अय्युब
२४ “सर्वशक्तिमान्ले किन समय तोक्नुहुन्न?+
उहाँलाई चिन्नेहरूले किन उहाँको दिन* देख्न पाउँदैनन्?
२ मानिसहरू अरूको सिमाना मिच्छन्।+
अर्काको बगाल चोरेर आफ्नो चरनमा ल्याउँछन्।
४ गरिबलाई तिनीहरू बाटोबाट लखेट्छन्।
असहायहरू तिनीहरूदेखि लुकी-लुकी हिँड्न बाध्य छन्।+
५ जङ्गली गधा निर्जनभूमिमा खानेकुरा खोज्न भौँतारिएझैँ +
छोराछोरीको लागि खानेकुरा खोज्न गरिबहरू मरुभूमिमा भौँतारिन्छन्।
६ उनीहरू अरूको खेतमा कटनी गर्न* जानुपर्ने हुन्छ।
उनीहरू दुष्टको अङ्गुर बगानमा बाँकी रहेका अङ्गुर बटुल्न जान्छन्।
७ लुगाफाटा नभएकोले उनीहरू नाङ्गै रात काट्न बाध्य हुन्छन्;+
चिसोबाट जोगिन उनीहरूसित ओढ्ने नै हुँदैन।
८ पहाडी भेगमा हुने वर्षाले उनीहरू निथ्रुक्क भिज्छन्;
ओत लाग्ने ठाउँ नभएकोले उनीहरू चट्टानमा आड लिन्छन्।
९ दुष्टहरू अनाथलाई* आमाको काखबाट खोसेर लैजान्छन्;+
गरिबको लुगाफाटा बन्धकीको रूपमा लिन्छन्+
१० र उनीहरूलाई नाङ्गै हिँड्न बाध्य पार्छन्;
अन्नको बिटा बोकाएर पनि उनीहरूलाई भोकभोकै राख्छन्।
११ टन्टलापुर घाममा उनीहरू खेतको कान्लामा खट्छन्;*
उनीहरू कोलमा अङ्गुर पेल्छन् तैपनि तिर्खाले छटपटिन्छन्।+
१२ मर्न लागेकाहरूको रोदन सहरभरि गुञ्जन्छ।
सख्त घाइते भएकाहरू गुहार माग्छन्।+
तर परमेश्वर भने तमासा हेरेर बस्नुहुन्छ।*
र आफ्नो अनुहार छोप्छ।
१६ अन्धकार छाएपछि तिनीहरू घर फोर्छन्।
दिनमा चाहिँ तिनीहरू लुकेर बस्छन्।
तिनीहरू उज्यालोलाई मनै पराउँदैनन्।+
१७ किनकि बिहानीको उज्यालो तिनीहरूको लागि अन्धकारबराबर छ।
घोर अन्धकारको त्रासदेखि तिनीहरू डराउँदैनन्।
१८ तर तिनीहरूलाई पानीले स्वात्तै बगाइहाल्छ।
तिनीहरूको भागमा परेको जमिनलाई सराप लाग्नेछ।+
तिनीहरू आफ्नो अङ्गुर बगानमा फर्केर जान पाउनेछैनन्।
२० त्यसकी आमाले पनि त्यसलाई बिर्सनेछिन्।
त्यसको शरीरमा स्याउँस्याउँती किरा पर्नेछ।
त्यसलाई सबैले बिर्सनेछन्।+
दुष्ट मानिस रूख भाँचिएझैँ भाँचिनेछ।
२१ त्यसले बाँझी स्त्रीलाई आफ्नो सिकार बनाउँछ
र विधवालाई दुर्व्यवहार गर्छ।
२२ ठूलाबडालाई परमेश्वरले आफ्नो शक्तिले नाश गर्नुहुनेछ।
तिनीहरूको फलिफाप भए पनि तिनीहरूको जीवनको कुनै ठेगान हुँदैन।
२४ तिनीहरूले केही बेर मानसम्मान पाउँछन् तर अन्तमा बिलाएर जान्छन्।+
तिनीहरू सबैको नजरमा गिर्छन्+ र आम मानिसझैँ जम्मा गरिन्छन्।
अन्नको बाला काटिएझैँ तिनीहरू काटिन्छन्।
२५ मेरो कुरा झूटो हो भनेर कसले भन्न सक्छ?
मलाई कसले गलत साबित गर्न सक्छ?”