भजनसङ्ग्रह
निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। मास्किल।* दाउदको रचना।
५५ हे परमेश्वर! मेरो प्रार्थना सुन्नुहोस्।+
तपाईँको कृपा पाउन मैले गरेको बिन्तीलाई बेवास्ता नगर्नुहोस्।*+
२ मतर्फ ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस्।+
मेरा फिक्रीहरूले गर्दा म बेचैन भएको छु,+
म व्याकुल भएको छु।
३ मेरा शत्रुहरूले मेरो विरुद्धमा बोलेको कुराले गर्दा
र दुष्टको दबाबले गर्दा म व्याकुल भएको छु।
किनकि तिनीहरू ममाथि एकपछि अर्को गर्दै दुःख ल्याउँछन्
अनि रिसले चूर हुँदै तिनीहरू मसित दुस्मनी राख्छन्।+
५ डर र त्रास ममाथि उर्लेर आएको छ,
म थरथर काँपिरहेको छु।
६ म यसो भनिरहन्छु: “ढुकुरको जस्तै मेरो पनि पखेटा भइदिए त
म उडेर अन्तै जाने थिएँ र ढुक्कले बस्ने थिएँ।
८ हुरीबतास र आँधीबाट बच्न
म हत्त न पत्त ओत लाग्ने ठाउँतिर जाने थिएँ।”
९ हे यहोवा, तिनीहरूलाई अलमलमा पारिदिनुहोस् र तिनीहरूको योजना विफल तुल्याइदिनुहोस्*+
किनकि सहरमा झैझगडा र हिंसा मच्चिएको मैले देखेको छु।
१० ती रातदिन सहरका पर्खालहरूमा हिँड्छन्;
सहरचाहिँ घृणा र सङ्कष्टले भरिएको छ।+
११ विनाश त्यसको माझमा छ;
अत्याचार र छलले त्यसका चोकहरूलाई कहिल्यै छोड्दैन।+
१२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+
ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।
मेरो विरुद्धमा उठ्ने मानिस मेरो दुस्मन होइन,
ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।
१४ हामीबीच कत्ति न्यानो मित्रता थियो!
हामी भीडसँगसँगै परमेश्वरको भवनमा जाने गर्थ्यौँ।
१५ मेरा शत्रुहरूमाथि विनाश आइपरोस्!+
तिनीहरू जिउँदै चिहानमा* जाऊन्!
किनकि तिनीहरूको निवासस्थानमा र तिनीहरूको हृदयमा दुष्टताले बास गर्छ।
१६ तर म त यहोवालाई पुकार्नेछु
र उहाँले मलाई बचाउनुहुनेछ।+
१८ मसित लडाइँ गर्नेहरू अनगिन्ती छन्+
तर उहाँले मलाई तिनीहरूबाट जोगाउनुहुनेछ र मेरो मनलाई शान्ति दिनुहुनेछ।
१९ युगौँयुगदेखि सिंहासनमा विराजमान+ हुनुभएको परमेश्वरले सुन्नुहुनेछ
र तिनीहरूविरुद्ध कदम चाल्नुहुनेछ।+ (सेला)
तिनीहरू सुध्रिन मान्दैनन्,
तिनीहरूलाई परमेश्वरको कुनै डर छैन।+
२१ उसको बोली नौनीभन्दा नरम छ+
तर उसको मनमा द्वेष छ।
उसका कुराहरू तेलभन्दा चिप्ला छन्
तर ती तरबारजस्तै धारिला छन्।+