पहिलो कोरिन्थी
६ तिमीहरूमध्ये कोही दुई जनाबीच मतभेद हुँदा+ पवित्र जनहरूसामु जानुको साटो अधर्मी मानिसहरूसामु अदालत जाने हिम्मत कसरी गर्छौ? २ अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भनेर के तिमीहरूलाई थाह छैन?+ यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको छिनोफानो गर्न चाहिँ अयोग्य छौ? ३ हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए यस जीवनका कुराहरूको न्यायचाहिँ किन नगर्ने? ४ त्यसो हो भने तिमीहरूबीच यस जीवनका कुराहरूको छिनोफानो गर्नुपर्दा+ मण्डलीले अयोग्य ठानेका मानिसहरूलाई किन तिमीहरू आफ्नो न्यायाधीश बनाउँछौ? ५ तिमीहरूलाई सरममा पार्न म यो कुरा भन्दै छु। के तिमीहरूमाझ आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने बुद्धिमान् मानिस कोही छैन? ६ त्यसो गर्नुको साटो एक जना भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ, त्यो पनि बेग्लै आस्था भएकाहरूसामु!
७ साँच्चै भन्ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ? ८ त्यसो गर्नुको साटो तिमीहरू अन्याय गर्छौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई!
९ अधर्मी मानिसहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन् भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्।+ ११ तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ,+ पवित्र पार्नुभएको छ+ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्तिद्वारा धर्मी ठहराउनुभएको छ।+
१२ सबै कुरा मेरो लागि न्यायसङ्गत* छन् तर सबै कुरा फाइदाजनक भने छैनन्।+ सबै कुरा मेरो लागि न्यायसङ्गत छन् तर म आफूलाई कुनै कुराको वशमा पर्न दिन्नँ। १३ खानेकुरा पेटको लागि र पेट खानेकुराको लागि हो तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ।+ शरीर अवैध यौनसम्बन्धको* लागि होइन तर प्रभुको लागि हो+ अनि प्रभुचाहिँ शरीरको लागि हुनुहुन्छ। १४ तर परमेश्वरले आफ्नो शक्तिद्वारा+ प्रभुलाई मृत्युबाट ब्युँताउनुभयो+ र हामीलाई पनि ब्युँताउनुहुनेछ।+
१५ तिमीहरूका शरीर ख्रिष्टका अङ्गहरू हुन् भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए के म ख्रिष्टका अङ्गहरूलाई लगेर वेश्याका अङ्गहरूसित जोडूँ? त्यस्तो त हुनै सक्दैन! १६ जो वेश्यासित जोडिन्छ, ऊ र त्यो वेश्या एउटै शरीर हुन्छन् भनेर के तिमीहरूलाई थाह छैन? किनकि परमेश्वर भन्नुहुन्छ, “ती दुई एउटै शरीर हुन्छन्।”+ १७ तर जो प्रभुसित जोडिन्छ, उसको र प्रभुको झुकाव एउटै हुन्छ।+ १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+ १९ के तिमीहरूलाई थाह छैन, तिमीहरूको शरीर तिमीहरूमा बास गर्ने त्यस पवित्र शक्तिको मन्दिर हो,+ जुन तिमीहरूले परमेश्वरबाट पाएका हौ?+ साथै आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन+ २० किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।+ त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्वरको महिमा गर।+