भजनसङ्ग्रह
निर्देशकलाई। दाउदले रचेको भजन।
१३९ हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्नुभएको छ।+
२ मेरो बसाइ र मेरो उठाइ तपाईँ जान्नुहुन्छ।+
मेरा विचारहरू तपाईँ टाढैबाट थाह पाउनुहुन्छ।+
५ तपाईँ मलाई अगाडिबाट र पछाडिबाट घेर्नुहुन्छ
र आफ्नो हात ममाथि राख्नुहुन्छ।
८ म माथि आकाशसम्मै उक्लिएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ
अनि मैले तल चिहानमा* आफ्नो ओछ्यान बनाएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ।+
९ यदि म उषाको पखेटा लगाई उडेँ
र टाढाको समुद्रछेउ बस्न गएँ भने
११ यदि मैले “अन्धकारले मलाई पक्कै छोप्छ!” भनेँ भने
मेरो वरिपरि छाएको अन्धकार ज्योतिमा बद्लिन्छ।
१२ अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,
रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+
तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+
१४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+
तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+
यो मलाई राम्ररी थाह छ।
१५ जब म गुप्तमा बनिरहेको थिएँ,
जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,
तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्।+
१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;
मेरा अङ्गहरू बन्नुअघि नै
ती कहिले बन्ने हुन् भनेर
तपाईँको पुस्तकमा लेखिएका थिए।
१७ त्यसैले तपाईँका विचारहरू मेरो लागि साह्रै अनमोल छन्!+
हे परमेश्वर, तपाईँका विचारहरू अनगिन्ती छन्!+
२० जसले तपाईँको विरुद्धमा जानीबुझी* दुष्ट कुरा बोल्छन्;
तिनीहरू तपाईँका शत्रुहरू हुन्, जसले तपाईँको नाम व्यर्थमा लिन्छन्।+
२१ हे यहोवा, तपाईँलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र?+
अनि तपाईँका विद्रोहीहरूलाई के म तुच्छ ठान्दिनँ र?+