युहन्नालाई प्रकाश
१४ अनि हेर! मैले पाठोलाई+ सियोन डाँडामा+ उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना+ थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।+ २ मैले धेरै पानी बगिरहेको आवाजजस्तो र मेघ गर्जेको चर्को आवाजजस्तो एउटा आवाज स्वर्गबाट आएको सुनेँ। मैले सुनेको त्यो आवाज आ-आफ्नो वीणा बजाउँदै गाइरहेका गायकहरूको आवाजजस्तो थियो। ३ तिनीहरूले सिंहासनसामु, चार वटा जीवसामु+ र एल्डरहरूसामु+ नयाँ गीतजस्तै+ एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका १ लाख ४४ हजार जनाबाहेक+ अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो। ४ यिनीहरू तिनै हुन्, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्; भनौँ भने यिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्।+ यिनीहरू तिनै हुन्, जो पाठो जताजता जान्छन्, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्।+ यिनीहरू परमेश्वर र पाठोको लागि पहिलो फलको+ रूपमा मानिसहरूमध्येबाट किनिएका थिए+ ५ अनि यिनीहरूको मुखमा कुनै छल पाइएन; यिनीहरू निष्खोट छन्।+
६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात् हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+ ७ तिनी चर्को स्वरमा यसो भन्दै थिए: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ।+ त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।”+
८ अनि दोस्रो स्वर्गदूत यसो भन्दै पछिपछि आए: “पतन भएको छ! महान् बेबिलोनको+ पतन भएको छ,+ जसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पिउन लगाएकी थिई!”+
९ अनि तेस्रो स्वर्गदूत चर्को स्वरमा यसो भन्दै तिनीहरूको पछिपछि आए: “यदि कसैले त्यो जङ्गली जनावर+ र त्यसको मूर्तिको उपासना गर्छ अनि त्यसको चिन्ह आफ्नो निधारमा वा हातमा लिन्छ भने+ १० उसले परमेश्वरको क्रोधको त्यो मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ।+ अनि उसलाई पवित्र स्वर्गदूतहरू र पाठोसामु आगो र गन्धकमा सास्ती दिइनेछ।+ ११ ज-जसले त्यो जङ्गली जनावर र त्यसको मूर्तिको उपासना गर्छन् अनि त्यसको नामको चिन्ह लिन्छन्,+ तिनीहरूलाई दिइने सास्तीको धुवाँ सदासर्वदा माथि उठिरहनेछ+ र तिनीहरूलाई दिनरात कहिल्यै चैन हुनेछैन। १२ परमेश्वरका आज्ञाहरू पालन गर्ने र येसुमाथिको विश्वासलाई पक्रिराख्ने+ पवित्र जनहरूले सहनशीलता देखाउनुपर्ने यस्तै बेला हो।”+
१३ अनि मैले स्वर्गबाट एउटा यस्तो आवाज आएको सुनेँ, “लेख: आनन्दित हुन् तिनीहरू, जो अबउसो प्रभुसित एकतामा भएर मर्नेछन्।+ हो, पवित्र शक्ति भन्छ, तिनीहरूले आ-आफ्ना कामहरूबाट विश्राम लेऊन् किनकि तिनीहरूले गरेका कामहरू बिर्सिइनेछैनन्।”*
१४ अनि हेर! मैले एउटा सेतो बादल देखेँ र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए।+ तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।
१५ अनि अर्को स्वर्गदूत मन्दिरबाट निस्के र बादलमा बस्नेलाई चर्को स्वरमा यसो भने: “आफ्नो हँसिया चलाएर कटनी गर्नुहोस् किनकि कटनी गर्ने बेला आएको छ, पृथ्वीको बाली पूरै पाकिसकेको छ।”+ १६ अनि बादलमा बस्नेले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको कटनी गरियो।
१७ फेरि अर्को स्वर्गदूत स्वर्गमा भएको मन्दिरबाट निस्के। तिनीसित पनि एउटा धारिलो हँसिया थियो।
१८ अनि फेरि अर्को स्वर्गदूत वेदीबाट निस्के। तिनीसित आगोमाथि अख्तियार थियो। धारिलो हँसिया लिनेलाई तिनले चर्को स्वरमा यसो भने: “आफ्नो धारिलो हँसिया चलाएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल्नुहोस् किनकि ती पाकिसकेका छन्।”+ १९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+ २० अनि सहरबाहिर अङ्गुर पेलियो र अङ्गुर पेल्ने कोलबाट निस्केको रगत घोडाको लगामजतिको उचाइसम्म पुग्यो र लगभग ३०० किलोमिटरसम्म* फैलियो।