पहिलो इतिहास
१५ तिनले दाउदनगरमा आफ्नो लागि थुप्रै भवन बनाइ नै रहे। साथै तिनले साँचो परमेश्वरको सन्दुकको* निम्ति एउटा ठाउँ तयार पारे र त्यसको निम्ति त्यहाँ पाल टाँगे।+ २ तब दाउदले भने: “लेवीहरूबाहेक अरू कसैले पनि साँचो परमेश्वरको सन्दुक नबोकून् किनकि यहोवा परमेश्वरले उनीहरूलाई नै यहोवाको सन्दुक बोक्न र सधैँभरि उहाँको सेवा गर्न रोज्नुभएको छ।”+ ३ त्यसपछि दाउदले यहोवा परमेश्वरको सन्दुक आफूले तयार पारेको ठाउँसम्म ल्याउन सबै इस्राएलीलाई यरुसलेममा भेला गरे।+
४ दाउदले हारुनका सन्तान+ र लेवीहरूलाई भेला गरे।+ तिनीहरू यी थिए: ५ कोहातीहरूबाट—नाइके उरिएल र तिनका १२० जना दाजुभाइ; ६ मरारीहरूबाट—नाइके असयाह+ र तिनका २२० जना दाजुभाइ; ७ गेर्सोमीहरूबाट—नाइके योएल+ र तिनका १३० जना दाजुभाइ; ८ एलिसापानका+ सन्तानबाट—नाइके सेमायाह र तिनका २०० जना दाजुभाइ; ९ हेब्रोनका सन्तानबाट—नाइके एलिएल र तिनका ८० जना दाजुभाइ; १० उज्जिएलका+ सन्तानबाट—नाइके अम्मिनादाब र तिनका ११२ जना दाजुभाइ। ११ त्यसबाहेक दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ अनि लेवीहरू उरिएल, असयाह, योएल, सेमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाए १२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस् अनि इस्राएलका परमेश्वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्। १३ हामीले पहिलो पटक सन्दुक ल्याउँदा तपाईँहरूले त्यो बोक्नुभएको थिएन;+ त्यसबेला हामीले सन्दुक ल्याउने सही तरिका के हो भनेर बुझ्ने कोसिस गरेनौँ।+ त्यसैले हाम्रा परमेश्वर यहोवाको क्रोध हामीमाथि दन्कियो।”+ १४ त्यसैले इस्राएलका परमेश्वर यहोवाको सन्दुक ल्याउन पुजारीहरू र लेवीहरूले आफूलाई पवित्र पारे।
१५ त्यसपछि लेवीहरूले साँचो परमेश्वरको सन्दुकलाई डन्डी लगाएर आफ्नो काँधमा बोके।+ यसरी तिनीहरूले यहोवा परमेश्वरको आज्ञाबमोजिम मोसाले जे निर्देशन दिएका थिए, त्यहीअनुसार गरे। १६ त्यसपछि दाउदले लेवीहरूका नाइकेहरूलाई तारे बाजा, वीणा+ र झ्याली+ बजाउँदै हर्षोल्लासका साथ गीत गाउन आफ्ना गायक दाजुभाइमध्ये केहीलाई छान्नू भनी अह्राए।
१७ त्यसैले लेवीहरूले योएलका छोरा हेमानलाई,+ तिनका दाजुभाइबाट बरक्याहका छोरा आसापलाई+ र तिनीहरूका मरारी दाजुभाइबाट कुसायाहका छोरा एतानलाई+ छाने। १८ तिनीहरूको साथमा अर्को समूहका तिनीहरूका यी दाजुभाइहरू पनि थिए:+ जकरिया, बेन, याजिएल, सेमिरामोथ, यहिएल, उन्नि, एलिआब, बेनायाह, मासेयाह, मत्तित्याह, एलिपलेहु, मिक्नेयाह अनि ढोकेहरू ओबेद-एदोम र यइएल। १९ गायकहरू हेमान,+ आसाप+ र एतानले तामाको झ्याली बजाउने जिम्मा पाएका थिए।+ २० जकरिया, अजिएल, सेमिरामोथ, यहिएल, उन्नि, एलिआब, मासेयाह र बेनायाहले अलामोथ* शैलीमा तारे बाजा बजाए।+ २१ मत्तित्याह,+ एलिपलेहु, मिक्नेयाह, ओबेद-एदोम, यइएल र अजज्याहले चाहिँ सेमिनिथ* शैलीमा वीणा बजाए+ अनि निर्देशकको भूमिका निर्वाह गरे। २२ लेवीहरूका नाइके केनन्याहले+ सन्दुक ल्याउने कामको निरीक्षण गरे किनकि तिनी यस कार्यमा निपुण थिए। २३ बरक्याह र एल्काना सन्दुकका पहरेदारहरू थिए। २४ पुजारीहरू सेबन्याह, योसापात, नेथनेल, अमासै, जकरिया, बेनायाह र एलिएजरले साँचो परमेश्वरको सन्दुकको अगाडि ठूलठूलो आवाजमा बिगुल फुके।+ साथै ओबेद-एदोम र यहियाहले पनि सन्दुकका पहरेदारको रूपमा सेवा गरे।
२५ त्यसपछि दाउद, इस्राएलका नाइकेहरू र हजार-हजारका अगुवाहरू हर्षोल्लासका साथ यहोवा परमेश्वरको करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरतिर लागे।+ २६ साँचो परमेश्वर यहोवाले उहाँको करारको सन्दुक बोक्ने लेवीहरूलाई मदत गर्नुभयो। अनि तिनीहरूले सात वटा बहर र सात वटा थुमा बलि चढाए।+ २७ दाउदले उच्च कोटीको कपडाको बाहुला नभएको अलखा* लगाएका थिए। सन्दुक बोक्ने लेवीहरू, गायकहरू र सन्दुक ल्याउने कामको निरीक्षण गरिरहेका केनन्याह र गायकहरूले पनि त्यस्तै अलखा लगाएका थिए। दाउदले मलमलको* एपोद* पनि लगाएका थिए।+ २८ सबै इस्राएलीले सिङ र बिगुल फुक्दै,+ झ्याली बजाउँदै, ठूलठूलो आवाजमा तारे बाजा र वीणा बजाउँदै+ अनि जयजयकार गर्दै यहोवा परमेश्वरको करारको सन्दुक ल्याइरहेका थिए।+
२९ यहोवा परमेश्वरको करारको सन्दुक दाउदनगरमा ल्याएपछि+ साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन् र राजा दाउदलाई उफ्रँदै खुसी मनाइरहेको देखिन्। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्।+