यसैया
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+
किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+
मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,
बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न
अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
२ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,
हाम्रा परमेश्वरले बदला लिने दिनबारे बताउन+
अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+
३ सियोनको लागि शोक गर्नेहरूलाई
खरानीको सट्टा शिरमा पगरी लगाइदिन,
शोकको सट्टा हर्षको तेल घसिदिन,
निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।
तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्।
तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन् र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+
४ वर्षौँअघि खण्डहर बनेका ठाउँहरू,
उहिल्यै उजाड भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्।+
अनि पुस्तौँअघि तहसनहस भएका सहरहरू+
तिनीहरूले फेरि बसाल्नेछन्।+
५ “परदेशीहरू आएर तिमीहरूको बगाल चराउनेछन्
अनि विदेशीहरूले+ तिमीहरूको खेत र अङ्गुर बगानमा काम गर्नेछन्।+
६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+
तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।
तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+
अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।
७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष् पाउनेछन्;
तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्।
हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्+
र तिनीहरू सदासर्वदा रमाउनेछन्।+
८ म यहोवा न्यायलाई प्रेम गर्छु;+
लुटपाट र अन्यायलाई म घृणा गर्छु।+
म वफादार भई तिनीहरूको कामको ज्याला दिनेछु,
म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+
९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्नेछन्,+
तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्।
यहोवाले आशिष् दिनुभएका सन्तान तिनीहरू नै हुन्+ भनेर
तिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्।”