हितोपदेश
१७ झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+
शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+
२ समझदार* नोकरले आफ्नो मालिकको मूर्ख छोरामाथि हैकम चलाउँछ
अनि त्यसले मालिकका छोराहरूसरह अंश पाउँछ।
३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+
तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+
४ दुष्ट मानिसले खराब कुरा सुन्न आफ्नो कान थाप्छ
अनि छली मानिसलाई चुक्ली सुन्न मन पर्छ।+
५ गरिबको खिल्ली उडाउनेले उसलाई सृष्टि गर्नुहुनेको अपमान गर्छ+
अनि अरूको दुःखमा हाँस्नेले पक्कै दण्ड पाउनेछ।+
६ बाजेबज्यैका मुकुट* तिनका नातिहरू* हुन्
अनि छोराहरूका* गौरव तिनका बुबाहरू* हुन्।
७ मूर्खको मुखमा सोझो* कुरा सुहाउँदैन;+
राजाको* मुखमा झूटो कुरा झनै सुहाउँदैन!+
८ उपहार एउटा बहुमूल्य रत्नजस्तै हो;+
जोसित त्यो छ, आफूले गर्ने हरेक काममा ऊ सफल हुन्छ।+
९ अरूको गल्ती क्षमा गर्ने मानिसले प्रेम देखाउँछ+
तर अरूको कुरा काटिरहनेले घनिष्ठ मित्रहरूबीच फूट गराउँछ।+
१० मूर्खले सय पटक कोर्रा खाए पनि ऊ सुध्रिँदैन+
तर समझदार मानिसलाई एक चोटि हप्काए पुग्छ।+
११ खराब मानिस विद्रोह गर्न मात्र खोज्छ;
सजाय दिन आउने दूतले उसलाई कुनै दयामाया देखाउनेछैन।+
१२ आफ्नो मूर्ख काममा रमाउने मूर्ख मानिससित भेट हुनुभन्दा
बच्चाहरू खोसिएको भालुसित भेट हुनु बेस हो।+
१३ गुनको साटो बैगुन गर्ने मानिसको
घरमा कहिल्यै सुख हुँदैन।+
१४ झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;
झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।+
१५ जसले दुष्ट मानिसलाई निर्दोष ठहराउँछ
अनि जसले धर्मी मानिसलाई दोषी ठहराउँछ,+
ती दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।
१६ मूर्खलाई बुद्धि हासिल गर्ने मौका दिए पनि केही फाइदा हुँदैन
किनकि उसलाई बुद्धि प्राप्त गर्ने इच्छा नै हुँदैन।+
१७ साँचो मित्रले सधैँ माया गर्छ+
अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।+
१८ सुझबुझ नभएको मानिसले हात मिलाएर आफ्नो सहमति जनाउँछ*
अनि आफ्नो छिमेकीको सामने अरूको जमानी* बस्छ।+
१९ जसलाई झैझगडा मन पर्छ, उसलाई अपराध गर्न पनि मन पर्छ।+
अनि जसले आफ्नो घरको ढोका अग्लो बनाउँछ, उसले विपत्ति निम्त्याउँछ।+
२० टेढो मन भएको मानिस कहिल्यै सफल हुँदैन+
अनि छली कुरा गर्ने मानिसको पतन हुन्छ।
२१ छोरा मूर्ख भयो भने बुबाले दुःख पाउँछ
अनि सुझबुझ नभएको छोराले बुबालाई सुख दिँदैन।+
२२ आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो+
तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।*+
२३ दुष्ट मानिसले लुकीछिपी घुस खान्छ
र न्यायलाई बिगार्छ।+
२४ बुद्धि समझदार मानिसको आँखैअगाडि हुन्छ
तर मूर्खको आँखा भने यताउता डुलिरहन्छ।+
२५ मूर्ख छोराले बुबालाई पिरोल्छ
अनि उसलाई जन्माउने आमाको मन दुखाउँछ।+
२६ धर्मी मानिसलाई सजाय दिनु* उचित होइन
अनि भलादमी मानिसलाई कोर्रा लगाउनु गलत हो।
२७ बुद्धिमान् मानिस थोरै बोल्छ+
अनि समझदार मानिस शान्त रहन्छ।+
२८ चुप लागेर बस्दा मूर्ख पनि बुद्धिमान् देखिन्छ
अनि आफ्नो मुख नखोल्ने मानिस समझदार देखिन्छ।