पहिलो कोरिन्थी
४ मानिसहरूले हामीलाई ख्रिष्टका सेवक* अनि परमेश्वरको पवित्र रहस्यका भण्डारे ठानून्+ भन्ने हामी चाहन्छौँ। २ यस सन्दर्भमा भण्डारेहरूबाट आशा गरिने कुरा के हो भने उनीहरू विश्वासयोग्य हुनुपर्छ। ३ अब तिमीहरूले वा कुनै मानव अदालतले मेरो जाँच गर्नु मेरो लागि त्यत्ति महत्त्वपूर्ण कुरा होइन। भनौँ भने म आफै पनि आफूलाई जाँच्दिनँ। ४ किनकि मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा म धर्मी साबित हुँदिनँ तर मलाई जाँच्ने यहोवा* परमेश्वर नै हुनुहुन्छ।+ ५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात् प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्वरबाट पाउनेछ।+
६ अब हे भाइ हो, मैले आफूलाई र अपोल्लसलाई उदाहरणको रूपमा चलाएर+ तिमीहरूकै हितका लागि यी कुरा भनेको हुँ ताकि हामीलाई हेरेर तिमीहरूले यो नियम सिक: “लेखिएका कुराहरूभन्दा बढ्ता केही नगर्नू,” नत्र त घमन्डले फुलेर+ तिमीहरूले एक जनाको पक्ष लिनेछौ र अर्कोलाई तुच्छ ठान्नेछौ। ७ किनकि अरूभन्दा फरक बनाउने के कुरा तिमीसित छ र? वास्तवमा कसैले नदिई तिमीले पाएको कुरा के छ र?+ अब यदि पाएका हौ भने कसैले नदिईकनै पाएजस्तो गरी तिमी किन घमन्ड गर्छौ?
८ के तिमीहरू तृप्त भइसक्यौ? के तिमीहरू धनी भइसक्यौ? अनि के तिमीहरूले हामीविनै राजाले झैँ राज गरिसक्यौ?+ तिमीहरूले साँच्चै राजाले झैँ राज गरेको भए त हुने थियो किनकि त्यसो हुँदो हो त हामीले पनि तिमीहरूसँगै राजाले झैँ राज गर्ने थियौँ।+ ९ किनकि मलाई लाग्छ, परमेश्वरले हामी प्रेषितहरूलाई मृत्युदण्ड पाएका मानिसहरूलाई झैँ रङ्गशालामा सबैभन्दा अन्तमा प्रदर्शन गर्न राख्नुभएको छ।+ किनकि हामी यो संसारका लागि, स्वर्गदूतहरूका लागि अनि मानिसहरूका लागि तमासा भएका छौँ।+ १० ख्रिष्टको पछि लागेकोले हामी मूर्ख ठानिएका छौँ + तर तिमीहरू भने ख्रिष्टको पछि लागेकोले आफैलाई समझदार ठान्छौ; हामी कमजोर छौँ तर तिमीहरू त बलिया छौ; तिमीहरूको इज्जत छ तर हाम्रो त बदनामी भएको छ। ११ अहिलेसम्म हामी भोकै छौँ,+ तिर्खाएका छौँ,+ झुत्रेझाम्रे छौँ,* पिटाइ* खाँदै छौँ,+ घरबारविहीन छौँ १२ अनि हामी आफ्नै हातले कडा परिश्रम गरिरहेका छौँ।+ अरूले अपमान गर्दा हामी आशिष् दिन्छौँ,+ खेदो गर्दा धैर्य गर्दै सहन्छौँ,+ १३ निन्दा गर्दा हामी मीठो वचनले जवाफ दिन्छौँ।*+ हामी अहिलेसम्म संसारको लागि कसिङ्गर* अनि सबै कुराको कसरझैँ भएका छौँ।
१४ तिमीहरूलाई सरममा पार्न त होइन तर तिमीहरूलाई मेरा प्यारा छोराछोरी ठानेर सल्लाह दिन म यी कुराहरू लेख्दै छु। १५ ख्रिष्टमा तिमीहरूको १० हजार अभिभावक* होलान् तर तिमीहरूको बुबा भने पक्कै पनि धेरै छैनन् किनकि सुसमाचारमार्फत ख्रिष्ट येसुमा म तिमीहरूको बुबा भएको छु।+ १६ त्यसैले म आग्रह गर्छु, तिमीहरू मेरो अनुकरण गर्नेहरू होओ।+ १७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+
१८ कोही-कोही घमन्डले यसरी फुलेका छन् कि मानौँ, म तिमीहरूकहाँ आउन लागेकै होइनँ। १९ तर यहोवा* परमेश्वरको इच्छा भए म छिट्टै तिमीहरूकहाँ आउनेछु अनि जो घमन्डले फुलेका छन्, तिनीहरू के भन्छन्, त्यो होइन तर परमेश्वरको शक्ति तिनीहरूसित छ कि छैन, त्यो जान्न चाहन्छु। २० किनकि मानिसले बोल्ने कुराबाट होइन तर उसले परमेश्वरको शक्ति पाएको देखिने काम गर्छ वा गर्दैन, त्यसबाट ऊ परमेश्वरको राज्यको अधीनमा छ कि छैन भनेर देखिन्छ। २१ तिमीहरू के चाहन्छौ: म तिमीहरूकहाँ छडी लिएर आऊँ+ कि प्रेम र कोमलताको भाव लिएर?