-
२ राजा २४:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+
-
-
१ इतिहास ३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए।
-
-
२ इतिहास ३६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
-
-
यर्मिया २२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ के कोन्याह हेला गरेर एकातिर मिल्काइएको
अनि कसैले पनि आफूसित राख्न नचाहने फुटेको भाँडो हुन् र?
तिनी र तिनका सन्तान किन हुर्ऱ्याइए?
किन तिनीहरू बिरानो देशमा धपाइए?’+
-