-
न्यायकर्ता ११:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “‘इस्राएलका परमेश्वर यहोवाले नै आफ्ना जन इस्राएलीहरूको सामनेबाट एमोरीहरूलाई धपाउनुभएको थियो।+ अब के तपाईँ यी इस्राएलीहरूलाई यहाँबाट धपाउन खोज्दै हुनुहुन्छ? २४ के तपाईँ आफ्नो देवता केमोसले+ जे दिन्छ, त्यो लिनुहुन्न र? त्यसरी नै हाम्रा परमेश्वर यहोवाले ज-जसलाई हाम्रो सामनेबाट धपाउनुभएको छ, तिनीहरूलाई हामी पनि धपाउनेछौँ।+
-
-
२ राजा २३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनले यरुसलेमको अगाडिपट्टि ‘विनाशको डाँडा’-को* दक्षिणतिर* बनाइएका अग्ला थानहरूलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। ती अग्ला थानहरू इस्राएलका राजा सुलेमानले सिदोनीहरूको घिनलाग्दो देवी अस्तोरेथ, मोआबीहरूको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घृणित देवता+ मिल्कोमको+ निम्ति बनाएका थिए।
-