-
२ राजा २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वर भन्नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन।
-
-
२ राजा २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्नेजर त्यहाँ आए।
-
-
२ राजा २५:१३-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे।
-
-
विलाप १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+
-