जकरिया
८ सेनाहरूका यहोवाको वचन मकहाँ फेरि आयो: २ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘म सियोनको लागि ठूलो जोसले भरिनेछु,+ म त्यसको खातिर त्यसका शत्रुहरूप्रति ठूलो क्रोधले भरिनेछु।’”
३ “यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘म सियोनमा फर्कनेछु+ र यरुसलेममा बास गर्नेछु+ अनि यरुसलेमलाई सत्यको* सहर भनिनेछ+ र सेनाहरूका यहोवाको डाँडालाई पवित्र डाँडा भनिनेछ।’”+
४ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘वृद्धहरू यरुसलेमका चोकहरूमा फेरि बस्नेछन्; तिनीहरू प्रत्येकको हातमा लौरो हुनेछ किनकि तिनीहरू दीर्घायु हुनेछन्।+ ५ अनि सहरका चोकहरूमा जताततै केटाकेटीहरू खेलिरहेका हुनेछन्।’”+
६ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘ती दिनहरूमा बाँकी रहेका मानिसहरूलाई यो कुरा असम्भव लाग्ला तर के त्यो मेरो लागि पनि असम्भव हुन्छ र?’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”
७ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘म आफ्ना मानिसहरूलाई पूर्व र पश्चिमका राष्ट्रहरूबाट बचाउनेछु।+ ८ अनि म तिनीहरूलाई यरुसलेममा ल्याउनेछु+ र तिनीहरू त्यहाँ बास गर्नेछन्; तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म सत्यतामा* र धार्मिकतामा तिनीहरूको परमेश्वर हुनेछु।’”+
९ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘भविष्यवक्ताहरूको मुखबाट यी वचन सुन्ने मानिसहरू हो,+ आफ्नो हात बलियो बनाओ।*+ यी ती नै वचनहरू हुन्, जुन सेनाहरूका यहोवाको भवनको जग बसालिएको दिनमा पनि भनिएका थिए। १० त्यसअघि न मानिसलाई न त जनावरलाई ज्याला दिइन्थ्यो+ अनि शत्रुहरूले गर्दा आउने-जाने मानिसहरू सुरक्षित पनि थिएनन् किनकि मैले सबै मानिसलाई एकअर्काविरुद्ध उठाएको थिएँ।’
११ “तर अब म बाँकी रहेकाहरूसित पहिलाको जस्तो व्यवहार गर्नेछैनँ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ। १२ ‘किनकि शान्तिको बिउ रोपिनेछ; अङ्गुरको बोटमा फल फल्नेछ र जमिनले प्रशस्त उब्जनी दिनेछ+ अनि आकाशबाट शीत झर्नेछ। अनि बाँकी रहेका मानिसहरूलाई म यी सबै कुरामाथि अधिकार दिनेछु।+ १३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+
१४ “किनकि सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘“तिमीहरूका पुर्खाहरूले मलाई क्रोधित तुल्याएको कारण जसरी मैले तिमीहरूमाथि विपत्ति ल्याउने निधो गरेँ र मैले आफ्नो मन परिवर्तन गरिनँ,”* सेनाहरूका यहोवा भन्नुहुन्छ,+ १५ “त्यसरी नै यस पटक यरुसलेमको र यहुदाको घरानाको भलो गर्ने मैले निधो गरेको छु।+ त्यसैले नडराओ!”’+
१६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+ १७ मनमनै एकअर्काविरुद्ध षड्यन्त्र नरच्नू+ र झूटो शपथ नखानू+ किनकि यी कुराहरूलाई म घृणा गर्छु,’+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।”
१८ फेरि सेनाहरूका यहोवाको यो वचन मकहाँ आयो: १९ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘चौथो महिनाको उपवास,+ पाँचौँ महिनाको उपवास,+ सातौँ महिनाको उपवास+ र दसौँ महिनाको उपवास+ यहुदाको घरानाको लागि रमाहट र हर्षको समय—खुसीयालीको चाड हुनेछ।+ त्यसैले सत्य र शान्तिलाई प्रेम गर।’
२० “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘यस्तो समय आउनेछ, जब जातिजातिका मानिसहरू र विभिन्न सहरका मानिसहरू आउनेछन्; २१ अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ जानेछन् र भन्नेछन्: “आओ, यहोवा परमेश्वरको अनुग्रहको लागि बिन्ती गर्न जाऔँ र सेनाहरूका यहोवाको खोजी गरौँ। म पनि जाँदै छु।”+ २२ थुप्रै जाति र शक्तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्।’+
२३ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘ती दिनहरूमा विभिन्न भाषा बोल्ने जातिजातिका दस जना मानिसले+ एक जना यहुदीको* लुगा* च्याप्प समात्नेछन् र यसो भन्नेछन्: “हामी तपाईँहरूसितै जान्छौँ+ किनभने हामीले सुनेका छौँ, परमेश्वर तपाईँहरूसित हुनुहुन्छ।”’”+