ्नो पहिलौठो पुत्रलाई मानिसको मुक्तिदाता हुन पठाउन किन उचित थियो? (ख) येशूले, उहाँ पृथ्वीमा हुनुहुँदा, परमेश्वरको अरू कुन उद्देश्य पनि पूरा गरेर देखाउनु भयो?
२ प्रभु ख्रीष्ट द्वारा मुक्ति दिनु भएर यहोवाले मानिसहरू प्रति प्रसन्नता प्रकट गर्नु भएको छ। परमेश्वरको पहिलौठो पुत्र साँचो बुद्धिको प्रतीक हुनुहुन्छ र सृष्टिको समयमा उहाँले आफ्नो पिताबारे एसो भन्नुभयो भनेर चर्चा गरिएको छ: “त्यस बेला म उहाँको छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें। उहाँले बनाइसक्नुभएपछि पृथ्वीमा खेल्दै, मेरो आनन्द चाहिं मानव-जातिमा थियो।”—हितोपदेश ८:३०, ३१, रथरहेम.
३ यसैकारण, मानिसहरूमा यत्तिका आनन्द लिने पुत्रलाई नै मानिसको मुक्तिदाताको रूपमा पठाउनुभएर यहोवाले उचित काम गर्नु भयो। यसले परमेश्वरको महिमा कसरी बढ़ाउन सक्थियो? यसबाट, परमेश्वरले पृथ्वीमा धर्मी र शान्ति रूचाउने मानिसहरूले भरिभराउ पार्ने आफ्नो भव्य उद्देश्य पूरा गर्ने बाटो खोलिने भयो। (उत्पत्ति १:२८) एउटा सिद्ध मानिसले, कत्तिकै गाह्रो परीक्षामा परेता पनि, सार्वभौम सत्तासम्पन्न प्रभु, यहोवाको आज्ञा मान्न सक्दछ भनेर पृथ्वीमा छँदा यो पुत्र, येशूले प्रदर्शित गर्नु हुँदै, सृष्टिमाथि पिताको अधिकारयुक्त शासनको औचित्यलाई पूर्णरूपमा प्रमाणित गरी दिनु भयो। (हिब्रू ४:१५; ५:८, ९) येशूले आफ्नो समग्रता पालनको कार्य मार्ग द्वारा, साँचो मसीहीहरूका लागि, उहाँको पाइलामा टेकेर हिड़ने एउटा उदाहरण छाड़ि दिनु भयो।—१ पत्रुस २:२१.
४. येशूको धैर्यबाट कुन आनन्द उत्पन्न भयो र यसले हामीलाई कसरी प्रोत्साहित पार्नु पर्दछ?
४ आफ्नो पिताको इच्छा यस प्रकार पालन गर्दा येशूले अपार आनन्द अनुभव गर्नु भयो। पावलले हिब्रू १२:१, २ मा यो सङ्केत गरेको छ: “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” यो कस्तो आनन्द हो? आफ्नो पिताको नाउँ उँचा पार्ने र मृत्युबाट मानिसजातिलाई छुटकारा दिने आनन्द मात्र यो होइन तर, आज्ञाकारी मानिस जातिका लागि एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पुनःस्थापित गरी दिंदै आफू राजा र प्रधान पूजाहारीको हैसियतमा शासन गर्ने आनन्द हो यो।—मत्ती ६:९; २०:२८; हिब्रू ७:२३-२६.
५. येशूका भाइहरू को हुन् र तिनीहरूले कुन् अनुपम आनन्दमा भाग लिन्छन्?
५ हो, परमेश्वरको पुत्रले सधैं नै मानिसको सेवा गर्नमा आनन्द लिनु भएको छ। र पृथ्वीमा समग्रता पालन गर्ने व्यक्तिहरू जसलाई उहाँले “भाइ” भनेर सम्बोधन गर्नु हुन्छ र जसले, मरे पछि, उहाँसँग स्वर्गमा पुनरुत्थान पाउने छन्, ती व्यक्तिहरूको समूहलाई मानिहरूबाट छान्ने काममा पनि येशूले आनन्द साथ आफ्नो पितासँग भाग लिनु भएको छ। यो समूहका व्यक्तिहरूले येशूसँग एउटा अनुपम आनन्द अनुभव गर्दछन्। तिनीहरूलाई शास्त्रले “पवित्र र धन्यका” भनेको छ र तिनीहरू “परमेश्वर र ख्रीष्टका पुजाहारीहरू भएर एक हजार वर्षसम्म राज्य गर्नेछन्।”—हिब्रू २:११; प्रकाश १४:१, ४; २०:६.
६. (क) राजाले आफ्ना “अरू भेंड़ाहरूलाई” के आनन्दमय निमन्त्रणा दिनु हुन्छ? (ख) यी भेंड़ाहरू मध्यका धेरैले आज के अधिकारहरूको आनन्द उठाइरहेछन्?
६ यिनीहरू बाहेक, शासन गर्नु हुने राजाले अलग्ग पार्नु भएर आफ्नो दाहिने हात पट्टि राख्नु हुने “अरू भेड़ाहरूको” एउटा ठूलो भीड़ले उहाँबाट यो निमन्त्रणा पाउँछन्: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” (यूहन्ना १०:१६; मत्ती २५:३४) कत्ति आनन्दमय अधिकार! राज्यको पार्थिव भाग अधिकार गर्ने यी व्यक्तिहरूमध्यका धेरै जनाले आज अभिषिक्त जनहरूसँगसँगै यहोवाले अग्रिमवाणी गर्नु भए जस्तैगरी जिम्मेवारीहरू स्वीकारी रहेछन्: “परदेशीहरू खड़ा हुनेछन् र उभि उभि तेरा भेड़ा-बाख्राहरूलाई चराउनेछन्, र विदेशीहरू तेरा हलो जोत्ने र दाखबारीका माली हुनेछन्। तर तिमीहरू परमप्रभुको [यहोवाको NW] पूजाहारी भनिनेछौ। मानिसहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक भन्नेछन्।” यी सबै जना परमेश्वरको अगमवक्तासँग एक मुख भएर एसो भन्दै गाउँछन्: “म परमप्रभुमा [यहोवामा NW] साह्रै आनन्दित हुनेछु। मेरो आत्माले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई मुक्तिको पोशाक पहिराउनुभएको छ, र उहाँले मलाई धर्मको वस्त्रले ढाक्नु भएको छ।”—यशैया ६१:५, ६, १०.
७. १९१४ देखिन्को यो दिन किन एउटा अति नै विशेष दिन हो?
७ आज हामी एउटा अति नै विशेष दिनमा बाँची रहेका छौं। १९१४ देखिन् येशूले स्वर्गीय राजाको रूपमा राज्य गर्नु भएको दिन हो यो र यसबारे भजनसंग्रह ११८:२४, २५ मा यसप्रकार वर्णन गरिएको छ: “यो दिन परमप्रभुलेनै [यहोवाले नै NW] बनाउनु भएको हो। यसमा हामी हर्षित् हुनेछौं, आनन्दित हुनेछौं। हे परमप्रभु [यहोवा NW], हामी आग्रहपूर्वक बिन्ती गर्दछौं, अब उद्धार गर्नुहोस्! अब सुदिन पठाइ दिनुहोस्!” महान बाबेललाई यहोवाले नाश गर्नु भए पछि ख्रीष्टकी दुलही वर्गका १४४,००० भाइहरूलाई तिनीहरूका स्वर्गीय राजासँग एक गराउनु हुँदा यो दिन चरम सीमामा पुग्नेछ। त्यति बेला परमेश्वरका सारा जनहरू “अत्यन्त खुशी भएर रमाउने” छन्। तिनीहरूका मसीही राजाले आफनो भक्त राष्ट्रलाई बचाएर उहाँको धार्मिक नया संसारमा प्रवेश गराउन तिनीहरूका लागि आरमा-गेडोनको युद्धमा लड़दा तिनीहरू अझ आनन्दित् हुनेछन्। (प्रकाश १९:१-७, ११-१६) यो आनन्दमय आशाको धोषणा गर्ने काममा के यहोवाले आफ्ना जनहरूलाई सफलता प्रदान गर्नु हुन्छ र? तपसिलमा दिइएको रपोर्टले बताउनेछ।
विश्वव्यापी वृद्धि
८. (क) पवित्र आत्माको आनन्द, यहोवाका साक्षीहरूको वार्षिक पुस्तक अथवा दी यर बुक अफ जेहोवास विटनेसेसमा कसरी प्रतिबिम्बित भएको छ? (ख) रिपोर्टका केही विशेषताहरू के हुन्?
८ यहोवाका आधुनिक साक्षीहरू “पवित्र आत्माको शक्तिमा, आशा [र] सारा रमाहटले” भरिपूर्ण छन्। (रोमी १५:१३) यो कुरा यहोवाका साक्षीहरूको १९९१ वार्षिक पुस्तकमा [दी १९९१ यर बुक अफ जेहोवास विटनेसेस्] प्रष्ट देखिन्छ। त्यसमा, १९९० मा गरिएको राज्य सेवाको विश्वव्यापी रिपोर्टको पूर्ण विवरण दिएको छ। क्षेत्रमा, ४,०१७,२१३ सकृय सेवकहरूको नया सङ्ख्या देख्दा हामी कति रमाउँदछौं! जसै संसारभरि २१२ मुलुकहरूमा भेड़ा खालका मानिसहरूलाई जम्मा गर्ने काम अघि बढ़दै गएको छ, यी अङ्कहरूबाट बितेको १० वर्षमा ७७ प्रतिशत बढ़ती भएको देखिन्छ। १५ वर्ष पछि, बप्तिस्मा लिनेहरूको सङ्ख्या पनि फेरि एउटा नया शिखरमा पुगेको छ—३०१,५१८! विशेष गरी पूर्वीय यूरोपका साक्षीहरू उपस्थित भएका धेरै सम्मेलनहरूमा बप्तिस्मा लिने मानिसहरूको सङ्ख्या ठूलो थियो। यिनीहरू मध्य धेरै जवान मानिसहरू थिए जसद्वारा, बूढ़ाहरूसँगसँगै धर्म मरेर जानेछ भन्ने समाजवादी दाबी झूटा साबित भएको छ।
९. (क) आमा-बाबुहरूले शुरू देखिन् नै आफ्ना बालकहरूलाई प्रशिक्षण दिएका हुनाले आज के आनन्दमय प्रतिफल देख्दैछौं? (ख) स्थानीय र अरू कुन अनुभवहरूले यस कुरालाई प्रमाणित पार्दछ?
९ भीड़का भीड़ जवान मानिसहरू भजनसंग्रह ३२:११ मा उल्लेखित् यो आह्वान सुनेर आइरहेछन्: “हे धर्मात्मा हो, परमप्रभुमा [यहोवामा NW] मग्न होओ र रमाओ। र सोझो हृदय भएका हो, तिमीहरू सबै आनन्दसाथ कराओ।” धेरै आमा-बाबुहरूले आफ्ना बालकहरूलाई “बाल्यकाल देखिन्” नै प्रशिक्षण दिने सुझाव प्रयोगमा ल्याइरहेको जस्तो देखिन्छ। (२ तिमोथी ३:१५) ती साना उमेरकाहरूका लागि बनाइएका पढ़ने सामग्री र क्यासेट टेपहरूको पूरा प्रयोग हुँदैछ। यी केटा-केटीहरू स्कूल प्रवेश गर्ना साथै, असल साक्षी दिने काम गरिरहेछन्। उदाहरणका लागि, जापानकी एउटी आठ वर्षे केटीले यो रिर्पोट दिएकी छे: “गरम महिनाको बिदा पछि, मैले मेरी गुरूआमालाई यो प्रश्न गरें: ‘बिदाको बेलामा के तपाईं आफ्नो बुबाको चिहानमा जानु भएको थियो?’ उहाँले यो जवाफ दिनु भयो: ‘हो, गएँ। मेरो बुबा असाध्य नरम मिजाजको मानिस हुनु हुन्थ्यो। म तिनको चिहानमा प्रत्यक साल जाने गर्छु।’ मैले उहाँलाई एसो भने: ‘तपाईंले बाइबल अध्ययन गर्नु भएर परमेश्वरको शिक्षा पालन गर्नु भयो भने, तपाईंले आफ्नो मयालु पितालाई एउटा पार्थिव प्रमोदबनमा भेट्न सक्नु हुनेछ।’ यस पछि मैले उहाँलाई माइ बुक अफ बाइबल स्टोरिज दिएँ। अब हाम्री गुरूआमाले प्रत्यक हप्ताह, खाजा खाने बेलामा, यस पुस्तकबाट एउटा एउटा अध्याय पढ़ेर सम्पूर्ण कक्षालाई सुनाउनु हुन्छ।”
१०. यङ्ग पिपल आस्क नाउँ भएको पुस्तक द्वारा के राम्रो उद्देश्य पूरा भएको छ र यसका केही उदाहरणहरू दिनुहोस्?
१० २० वर्ष न पुगेका जवान मानिसहरूलेपनि क्वेशचन्स यङ्ग पिपल आस्क—आन्सर्स दैत वर्क भन्ने पुस्तको, दुवै व्यक्तिगत अध्ययनका लागि र अरू जवान मानिसहरूलाई साक्षी दिने काममा, खूब राम्रो प्रयोग गरिरहेछन्। आमा-बाबुहरूले पनि यसको धेरै नै मुल्याङ्कन गरेका छन्। स्वीजरलैण्डमा, सहायक अग्रगामी हुन भर्ना भएकी एक जना बहिनीले आफ्नो बच्चाको स्कूलका साथीहरूका आमा-बाबुहरूलाई भेट्ने फैसला गरिन्। यसबाट धेरै आमा-बाबुहरूसँग रमाइलो छलफल गर्ने मौका खोलियो र हाम्री बहिनीले तिनीहरूसँग २० प्रति किताब (धेरै जसो यङ्ग पिपल आस्क) र २७ प्रति पत्रिकाहरू छाड़न सकिन्। ट्रिनिडेडमा स्कूल जाने एउटी युवतीले यो पुस्तक आफ्नी गुरूआइन्लाई दिइन्। यस पछि, यी युवतीकी आमाले स्कूलमा काम गर्ने ३६ जना व्यक्तिहरूको माझमा २५ प्रति वितरण गर्न सकिन्। अर्को महिना पनि, तिनले राम्रोसँग चिनेका आमा-बाबुहरूलाई विशेष ध्यान दिंदै, ९२ प्रति बाँटन सकिन् र धेरै जनासँग बाइबल अध्ययन पनि शुरू गर्न सकिन्। कोरियामा, एउटा माध्यमिक पाठशालाको शिक्षकले यङ्ग पिपल आस्क पुस्तकमा आधारित “म आफ्नो अध्ययनको गुणस्तरमा उन्नति कसरी गर्न सक्छु” र “म मेरो शिक्षकसँग कसरी मेल कायम राख्न सक्दछु?” भन्ने विषयहरूमा छोटो छोटो भाषण दिए पछि, विद्यार्थीहरूको सामने यो पुस्तक प्रस्तुत गरे। कक्षाका विद्यार्थीहरूले यस पुस्तकको ३९ प्रति लिइसके पछि, कुनै कुनै आमा-बाबुहरूले शिकायत गर्न थाले। जसले गर्दा, यो पुस्तकलाई स्कूलको प्रधान अध्यापकले जाँच गरे र यो पुस्तक “अत्यन्त राम्रो रहेछ” भने पछि, आफ्नै छोरीका लागि पनि एक प्रति मँगाइ पठाए।
सर्वोत्तम शिक्षा
११, १२. वाचटावर सोसाइटीका प्रकाशनहरू द्वारा उत्तम स्तरको शिक्षा पाउन सकिन्छ भनेर, के प्रमाण प्रस्तुत् गर्न सकिन्छ?
११ हाम्रा पत्रिकाहरूको शैक्षिक मूल्यलाई धेरैले मान्यता दिन्छन्। उदाहरणका लागि, यु. एस. को एउटा स्कूलको शिक्षकले जुलाई २२, १९९० को अवेक! पत्रिकाको (मादक पर्दाथको लतको पर्दाफास गर्ने विषयमा) १,२०० प्रति कक्षामा प्रयोग गर्नका लागि मँगाइ पठाए। साथै, स्कूलहरूमा यहोवाका साक्षीहरूका अनुकरणीय चाल-चलन द्वारा अरूहरू माथि राम्रो प्रभाव परी नै रहेको छ। थाइलैण्डमा, एउटा हल्ला मचेको कक्षा भित्र, शिक्षकले ११ वर्षे राचालाई कक्षाको सामने बोलाएर सबैलाई एसो भने: “तिमीहरू सबैले राचाको उदाहरण किन नलिएको? उ पढ़ाइमा लगनशील छ र उसको आनी-बानी सुशील छ।” यस पछि तिनले यो कुरा थपिन्: “तर तिमीहरूले आफ्नो आनी-बानी राचाको जस्तै बनाउनका लागि शायद तिमीहरू जम्मै राचा जस्तै यहोवाको साक्षी हुनु पर्छ होला।”—हितोपदेश १:८; २३:२२, २३ सँग तुलना गर्नुहोस्
१२ डमीनिकन गणतन्त्रबाट एउटी जवान बहिनीले एसो भनेर लेखी पठाएकी छिन्: “चार वर्षको उमेरमा, एउटा धार्मिक पूर्व-माध्यमिक विद्यालयबाट मैले लेख्न र पढ़न सिकेर, म केही समय पछि पास भएर जानै लागेको थिएँ। उपहारको रूपमा यु केन लिव फरेवर इन प्याराडाइज अन अर्थ पुस्तक, मलाई शिक्षा दिने ननलाई मैले दिएँ र त्यसको साथमा यो सानो सन्देश पनि: ‘तपाईंले मलाई पढ़न र लेख्न सिकाउनु भएकोलागि म धेरै नै कृतज्ञ छु। तर तपाईंले मेरो विश्वास पनि बुझ्नु भएको र यो पृथ्वी प्रमोदबन भए पछि यहाँ सदाका लागि जीवन बिताउने मैले जस्तै तपाईंले पनि आशा राख्नु भएको म चाहन्छु।’ यसका लागि मलाई स्कूलबाट हटाइयो। आठ वर्ष पछि तिनै शिक्षकसँग मेरो फेरि भेट भयो। पादरीबाट धेरै विरोधको सामना गर्दै पनि, तिनले मैले दिइएको पुस्तक पढ़िछन्। त्यहाँबाट तिनी राजधानीमा सरे पछि यहोवाको एक जना साक्षीसँग अध्ययन गर्न सम्भव भएछ। म सँगसँगै ‘शुद्ध भाषा’ सम्मेलनमा तिनले पनि बप्तिस्मा लिन लागेकी थिइन्।” भविष्यवाणीमा भने बमोजिम, बुद्धिको कुरा “दूधे बालक र काखको बालकहरूको मुखबाट” आउन सक्दछ!—मत्ती २१:१६; भजनसंग्रह ८:१, २.
१३. २० वर्ष पनि न पुगेका जवान मानिसहरूले सुलेमानको सल्लाह कसरी प्रयोगमा ल्याइरहेका छन् र यो कुरा विश्वभरिको रिपोर्टमा कसरी प्रतिबिम्बित भएको छ?
१३ सुलेमानले यो प्रोत्साहनपूर्ण सल्लाह दिएको छ: “ए जवान मानिस, आफ्नो युवास्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर। तेरो मन र आँखाले तलाई बाटो देखाऊन्।” (उपदेशक ११:९) आज यहोवाका साक्षीहरूका धेरै छोरा-छोरीहरूले यी शब्दहरूलाई प्रयोगमा ल्याउँदै, पूर्ण समय यहोवाको सेवामा बिताउने तयारी आफ्नो युवावस्थामा गरेर, स्कूल छाड़ना साथै यो सबै भन्दा महान कार्यमा लागेका देख्न पाउनु साँच्चैनै ठूलो आनन्दको कुरा हो। अग्रगामीहरूको सङ्ख्या निरन्तर तीब्रता साथ बढ़ी रहेको छ र गएको सालमा ८२१,१०८ जना अग्रगामीहरूबाट रिपोर्ट पाइयो। बेथेलमा सेवा गर्ने ११,०९२ भाइ बहिनीहरू लगाएर हाम्रा जम्मा प्रचारकहरूको सङ्ख्याको त्यो २१ प्रतिशत हो!
१४. हाम्री बहिनीहरूले के योगदान दिइरहेकीछन् र तिनीहरू कस्तो प्रशंसाको योग्य छन्?
१४ चासोको कुरा के हो भने, संयुक्त राष्ट्र अमेरिका जस्ता अन्य देशहरूमा जम्मै अग्रगामी प्रचारकहरूको ७५ प्रतिशत बहिनीहरू छन् र यसले भजनसंग्रह ६८:११ का यी शब्दहरूलाई बल दिन्छ: “परमेश्वरले वचन दिनुहुन्छ। शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।” क्षेत्र-सेवकाईमा धेरै जसो काम बहिनीहरूले गरेका लागि, तिनीहरू प्रशंसाका योग्य छन्। तिनीहरूले निपुणतासाथ बाइबल अध्ययनहरू गरेर, धेरै जनालाई सच्चाइ तर्फ ल्याइरहेका छन्। साथै धेरै विवाहित बहिनीहरू जस जसले मण्डलीमा धेरै जिम्मेवारीहरू उठाइरहेका आफ्ना पतिहरूको वफादारीसाथ सहयोग गरिरहेछन्, तिनीहरूको पनि हार्दिक प्रशंसा गर्नु उचित छ।—हितोपदेश ३१:१०-१२; एफिसी ५:२१-२५, ३३.
बाइबलको शिक्षाको समृद्धि
१५. (क) विश्वभरिको रिर्पोटमा उल्लेखित् कुनै कुनै देशहरूले घर-घर गएर बाइबल अध्ययन गर्ने काममा के श्रेष्ठता देखाएका छन्? (ख) बाइबल अध्ययनहरू कति फलदायक हुन सक्दछ भनेर, के अनुभवहरूको तपाईंले बयान गर्नु सक्नु हुन्छ?
१५ बाइबलको शैक्षिक कामको समृद्धि भइरहेकोछ। विश्वभरि, प्रत्यक महिना ३,६२४,०९१ ठाउँहरूमा बाइबलको अध्ययन भइरहेछ। बाइबलको सच्चाइले मानिसहरूको व्यक्तित्वमा परिवर्तन ल्याउन सक्दछ। उदाहरणका लागि, जनवरी १९८७ मा एउटा मानिसलाई, चोरी र जालसाजी गरे वापत झ्यालखानमा २५ महिना बिताए पछि, असट्रेलियाबाट न्युजीलैण्ड पठाइ दिए। त्यो मानिसलाई मादक पदार्थको लत थियो र यी पदार्थहरू बिक्रीगर्ने काम उसले १७ वर्ष देखिन गर्दै आएको थियो। एक वर्ष पछि, उसकी पत्नीले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थालिन् र तिनको ज्ञान बढ़दै गए पछि, उसले तिनको चालचलनमा विशेष परिवर्तन देख्यो। तिनी एउटी अझ असल आमा र पत्नी भइन्। आफ्नी पत्नीले आग्रहपूर्वक बिन्ती गरे पछि, उ जुन १९८९ मा एउटा सर्कट सम्मेलनमा उपस्थित भयो। यस पछि, उसले घरमा बाइबल अध्ययन गर्न स्वीकार गर्यो र तुरन्त उसको जीवन-शैली र बाहिरी पहिरनमा ठूलो परिवर्तनहरू देखिन थाल्यो। परिवारका सातै सदस्यहरू सभाहरूमा भेला हुन थाले। एफिसी ४:१७-२४ मा उल्लेखित् पावलको सल्लाह पालन गर्ने व्यक्ति भएर, उसले जनवरी १९९० मा बप्तिस्मा लियो।
१६. (क) १९९० सालको स्मरणार्थको रिपोर्ट आनन्दको स्रोत किन हो? (ख) कुन कुरालाई जरूरी सम्झनु परेको छ र हामी सबैले मदद दिन के प्रयत्न गर्नु पर्ने हो?
१६ मङ्गलवार, अप्रिल १०, १९९० मा मनाइएको प्रभुको मृत्युको स्मरर्णार्थको उपलक्ष्यका लागि भेला भएका ९,९५०,०५८ जना मानिसहरूको सङ्ख्या वार्षिक रिपोर्टको एउटा विशेषता भएको छ। २१२ देशहरू मध्य ७० भन्दा बढ़ी देशहरूको रिपोर्ट अनुसार, यस उपलक्ष्यमा भेला भएका मानिसहरूको सङ्ख्या तिनीहरूको प्रचारकहरूको सङ्ख्या भन्दा तीन गुणा बढ़ी थियो! उदाहरणका लागि, विरोध हुँदा हुँदै पनि, सात अफ्रिकी देशहरूमा जम्मा ६२,७१२ प्रचारकहरू भएता पनि, त्यहाँ स्थरणार्थका लागि भेला हुनेहरूको सङ्ख्या २०४,३५६ थियो। युद्धले ग्रस्त लाइबेरियाका १,९१४ जना प्रचारकहरू पनि तिनीहरूसँग स्मरणार्थको उपलक्ष्यमा ७,८११ जना भेला भएको देखेर खूबै रमाए। जम्मा ६,४२७ प्रचारकहरू भएको हायटीमा पनि ३६,५५१ जना भेला भए। माइक्रोनेस्यिका छरिएका टापूहरूका ८८६ प्रचारहरूसँग पनि ३,९५८ जना उपस्थित भए। श्री लङ्काका १,२९८ प्रचारकहरूले ४,५२१ जना भेला भएका रिपोर्ट दिएको छ र ७३,७२९ प्रचारकहरूभएको जामबियामा ३२६,९९१ व्यक्तिहरू भेला भए अर्थात् जामबियाको जन सङ्ख्याको प्रत्यक २५ जना मानिसहरूबाट एक जना त्यहाँ उपस्थित थिए। विश्व रिपोर्ट अनुसार, बगालमा एकत्रित हुन पर्खीरहेका साँचो हृदयका अझ लाखौं मानिसहरू छन्। तर साँचो हृदयका भएर मात्र पुग्दैन। के हामीले घर-घरमा गएर गर्ने आफ्नो बाइबल अध्ययनहरूको गुणस्तर बढ़ाएर स्मरणार्थको उपलक्ष्यमा आएका मानिसहरूलाई तिनीहरूको विश्वास अझ बलियो पार्ने मदद दिन सक्छौं कि? तिनीहरू हाम्रा सकृय साथीहरू भएर यहोवाको प्रशंसा गरेको देख्न चाहन्छौं। यो तिनीहरूको जीवन-मरणको कुरा हो!—भजनसंग्रह १४८:१२, १३; यूहन्ना १७:३; १ यूहन्ना २:१५-१७.
आनन्दको परिपूर्णता
१७. प्रथम शताब्दीका कुन् उदाहरणहरूले हामीलाई आफ्नो फैसला दृढ़तासाथ पक्री राख्ने मदद दिनु पर्ने हो?
१७ हाम्रो सामने जस्तो सुकै परीक्षाहरू आएता पनि, आफ्नो आनन्दलाई पक्री राख्ने फैसला गरौं। स्तीफनलाई आएको कठिन अनुभव हाम्रो सामने न आएता पनि, तिनको उदाहरणले हामीलाई बल दिन सक्दछ। तिनीमाथि दोष आइपर्दा पनि, आफ्नो आनन्दित स्वभाव कायम राख्न सके। तिनका शत्रुहरूले “तिनका चेहरा स्वर्गदूतको चेहराझैं” देखे। तिनको यो कठिन परीक्षामा परमेश्वरले तिनलाई साथ दिनु भयो। शहीद भएर मर्ने बेलासम्म, “पवित्र आत्माले भरिपूर्ण” भएर तिनले साहसी भएर साक्षी दिए। पावल र बर्णाबास जसै अन्यजातिहरूलाई प्रचार गर्न जान थाले, तब “तिनीहरू खुशी भए र परमेश्वरको [यहोवा NW] वचनको महिमा गर्न लागे।” सतावट फेरि शुरू भयो। तर यसबाट विश्वासगर्नेहरूलाई केही फरक परेन। “चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।” (प्रेरित ६:१५; ७:५५; १३:४८-५२) हाम्रा शत्रुहरूले हामीलाई आज जे गरेता पनि, हाम्रा दैनिक जीवनमा जस्तो सुकै परीक्षाहरू आइ परेता पनि, पवित्र आत्माको हाम्रो आनन्दलाई हामीले कहिले पनि निभ्न दिनु हुँदैन। पावलले यो सल्लाह दिए: “आशामा आनन्द गर, सङ्कष्टमा स्थिर रहो, प्रार्थनामा अटूटसँग लागिरहो।”—रोमी १२:१२.
१८. (क) नया यरूशलेम के हो र परमेश्वरका जनहरू तिनीसँग किन रमाउनु उचित हो? (ख) “नया स्वर्गहरू र नया पृथ्वीले” मानिस जातिलाई कसरी आशिष दिनेछ?
१८ त्यो आशा कति अद्भुत छ! आफ्ना सबै जनहरूलाई यहोवा यो घोषणा गर्नु हुन्छ: “हेर, म नया आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।” प्रभु येशू ख्रीष्टको साथमा “नया यरूशलेम” (जुन परमेश्वरको स्वर्गीय सङ्गठन अथवा “माथिको यरूशलेमको” राजधानी हो) र पृथ्वीमा हुने नया संसारको समाज सबै मिलेर मानिसजातिका निम्ति असीमित आनन्द ल्याउनेछन्। (गलाती ४:२६) मरेका मानिसहरूको पुनरुत्थान, सबै आज्ञाकारी जनहरूलाई मानव सिद्धता साथको अनन्त जीवन प्राप्त गर्न दिने र एउटा पार्थिव प्रमोदबनमा सदा सर्वदाका लागि उपयोगी र जाँगरिलो जीवन बिताउने मौका—कति शोभायमान आशा र आनन्दको कारण हो! जसै यहोवा स्वयं ‘यरूशलेममा हर्षित’ हुनुहुन्छ र आफ्ना ‘प्रजामा रमाउनु’ हुन्छ, उहाँका अगमवक्ताले पनि परमेश्वरका जनहरूलाई एसो गर्ने आह्वान दिन्छन्: “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होऊ। आनन्दले गद्गद् होऊ।” (यशैया ६५:१७-१९; ६६:१०; प्रकाश १४:१; २०:१२, १३; २१:२-४) प्रेरित पावलको यो सल्लाह मान्दै हामी सधैं आनन्द र पवित्र आत्माले भरिपूर्ण होऊँ: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।”—फिलिप्पी ४:४. (w91 1/1)
हाम्रा आनन्द सारांशमा:
◻ येशूले आनन्दसाथ धैर्य धारण गर्नु भएर के उदाहरण हाम्रा लागि छड़ि दिनु भएको छ?
◻ दुई समर्पित समूहहरूसँग आनन्द गर्ने के कारणहरू छन्?
◻ जवान र बृद्ध दुवै आज सच्चाइमा कसरी आनन्द मनाइरहेका छन्?
◻ १९९० को रिपोर्टको पुनरावलोकन गरेर हेर्दा, “हे परमप्रभु, [यहोवा NW] सुदिन पठाइदिनुहोस्!” भन्ने प्रार्थनाको के प्रत्युत्तर आएको देख्छौं?
◻ पूर्णरूपमा आनन्द कसरी र कहिले प्राप्त गरिनेछ?
[पृष्ठ २५-मा भएको चित्र]
यहोवाको स्वर्गदूतले प्रभु ख्रीष्टको जन्म “बड़ो आनन्दको सुसमाचार” हो भनेर घोषणा गरे