-
१ राजा १६:१५-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहुदाका राजा आसाको शासनकालको २७ औँ वर्षमा जिम्रि तिर्जाहमा राजा भए। तिनले जम्मा सात दिन शासन गरे। त्यतिबेला इस्राएली सेना पलिस्तियालीहरूको सहर गिब्बथोनलाई+ आक्रमण गर्न छाउनी हालेर बसिरहेको थियो। १६ केही समयपछि छाउनी हालेर बसिरहेका ती सैनिकहरूले यस्तो खबर पाए: “जिम्रिले षड्यन्त्र रचेर राजालाई मारे।” त्यही दिन सबै सैनिकले* छाउनीमा सेनापति ओम्रिलाई+ इस्राएलको राजा बनाए। १७ त्यसपछि ओम्रि आफूसँग भएका सबै सैनिकलाई* लिएर गिब्बथोनबाट गए अनि तिर्जाहलाई घेराबन्दी गरे। १८ सहर कब्जा भएको देखेपछि जिम्रि राजमहलको किल्लाभित्र पसे र महलमा आगो लगाइदिए। तिनी आफै पनि त्यहीँ जलेर मरे।+ १९ तिनले यरोबामको चालमा चलेर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेका थिए र इस्राएलीहरूलाई पनि पाप गर्न लगाएका थिए।+ त्यसैले तिनको यस्तो हालत भयो।
-