प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।

      हे परमेश्‍वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+

      उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+

      अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+

  • दानिएल ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्‍चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ।

  • मत्ति २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • गलाती ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ ख्रिष्टले हामीलाई किन्‍नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+

  • तितस २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान्‌ परमेश्‍वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने